निर्णय नं. ६५४५ - लिखत दर्ता वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५४५ - लिखत दर्ता वदर भाग: ४० साल: २०५५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०१/१५ ३१८७ निर्णय नं. ६५४५ ने.का.प. २०५५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्बत् २०५१ सालको दे.पु.नं.......... २०९९ फैसला मितिः २०५५।१।१५।३ मुद्दाः लिखत दर्ता वदर । पुनरावेदक /प्रतिवादी : सप्तरी जिल्ला पकरी गा.वि.स. वडा नं. ५ हाल राजविराज नगर पालिका वडा नं. ५ वस्ने मोहन बहादुर थापा विरुद्ध विपक्षी /वादी : सप्तरी फकिरा गा.वि.स. वडा नं. १ वस्ने गिता देवी सिंह समेत जना ४ § लिखतमा लेखेको वापतको विषय तथ्य सम्वन्धित कुरा हो । तथ्य संवन्धी विवाद शुरुमै उठेको हुनु पर्छ, किनकी विवादित तथ्यको निरोपणार्थ सवुद प्रमाण शुरु तहमा सामन्यतया हुन सक्ने । § वापत कानून विपरित वा अनैतिक उद्देस्य प्राप्तीको लागी भए मात्र त्यस्तो वापतमा गरेको राजीनामा लेनदेन आदि लिखत कानूनी औचित्तय पूर्ण नहुने अवस्था पर्दछ । घरको मुख्यले अकानूनी र अनैतिक वापतका लागि रुपैया लिई गरि दिएको लित वाहेक अन्य प्रकारका वापत अन्यथा प्रमाणित भएमा वाहेक अमान्य वेमुनासिव भन्न मिल्ने हुँदैन । त्यसले वापतका विषयमा प्रष्ट रुपले दावा जिकिर लिई सो कुराको प्रमाणित गर्नुपर्ने विषय भएकोले दावी जिकिर लिई विवाद उठाएको र प्रमाण नदिएको हुँदा त्यस्तो कुरामा अदालतले स्वंयले वन्द व्यापार गर्न रुपैया लिई लिखत गर्नु घर व्यवहार चलाउन भन्न नमिल्ने भनी घरको मुख्यले आधासम्म विक्रि गरेको तथ्यलार्ई मानेर पनि वन्द व्यापार गर्न भन्दा घर व्यवहार चलाउन भन्न नमिल्ने भनी शुरु इन्साफ उल्टी गर्ने गरेको पुनरावेदन अदालत राजविराजको इन्साफ मिलेको नदेखिंदा वदर हुने । (प्र.नं. १३ र १४) पुनरावेदक प्रीतवादीको तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी वादीको तर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेस कुमार सिंह अवलम्वित नजिर : फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत राजविराज सप्तरीलेमिति २०५१।२।९ मा गरेको फैसला उपर चित्त नबुझि प्रतिवादीको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर निम्न प्रकार छ । २. विपक्षी मध्ये हरेकृष्ण हाम्रा पति पिता हुन । हामी ५ अंशियारा साझा सगोलमा बसे पनि परस्पर सल्लाह गरी घरको व्यवहार चलाउने गरेको विपक्षी हरेकृष्ण नाम दर्ताको पुर्खाको पालाको जि. सप्तरी तत्कालिन र.वि.न.पा. वडा नं. ५(क) कि.नं. १०३४ को १-५-१० मध्ये कि.नं. ६२२ देखि दक्षिण पूर्व कोनाबाट ०-०-२-० जग्गा हामीलार्ई थाहा जानकारी नदिई मिति २०४६।२।१७ गते विपक्षी मोहन बहादुरलार्ई सुक्री विक्री राजीनामा पारित गरी दिनु भएछ । प्रमाणका मानिसहरु द्वारा जानकारी भएकोले हु.प्र. वाट थामी पाएको म्यादमा यो नालेश गरेको छौं । उक्त जग्गामा ५ भागको ४ भाग तथा ०-१-१२ जग्गा तर्फ लिखत र प्रतिवादीको दर्ता समेत वदर गरी हाम्रा नाममा दर्ता समेत गरी पाउँ भन्ने वादी दावी मध्येका हरेकृष्ण र विपक्षीहरु एकै ठाउँमा भएपछि हरेकृष्णले मलार्ई जग्गा पारित गरी दिएपछि मौका मै जानकारी भएको कुरामा जानकारी नभएको भनी म्याद नघाई नालेश परेको हो । मलार्ई विक्र गर भन्दा अरु धेरै जग्गाको भएकोले घरको मुख्यले व्यवहार चलाउन अचलमा आधा सम्पत्ति आफूखुश गर्न पाउने कानूनी व्यवस्था भएको समेतले विपक्षीहरुको घरको मुख्य मध्ये हरेकृष्णले मलार्ई विक्रि गरेको लिखत दर्ता वदर हुने होइन भन्ने समेत २०४७।११।२१।३ को मोहन बहादुरको प्रतिउतर पत्र ।