निर्णय नं. ६५४६ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५४६ - अंश नामसारी भाग: ४० साल: २०५५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०५/०१ २४९७ निर्णय नं. ६५४६ ने.का.प. ०५५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्बत् २०५३ सालको दे.पु.नं.. .. २७८६, २७८७ मुद्दाः- अंश नामसारी फैसला मितिः २०५५।५।१।२ पुनरावेदक/वादी : जिल्ला नवलपरासी तम्सरीया गाउँ विकास समिति वडानं. २ बसन्तपुर बस्ने सिफल कुमालको छोरा मान बहादुर कुमाल विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. मैनघाट गाउँ विकास समिति वडा नं. ७ बस्ने शंखवीरको छोरा विफल कुमाल § प्रतिवादीले तायदाती फांटवारी दिंदा वादीलार्ई अंशियारा होईन भनेता पनि प्रतिउत्तर पत्रमा नै सो कुरा भन्न लेख्न नसकेबाट तायदातीमा अंशियारा होईन भनी उल्लेख गरेको ग्राहय हुन सक्ने देखिएन । (प्र.नं. १३) पुनरावेदनक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठ प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा अवलम्वित नजिर : ने.का.प. २०४६, अंक ७, नि.नं. ३८९४, पृ ७९४ फैसला न्या. उदयराज उपाध्याय : पुनरावेदक अदालत, बुटवलबाट भएको मिति २०५२।२।२३ गतेको फैसला उपर वादी प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. म फिरादीका बाजे धोजे कुमालका २ भाई छोरामा जेठा विपक्षीका बाजे आइतराम हुन, आइतरामका १ मात्र छोरा विपक्षीका पिता शंख वीर, शंखवीरका छोराविपक्षी विफ हुन बाजे धोजेको कान्छा छोरा सिफ कुमालको १ मात्र छोरा म फिरादी हुं । जेठा बुवा तथा जेठी आमाको मेरा बुवा आमाको समेत आ आफ्नो काल गतिले परलोक भई विपक्षी र म मात्रा २ अंशियार भएको र मैले पाउने अंश वण्डा गरौ भन्दा अंश दिन्न भनेकोले अन्यायमा परी अंश वण्डाका १,२,३,५,१४,२०,२१,२२,२३,र ३५ नं. समेतका आधारमा यो फिराद लिई आएको हुँ । फिराद परेको अघिल्लो दिनलार्ई मानो छुटिएको मिति कायम गरी अंश वण्डाको २०,२१,२३ नं बमोजिम अंशको फांटवारी लिई चल अचल सम्पत्तिको २ अंश लगाई मेरा १ अंश मलार्ई दिलार्ई अचल सम्पत्ति मेरा नाममा दर्ता नामसारी समेत गरी पाउँ भन्ने समेतका व्यहोराको मिति २०४८।३।१२।४ को फिरादपत्र ३. वादीलार्ई मैले अंश दिनु पर्ने होईन छैन । निज र मेरा बाजेका पाला मै अलग भिन्द भई आ आफ्नो खति उपति गरी आएको वास्तविक कुरा जान्दा जान्दै मुद्दा दिए केही लिन सक्छू की भनी यो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको व्यहोराको प्रतिउत्तर पत्र । ४. वादीको साक्षी दान बहादुर रायमाझी समेत र सेते कुमाल प्रतिवादीको साक्षी लोक बहादुर आलेको बकपत्र भएको र वादी प्रतिवादीबाट तायदाती फंटवारी पेश भएको समेत रहेछ । ५. यसमा पेश भएको तायदाती फांटवारी बमोजिमको सम्पत्तिबाट दुई भाग लगाइ एक भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ भन्ने शुरु नवलपरासी जिल्ला अदालतको मिति २०४९।११।२६।३ को फैसला । ६. वादीले पेश गरेको तायदाती फांटवारी अनुसारको जग्गा नदेखाइ प्रतिवादीका नामको सम्पत्ति भाग वण्डा गर्ने वादीसंग भएको सम्पत्ति वण्डा नगर्ने गरी शुरु नवलपरासी जिल्ला अदालतबाट भएको त्रुटीपूर्ण फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकिर अनुसार इन्साफ पाउँ भन्ने प्रतिवादी विफले कुमालको पुनरावेदन अदालत, बुटवलमा परेको पुनरावेदन पत्र ७. यसमा वादी प्रतिवादी दुवैथरबाट तायदाती फांटवारी पेश भई रहेकोमा प्रतिवादीबाट पेश भएको फांटवारीको सम्पत्ति वण्डा भएको तर वादीबाट पेश भएको तायदाती फांटवारी सम्बन्धमा केही विवेच