निर्णय नं. ६५४७ - जिउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५४७ - जिउ मास्ने बेच्ने भाग: ४० साल: २०५५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०२/२५ २९३० निर्णय नं. ६५४७ ने.का.प. ०५५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा फैसला मिति : २०५५।२।२५।२ सम्बत् २०५३ सालको स.फौ.नं..... १२१८ सम्बत् २०५४ सालको स.फौ.नं .........१४९८ मुद्दा : जिउ मास्ने बेच्ने । पुनरावेदक/प्रतिवादी : नुवाकोट जल्ला ककनी गा.वि.स. वडानं. ३ घर भै हाल जिल्ला प्रज्ञासन कार्यालय, सदर खोर शाखा, डिल्लीबजार काठमाण्डौमा थुनामा रहेको केदार बहादुर तामाङ विरुद्ध प्रत्यर्थी /वादी : लक्ष्मी राउतको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/वादी : नुवाकोट ककनी गा.वि.स. वडा नं. २ घर भई हाल केन्द्रिय कारागार त्रिपुरेश्वरमा थुनामा रहेको हरि भन्ने राम बहदुर तामाङ विरुद्ध प्रत्यर्थी /वादी : लक्ष्मी राउतको जहेरीले वादी श्री ५ को सरकार § शुरु फैसला उपर पुनरावेदन अदालतमा पुनरावेदन नगरी पुनरावेदन गर्ने म्याद समेत गुजारी बसेको अवस्थामा शुरु अदालतको फैसला उपर सिधै सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने कानूनी व्यवस्थाको अभाव भएबाट समेत शुरु फैसला उपर यस अदालतमा दायर भएको पुनरावेदक प्रतिवादी राम बहादुर तामाङको पुनरावेदन जिकिर अ.वं. १८० नं. बमोजिम खारेज हुने । ­(प्र.नं. २९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री कर्ण बहादुर कार्की विद्वान अधिवक्ता श्री धुर्वलाल राज वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कुमार चुडाल अवलम्वित नजिर : फैसला न्या. हरि प्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. हामी तातोपानीबाट काठमाण्डौ कटन कपडाहरु ल्याई विक्रि गर्दा तातोपानीमा कुल्ली काम गर्ने हरी भन्ने राम बहादुरलार्ई चिनेको, निजले हामीलार्ई भेटी कटनको व्यापार गर्ने भन्दा भारत दार्जिलिङबाट कपडा ल्याई काठमाण्डौ विक्रि गर्ने हो भने धेरै फाइदा हुन्छ । मेरो दाजु मिठु तामाङ पनि कपडाको व्यापार गर्नु हुन्छ भनी मिठ्ठ तामाङसंग हामीलार्ई भेट गराई व्यापार सम्बन्धी फाईदा हुने कुराकानी गराई भारत दार्जिलिङ कपडा लिन जाने भनी झुक्याई हरि भन्ने राम बहादुर तामाङ, केशर बहादुर तामाङ र मिठु तामाङले भारत वम्बैमा लगी प्रति व्यक्ति भा.रु. ३० हजारका दरले हामीलार्ई जम्मा भा.रु. ६० हजारमा बिक्रि गरेकोले निजहरु उपर कारवाही गरि पाउँ भन्ने समेत व्यहोराको लक्ष्मी राउत क्षेत्री र पासाङ शेर्पाको संयुक्त जाहेरी दरखास्त । ३. गते वार थाह छैन । २०४६ सालको श्रावण महिनामा दार्जिलिङबाट कपडाको व्यापार गर्न भनी म समेतलार्ई झुक्याई हरी भन्ने राम बहादुर तामाङ मिठु तामाङले दार्जिलिङ जाने भनी नेपालगंज लगे । त्यहां पुग्दा निजहरुको सामा केशर बहादुर पनि रहेछन । को हो श्र भनी सोध्दा पाटननर भनी मिठुले भनेको र निजहरु तिनै जनाले भारतको बम्बैमा ३०,०००। (तिस हजार) मा बिक्रि गरी भागी गएछन् । बिक्रि गरेको कुरा थहा पाई लक्ष्मीको साडी घडी समेत बिक्रि गरी काठमाण्डौ आउन सफल भएको भन्ने जाहेरवाली पासाङ शेर्पाले गरेको बयान । ४. भारत दार्जिलिङबाट कपडा ल्याउने भनी मिठु तामाङ, हरि भन्ने राम बहादुर तामाङ र निजहरुको सांठगांठ मिलाएको केशर बहादुर तामाङ समेत ३ जनाले २०४६ साल श्रावण महिनामा नेपालगंज हुदै भारत बम्बैमा लगी ३० (तिस) हजारमा बिक्रि गरी निजहरु भागी सकेपछि बिक्रि गरेको कुरा थाहा पाई कोठीबाट भागी मे