निर्णय नं. ६५४२ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५४२ - जग्गा खिचोला भाग: ४० साल: २०५५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०६/२३ २७११ निर्णय नं. ६५४२ ने.का.प. २०५५ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा माननीय न्यायाधीश श्री टोप बहादुर सिंह माननीय न्यायाधीश श्री दिलिप कुमार पौडेल सम्बत् २०५३ सालको दे.पु.इ.नं................१०४ फैसला मितिः २०५५।६।२३।६ मुद्दाः जग्गा खिचोला । पुनरावेदक/प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला वांसवारी गा.वि.स. वडा नं. २ वस्ने गणेश बहादुर नेपाल । विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वस्ने शिवलोचन नेपाल खत्री । § प्रतिवादीले पेश गरेको वहश नोट साथ संलग्न सिन्धुपाल्चोक माल कार्यालय, चौताराको प.सं. ०३८।३९ च.नं. ५२७ को दर्ता उतार पत्रमा पनि निज प्रतिवादी शिवलोचन नेपालको नाममा गिनेरीवोटे खेत ।११।७।४ को १ कित्ता र ।५।३ को कित्ता १ गरी दुई कित्ता जग्गासम्म निज प्रतिवादीका नाममा दर्ता रहे भएको पाइन्छ भन्ने मालपोत विभाग सिन्धुपाल्चोक मालको मिति २०३८।५।११ को प.सं. २०३८।३९ च.नं. ६७ को पत्रमा गिनेरोवोटे खेत ।२२।१५ मध्ये ।११।७।४ को कित्ता १ र ऐ. खेत ।१०।६ मध्ये ।५।३ को कित्ता गरी दुई कित्ता २०२८ सालको रैतानी लगतबाट रैति गणेश बहादुर नेपालको नाममा दर्ता रहेको भन्ने स्पष्ट खुलार्ई पठाएको पाइन्छ । प्रतिवादीले पेश गरेको २०३८।१०।१८ को पत्र र उक्त २०३८।५।११ को पत्र दुवैको दर्ता जोडदा ।२२।१५ र १०।६ कायम भै मूल दर्तासंग भिडन जाने समेत देखिन आएबाट विवादित जग्गामा वादीको हक नरहेको भन्न मिल्ने पनि देखिएन । अतः यस अदालत पूर्ण इजलासबाट मिति २०४६।५।६ मा वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने गरी भएको इन्साफ उल्टी हुने ठहर्छ । वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव हुने । (प्र.नं. १८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री गौतम थापा प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त, विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त, विद्वान अधिवक्ता श्री मणीराज आचार्य अवलम्वित नजिर : फैसला प्र.न्या.मोहन प्रसाद शर्मा : सर्वोच्च अदालत, पूर्ण इजलासको फैसला उपर श्री ५ महाराजाधिराज सरकारका हजुरमा विन्तिपत्र परी प्राप्त हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. १९ नं. सिन्धुमौजे आपचौर गिन्हारीवोटे खेत जम्मा माटो ।२२।१५ को कित्ता एक र ऐ. माटो ।१०।६ को कित्ता १ मध्ये भिन्न हुँदा आधा दाजु पुण्य प्रसादको भागमा र आधा माटो ।११।७।४ र ।५।३ को दुई कित्ता गिन्हारीवोटे खेत एकै चकला भई पूर्व इन्द्रावती गंगा पश्चिम मोटर हिडने मूल वाटो, उत्तर दाजु पुण्य प्रसादको भागको आधा खेत, दक्षिण ऐ. दाजु पुण्य प्रसादको खेत यति ४ किल्ला भित्रको जग्गा मेरो भागमा परेकोमा उक्त मेरो भागमा परेको माटो ।११।७।४ र माटो ।५।३ को खेत वावु पूर्णदत्तले मुक्तिनाथलार्ई रु.९९। मा ८८ सालमा वन्धकी दिई राख्नु भएको र लगाएको ऋण समेत वण्डा गर्दा उक्त थैली समेत मैले तिर्न पर्ने भई त्यस वखत निखन्न नसकी २००१ साल देखि नै विदेश तिर गएको म २०२४ साल आश्विनमा घर आई पुगेपछि बन्धकी जग्गा फिर्ता देउ भन्दा तिम्रो बाबुको दर्ताको तिम्रो अंशका जग्गा हो फ