निर्णय नं. ६५४८ - मोही जनाइ पाई
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५४८ - मोही जनाइ पाई भाग: ४० साल: २०५५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०९/१५ २७२९ निर्णय नं. ६५४८ ने.का.प. २०५५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्र राज पाण्डे सम्बत् २०५३ सालको दे.पु.नं.......... ३५३९ फैसला मिति : २०५५।१।१५।३ मुद्दाः मोही जनाइ पाई पुनरावेदक /प्रतिवादी : जिल्ला बारा कवही गोठ गा.वि.स वडा नं. बस्ने राम सखिमा अहिर्नी विरुद्ध प्रत्यर्थी /वादी : ऐ. वडा नं. ६ बस्ने रामानन्द शाह कलवार § जग्गाधनी हेरफर हुँदैमा मोहीको मोहीयानी हक समाप्त हुन नसक्ने । पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा प्रत्यक्ष वादीको तर्फबाट : विद्वान अधिवक्ता श्री शंभू थापा अवलम्वित नजिर : न्या. गोविन्द बहादुर श्रेष्ठ : पुनरावेदन अदालत हेटौडाको मिति २०५१।९।६ को फैसला उपर मुद्दा दोहोर्याई पाउँ भनी निवेदन परी मुद्दा दोहोर्याउने निस्सा प्रदान ई पेश हुन अनाएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. जिल्ला बारा कवही गोठ गा.पं. वार्ड नं. ७ को कि.नं. ५५ को ज.वि. ०(१४(१० को जग्गा धनी राम सखिया अहिरनी र म मोही भै कमाउदै आएकोमा सो जग्गाको फिल्डवुका मेरो मोही कायम दर्ता पनि लालपुर्जा नभएको कारणले मात्र ०४५ सालको वाली लगाई वाडफाड गर्न मितिले पाउदैनै भनी ०४४।१२।२४ का दिन विहान ७ बजे जग्गा धनीले भनेबाट आश्चर्यमा परी लालपुर्जाको नक्कल सारी लिएबाट थाहा पाउँ । तसर्थ लालपुर्जामा समेत मेरो जम मोहीको हैसियतले समावेश गरी पाउँ भन्ने निवेदन पत्र । ३. दावीको जग्गा मेरो पति रामानन्दले जीतभोग गरी आएको र निजका नाउँमा २ नं. लगत समेत प्रकाशित भै सकेको उपर कसैको उजुर समेत नहुँदा विपक्षीको झुठ्ठा उजुरी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर जिकिर । ४. फिल्डबुकबाट समेत मोही रामानन्द शाह कलवार देखिएकाले उक्त जग्गाको लालपुर्जामा समेत मोही महलमा निजको नाउँ समावेशको लागि लेखी दिने भन्ने मिति ०४६।२।३० गते भू.सु.का वाराबाट भएको निर्णय । ५. प्रमाणको मूल्यांकनको अभावमा भएको भू.सुका वाराको त्रुटीपूर्ण फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रम सुखीयाको पुनरावेदन पत्र रहेछ । ६. वादी रामानन्द शाह कलवारको जम उल्लेखित कि.नं. ५५ को जग्गाको लालपुर्जामा शुरु इन्साफ मनासिव छ भन्ने तत्कालीन ना.अ.अ.को फैसलाउपर पुनरावेदनको अनुमति पाउँ भनी तत्कालीन म.क्षे.अ.मा प्रतिवादीको निवेदन परी पुनरावेदनको अनुमति प्रदान गरेको छ भन्ने समेत पुनरावेदन अदालत हेटौडाको मिति २०४९।२।२१।४को आदेश समोवेश गर्ने भनी ठहर गरेको भूमि सुधार कार्यालय वाराको निर्णय सदर ठहराएको तत्कालन ना.अं.अ. को पुनरावेद फैसला सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन अदालत हेटौंडा उक्त फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) (ख) बमोजिम दाहोर्याई हेरी पाउँ भन्ने समेत यस अदालतमा परेको प्र. राम सखिया अहिर्नीको निवेदन । ८. १ नं. लगत भरी २ न. अनुसूची प्रकाशित भई कसैको उजुर नपरेमा मोही कायम हुने कानूनी व्यवस्था रहेको र क्षेत्रीय किताबमा किसानको व्यहोरामा मोही जनाएको आधारमा मोही कायम हुन नसक्नेमा पनि विपक्षी रामानन्द कलवारले प्राप्त गरेको मोहीयानी हकको प्रमाणपत्रमा जग्गा धनी सुर्वण शमशेर भन्ने निएको र क्षेत्रीय किताव उतारबाट समेत जग्गा धनी सुर्वण शमशेर देखाएकोमा रामानन्द अहिर त्यसपछि राम सुखियाका नाम दर्त