निर्णय नं. ६५२८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५२८ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०७/१९ २३७२ निर्णय नं. ६५२८ २०५५, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०४९ सालको फौ. पु .नं. -४०६ फैसला मितिः- २०५४।७।१९।३ मुद्दाः- कर्तव्य ज्यान । पुनरावेदक/ प्रतिवादीः जिल्ला सप्तरी डिमन गा.वि.स. वडा नं. ८ बस्ने दिन दयाल वाजपेयी । विरुद्ध प्रत्यर्थी/वादीः विन्दावती केवटनीको जाहेरीले श्री ५ को सरकार । § विन्देश्वर केवटको मृत्यु कुटपिटबाट लागेको घाउबाट भएको तथ्य लाश प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट समर्थित हुनुका साथै वारदात देख्ने वावुलाल रसिलाल गंगाइ र वेचैनको चश्मदिद वकपत्रबाट पुष्टि हुन गएको समेतबाट प्रतिवादी दिनदयाल वाजपेयीलाई मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं. वमोजिम १० वर्ष कैद सजाय गर्ने ठहर्याएको पूर्वान्चल क्षेत्रीय अदालतको निर्णय मिलेकै देखिंने । (प्र.नं. ३२) पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री सतिश खरेल प्रत्यर्थी वादी तर्फबाटः- विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्का । अवलम्वित नजिरः- ने.का.प. २०५३ अंक ६ नि.नं. ६२१९ फैसला न्या. हरि प्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यस अदालतको अधिकार क्षेत्र भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः- २. मिति २०३८।४।२४ का दिन डाढा गा.पं. तर्फ हाल खवर बुझ्दै जांदा सो दिन विन्देश्वर केवटलाई रामानंन्द, भरत, जितेन्द्र यादव समेत ३०।३२ जना मानिसको हुल भई कुटपिट गर्दै मधवापुर गा.पं. तर्फ लगे भन्ने बुझि सो तर्फ पत्ता लगाउंदै गरेकोले जाहेर गरेको छु । र त्यसपछि घाइते भारदह अस्पताल ल्याएको थाहा पाई ट्कद्वारा सगरमाथा अंचल अस्पतालमा ल्याई भर्ना गरेको छु भन्ने समेत व्यहोराको प्र.ह. प्रेम कुमार अधिकारीको प्रतिवेदन । ३. मिति २०३८।४।२५ गते राती ९.३० वजे घाइते विन्देश्वरी उपचार गर्दा गर्दै मर्यो भन्ने बुझिन आएको र सो ठाउंमा गई हेर्दा मरिरहेको देखेकोले कानून वमोजिम होस भन्ने प्र.ह. नरेश कुमार मिश्रको मिति २०३८।४।२६ को प्रतिवेदन । ४. कुटपिटबाट मर्ने मृतक विन्देश्वरीको शरिर केहि सुनिएको, दाहिने हात प्लाप्टर गरेको, वाया तालुमा चोट, मुखबाट रगत आइरहेको, शरिरको विभिन्न ठाउंमा शरिरको यत्रतत्र चोट लागेको भन्ने समेत व्यहोराको मित २०३८।४।२६ को लाश प्रकृति मुचुल्का । ५. मिति २०३८।४।२४ गते गाउंको वैधनाथ तिवारीको खेतमा हामी लोग्ने स्वास्नी धानको विउ उखेल्न गई काम गरी रहेको अवस्थामा रमानन्द वाजपेयी समेतका मानिस आई मेरा लोग्नेलाई फलामका छड लाठी समेतले कुटपिट गरी मरे भन्ने सम्झी वेहोस वनाई भागी गएकोले तत्काल भारदह अस्पताल पुर्याई औषधि गराउंदा आराम नभई भोलिपल्ट सगरमाथा अंचल अस्पताल लगेकोमा उपचार हुंदा हुंदै रातको ९.३० वजे सोही कुटपिटको पिरले मृत्यु भएकोले प्रतिवादीहरुले कर्तव्य गरी मारेकोमा कानून वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको मृतकको श्रीमती विन्दावती केवटनीको मिति २०३९।४।२७ को जाहेरी दर्खास्त । ६. मैले कुटपिट गरी विन्देश्वरलाई मारेको होइन । गंगापुरको चोरीमा विन्देश्वरलाई माधवापुरको कैलु मुसहर, खटी मुसहर, सुकना मुसहर, सौतन मुसहर फनिया मुसहर समेतले कुटपिट गरी सितारामको घरमा थुनेको छन भन्ने सुनेको, सोही कुटपिटको पिरले मृत्यु भएको हुनुपर्छ भन्ने समेत व्यहोराको प्रतिवादी सोमिया मुसहरको प्रहरीमा का