निर्णय नं. ६५४४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५४४ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५४/११/१९ ३६२८ निर्णय नं. ६५४४ ने.का.प.२०५५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य २०५० सालको फौ.पु.नं. ५९५ साधक नं.. १४५ फैसला मितिः२०५४।११।१९।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादी : जिल्ला रौतहट गा.वि.स. गम्हरिया वार्ड नं. ५ वस्ने नेक महमद मियांको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला रौतहट गा.वि.स. गम्हरिया वार्ड नं. ५ वस्ने ताहिद मिंया अंसारी समेत जम्मा ८ । § अदालतमा इन्कार रहंदा केहि प्रतिवादीहरुले वारदातमा सम्मिलित नरहि उक्त समयमा आफू अन्यत्रै औषधी उपचार गराई रहेको भनी एलिवि (Alibi) लिएकै देखिन्छ । एलिबि लिनेले आफ्नो आधार प्रमाण संकारहित रुपबाट खम्बिर गराउन सक्नुपर्दछ । एलिबि लिएकै भरले आरोपित कसुरवाट उन्मूक्त हुने हुदैन । तवारक मियांले सिम्रौनगढ हेल्थपोष्टको शेर महमदले तथा शेख असराजले सर्लाही जिल्ला स्थित हरिपुर हेल्थपोष्टको तथा शेख अमानुल्लाहले सर्लाही जिल्ला स्थीत छतौना हेल्थपोष्टमा औषधी उपचार गराई रहेको भनी प्रमाण पेश गरेको देखिन्छ । हेल्थपोष्टमा सामान्य उपचार सम्म हुने हो, सरकारी अस्पताल सरह सैया सहित उपचार हुने व्यवस्था रहेको प्रमाणित हुनु पर्ने । (प्र.नं. ६१) पुनरावेदक वादी तर्फबाट : विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्का प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान अधिवक्ता द्वय श्री शेख अव्वास र हरि प्रसाद उप्रेती । अवलम्वित नजिर : x फैसला न्या.केदारनाथ आचार्यः प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. मेरो वावु जंहिर मियां खेतमा काम गर्न २०४४।५।३ गते विहान अं. ९ वजेको समयमा जानु भएकोमा विगत गाउँ पंचायत चुनाबको रिसईवीले गाउँमा झगडा कुटपिट भई रहेको खबर पाई हेर्न आएको अबस्थामा गाउ कै नुरुल मियां अन्सारीको घर नजिक आई पुग्दा चुनाबमा भोट नदिएकोले हाम्रो मानिसले हार्यो यो जोहर मिया बदमास हो यसलार्ई कुट भनी हातमा लाठी, भाला गडासा समेत लिई आइ सेख सनाउल्लाहले आफ्नो हातमा भएको लाठीले जोहर मियालाई पहिला प्रहार गरी भुईमा लडाएपछि विपक्षी शेख अलि उल्लाहले सेख सेर महमद, सेख अरसद, सेख ईसराइल, तहिद मिया, जैनुल मियां सेर महमद, तवारक मिया. बाजुल हक अन्सारी, सेख अमानुउल्लाह समेतले लाठी, भाला, गडासा, समेतले दनादन कुटपीट गरे बाबुको धुक धुकि छदै समनपुर हेल्थपोष्टमा लगी उपचार गराउदा गराउदै कर्तव्यवालाहरुको कुटाइवाट नै मेरो बाबु जोहर मियाको मृत्यु भएकोले घटनास्थलमा घाइते हुनेहरु मृतकको छोरा सेर महमद, खैराती, तहिद मिया, सेख असिन, सेख तवारक लेख सफि महमद, समेतलाई बुझी ज्यान सम्वन्धीको १३(३) नं. बमोजिम विपक्षीहरुलार्ई सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको नेक महमद मिया अन्सारीले मिति २०४४।५।४।५ मा दिएको जाहेरी दर्खास्त । ३. गम्हरी गा.पं. वार्ड नं. ५ मा पर्ने नुरुल मियाको घर देखि ४ हात पश्चिममा मलाही टोल जाने देखि ८ हात पूर्व जनको भाटको घर देखि १० हात दक्षिण गाउँको चोक मूलवाटो देखि २५ हात उत्तर यति चार किल्लाभित्रको जोहर मियालार्ई कुटपिट गरेको भन्ने समेत व्यहोराको २०४४।५।४ को घटनास्थल प्रकृती मुचुल्का । ४. गाउँ पचायत समनपुर स्थित समनपुर हेल्थपोष्टको प्राङ्गणमा दक्षिण टाउको, उत्तर गोडा भई चेक लगि लगाई राखेको सो कपडाहरु हटाउन लगाई हेर्दा पनि