निर्णय नं. ६५२९ - उत्प्रेषणयुक्त परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५२९ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४० साल: २०५५ महिना: असार अंक: ३ फैसला मिति :२०५४/०१/१७ ५२२६ निर्णय नं. ६५२९ २०५५, ने.का.प. अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत् २०५१ सालको रिट .नं. -२५०३ आदेश मितिः- २०५४।१।१७।३ मुद्दाः- उत्प्रेषणयुक्त परमादेश । निवेदकः का.जि.का.म.न.पा. वडा नं. घर भई श्री ५ को सरकार अर्थ मन्त्रालय कर कार्यालय ववरमहलमा कार्यरत प्रेम कार्की विरुद्ध विपक्षीः लोकसेवा आयोग कमलपोखरी समेत जम्मा ३ । § नियम वमोजिम एक वर्ष पनि सम्बन्धित भौगोलिक क्षेत्रमा रुजु हाजीर नभएको कर्मचारीलाई सव भौगोलिक क्षेत्रको अंक प्रदान गर्ने सम्बन्धित कानूनी प्रावधानको तार्किक (Logical) र न्यायोचित व्याख्या हुन नसक्ने हुंदा निवेदकको माग वमोजिमको आदेश जारी गर्न मिल्ने अवस्थाको अभाव हुंदा प्रस्तुत रिट खारेज हुने । (प्र.नं. ३८) निवेदक तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान श्री शम्भु थापा विपक्षी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विद्वान अधिवक्ता श्री शुशील कुमार पन्त, विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल, विद्वान सरकारी अधिवक्ता श्री नन्द वहादुर सुवेदी । अवलम्वित नजिरः- ने.का.प. २०४५, अंक ९, पृष्ठ ९१० आदेश न्या. हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३, ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. लोक सेवा आयोगको वढुवा सूचना नं. ८६।०५० अनुसार लेखा समूहको राजपंत्राकित प्रथम श्रेणीको वढुवाको आवेदन माग गरे वमोजिम निवेदकले सम्भाव्य उम्मेदवार हुने न्यूनतम योग्यता पुगेकोले वढुवाको आवेदन भरेकोमा वढुवा समितिबाट मिति २०५१।२।२८ मा निवेदकलाई राजपंत्राकित प्रथम श्रेणीमा वढुवा हुने गरी वढुवाको सिफारिश प्रकासित गरिएको थियो । ३. प्रत्यर्थी कृष्ण वावु तिवारीले सो वढुवाको नामावली प्रकासनलाई लिएर प्रत्यर्थी लोकसेवा आयोगमा उजूरी दिनु भएको र सोही उजूरीको आधारमा प्रत्यर्थी कृष्णवावु तिवारीको नाम वढुवा सूचिमा प्रशोधान गरी निवेदकको नाम हटाई वढुवा सूचि मिति २०५१।५।३१ मा संशोधन गरी प्रकाशन गरेकोले अन्य उपचारको अभावमा सम्मानीत अदालतमा यो निवेदन चढाएको छु । ४. प्रत्यर्थी लोकसेवा आयोगको उक्त निर्णय सिफारिश र नियुक्तिपत्र दिने तथा पद स्थापन कार्य लगायत सम्पूर्ण वदरभागी छ भन्ने सम्बन्धमा निम्न निवेदन गर्दछु । ५. निवेदकलाई वढुवाको सिफारिशको सूचिबाट हटाई प्रत्यर्थीलाई वढुवा दिने निर्णय गर्दा निवेदकले नारायणी अंचल चितवन जिल्लामा एक वर्ष भन्दा वढी वर्षमा कार्य गरे वापत “घ” वर्गको अंक दिनु पर्नेमा सो वर्गको अंक नदिई वढुवा समितिले “घ” वर्गको अंक दिएकोलाई वदर गरी प्रत्यर्थी कृष्ण वावु तिवारीलाई वढुवा हुने गरी वढुवाको नामावली संशोधन गरी मेरो नाम वढुवा सूचिबाट हटाइएको छ । निजामती सेवा नियमावी, २०५० को नियम ८०(१) वमोजिम “घ” वर्गमा काम गर्ने कर्मचारीलाई १.५ का दरले अंक दिइने र नियमावलीको अनुसूचि १६ मा “घ” वर्ग भित्र चितवन जिल्लालाई समावेश गरेको कारणले गर्दा निवेदकले नियम ८०(१) वमोजिम “घ” वर्गको अंक पाउनु पर्ने निर्विवाद छ । । ६. मैले चितवन जिल्लामा कार्य गर्दाको अवस्थामा आफूले निजामती सेवा ऐन तथा नियमावली, २०२१ वमोजिम पाउने सुविधाको प्रयोग गर्दा केही समय घर विदा समेतको सुविधा प्रयोग गरेको थिए । जुनसुकै क्षेत्रमा कार्य गर्दा स