निर्णय नं. ४२४४ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२४४ - बन्दीप्रत्यक्षीकरण भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/०१/०९ २०६१ निर्णय नं. ४२४४ ने.का.प. २०४८ अङ्क १ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला २०४७ सालको रिट नं. १२३७ आदेश भएको मिति : २०४८।१।९।२ मा निवेदक : जि.प्र.का. हनुमान ढोकामा थुनुवा रहेको सतिश कृपालानीको हकमा सुनिता कृपालानी विरुद्ध विपक्षी : काठमाडौं जिल्ला प्रहरी कार्यालय, हनुमान ढोकासमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) छाप कीर्ते गरे भन्ने मुद्दामा जिल्ला अदालतबाट पहिलो पटक म्याद थप भई (साविक पेज नं. ११) कानुनी कारवाही भइरहेको हुनाले गैरकानुनी थुनामा रहेको नदेखिने । (प्रकरण नं. १०) विपक्षतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ बमोजिम दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरो पति सतिश कृपालानी करुणा ट्राभल्स एण्ड टुर्स, ठमेल ब्रान्च अफिसमा सेल्स मेनेजरको रुपमा काम गर्दै आउनु भएको वहाँ अफिसमा जाँदा विपक्ष जिल्ला प्रहरी कार्यालयका डि.एस.पि.ले केही काम छ भनी बोलाएको हुँदा २०४७।११।२६ गते जानु भएको र २०४७।११।२६ देखि ३० गते सम्म दिनहुँ ९:३० बजे देखि हाजिर हुनु भनी मौखिक आदेश दिएकोले जाँदै गर्नु भएको क्रममा २०४७।१२।१ गते सँधै झैं हाजिर हुन जाँदा थुनामा राखी म निवेदिकालाई समेत भेटघाट गर्न दिएको छैन, थुनुवा राखिएको कारण सोध्दा पनि जवाफ दिएको छैन । कुनै कसूर अपराधमा पक्राउ परिएको भए कानुन बमोजिम थुनुवा पूर्जी दिई कारवाई चलाउनु पर्नेमा विपक्षी कार्यालय तथा अधिकारीले सो बमोजिम नगरी गैरकानुनी रुपमा कसैसित भेटघाट गर्न समेत नदिएकोले गैरकानुनी थुनुवाबाट छुटकारा दिलाई पाउँ भनी पति सतिश कृपालानीले निवेदन गर्न पनि असमर्थ अवस्थामा हुनुभएको हुँदा वहाँको हकमा यो निवेदन गरेकी छु । ३. विपक्षीहरुले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १(२) को मर्यादा नराखी धारा ११ ले प्रदत्त गरेको समानताको हक, धारा, १२ ले प्रदत्त गरेको स्वतन्त्रताको हक, धारा १४ ले प्रदत्त गरेको विभिन्न फौजदारी न्याय सम्बन्धी हक र नागरिक अधिकार ऐन, २०१२ को दफा ६(४) द्वारा प्रदत्त अधिकारमा प्रत्यक्ष उल्लंघन भएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट मेरा पति सतिश कृपालानीलाई मुक्त गरिपाउँ भन्ने समेत रिटनिवेदन । ४. यसमा विपक्षबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४७।१२।४।२ को आदेश । ५. विपक्ष सतिश कृपालानीलाई जिल्ला प्रहरी कार्यालयबाट बोलाएको र दैनिक हाजिरमा छाडी २०४७।१२।१ गते थुनामा राखिएको नै नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्ष जिल्ला प्रहरी कार्यालय काठमाडौं र प्रहरी नायब उपरीक्षकको छुट्टाछुट्टै लिखितजवाफ । ६. निवेदकलाई काठमाडौं जि.प.का.हनुमानढोकाले थुनामा राखेको हो होइन बुझी जवाफ पठाउनु भनी मध्यमाञ्चल क्षेत्रीय प्रहरी नायब महानिरीक्षकको कार्यालयलाई लेखी पठाई जवाफ प्राप्त भएपछि पेश गर्नु भन्ने समेत यस अदालत संयुक्तइजलासको मिति २०४७।१२।२४।१ को आदेश । ७. निवेदक सतिश कृपालानीलाई श्री अध्यागमन विभाग त्रिदेवी मार्गको पत्र अनुसार अध्यागमन विभागको छाप कीर्ते गरे भन्ने मुद्दामा मिति २०४७।१२।१२ गते सम्मानीत काठमाडौं जिल्ला अदाल