निर्णय नं. ६५५१ - अदालतको अपहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५५१ - अदालतको अपहेलना भाग: ४० साल: २०५५ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५५/०२/०४ ३६७० निर्णय नं. ६५५१ ने.का.प. २०५५ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा फौ.वि.नं. ..... २७९७ आदेश मिति : २०५५।२।४।२ मुद्दाः अदालतको अपहेलना । निवेदक : अधिवक्ता रविराज भण्डारी विरुद्ध विपक्षी : साप्ताहिक दृष्टि पत्रिकाका प्रधान संपादक रघु पन्त समेत § जनसाधारणमा अदालत वा त्यसबाट हुने न्याय प्रशासनको कार्यप्रति अविश्वास वा अनास्था हुने वा हुन सक्ने कुनै कार्य गर्नु वा अदालतको सम्मान, मर्यादा वा प्रतिष्ठामा आधात पुग्ने कुनै कार्य गर्नु अपहेलनाजनक कार्य हुन्छ । त्यस्तै गरी न्यायाधीश प्रति जनसाधारणको भावना प्रतिकूल वा शंकायुक्त हुने वा हुन सक्ने कुनै कार्य गर्नु वा न्यायाधीशको निष्पक्षता, सद्विवेक वा कार्यक्षमतामा कुनै प्रकारको शंका उठाउनु वा त्यस्तो शंका उत्पन्न हुन सक्ने वातावरणको सृजना गर्नु वा कुनै प्रकारले न्यायाधीशको मर्यादा सम्मान वा प्रतिष्ठामा आधात पर्न सक्ने कार्य गर्नु अपहेलनाजनक हुन्छ । त्यस्तै गरेर अदालतभित्र विचाराधिन मुद्दामा प्रभाव पार्ने गरेर कुनै कुरा व्यक्त गर्ने जस्ता कार्यहरु पनि अपहेलना भित्र पर्दछन । न्यायपालिकालार्ई अवान्छनिय रुपले होच्याएर वा विवादमा मुछेर जनसाधारणमा अदालतप्रति अनास्था उत्पन्न गराउने प्रयास गरी निष्पक्ष रुपमा न्याय दिन नसक्ने स्थितिमा पुर्याइयो भन्ने त्यसको परीणाम न्यायाधीशले वा अदालतले मात्र होईन सम्पूर्ण राष्ट्रले नै भोग्नु पर्ने । § कुनै पनी जिम्मेवार राजनैतिक राजनैतिक नेता तथा पत्रिकाको आफूले वोलेको तथा प्रकाशन गरेको कुराले जनतामा के कस्तो प्रभाव पर्दछ त्यो प्रभाव प्रजातान्त्रिक तथा मर्यादित समाजको लागि हितकर हुन्छ हुँदैन भनि सदैव सजग रहनु पर्छ । यस्ता कुराहरुलार्ई मनन नगरी जथाभावी वोल्ने र लेख्ने गर्नाले सार्वजनिक व्यक्तित्व आफैमा आफ्नो दायित्वप्रति बिमुख भै अनुतरदायित्वतिर उन्मूख हुन सक्ने । § एउटा विचारधाराको विरोधमा अर्को विचारधाराबाट प्रवृत भावनाबाट जथाभावी वोल्नू र जथाभावी समाचारको प्रकाशनले जन आस्थामा खलल् पुगी स्वतन्त्र न्यापालिका प्रतिको प्रतिवद्धतामा नै आंच आउन सक्छ । विचार र अभिव्यक्तिको स्वतन्त्रता भनेको कुनै पनि नागरीकको गाली वेइज्जती गर्ने स्वच्छन्दता होइन । तर्सथः सार्वजनिक पदाधिकारीहरु तथा पत्रकारहरुले वाक तथा प्रकाशन स्वतन्त्रताको आडमा संचार माध्यमको दुरुपयोग गर्न नमिल्ने । § दलियभावनाले प्रवृत भै एक अर्कामा आरोप प्रत्यारोप गर्ने उद्देस्यले नै अदालत र अदालतम विचारधिन मुद्दालार्ई नै विषयवस्तु बनाएको पाईयो । तर विवादित समाचारको प्रकाशनबाट जनमानसमा अदालत र अदालतको न्यायिक काम कारवाही प्रति नकारात्मक असर गर्ने गराउने कार्य भएको प्रष्ट रुपमा देखिएको छ । यसरी सार्वजनिक जीवनमा जन मानसलार्ई आफ्नो काम कुराबाट आकृष्ट गर्ने राजनैतिक नेता तथा पत्रकारहरुलार्ई यस प्रकारको अनुत्तरदायि र आपतिजनक कुराहरु सार्वजनिक रुपमा अभिव्यक्ति तथा प्रकाशन नगर्नु भनि सचेत र सर्तक रहन ध्यानाकर्षण गराइएको छ । प्रजातन्त्र स्थापना भएको अर्ध दशकको अवधि व्यतित भैसकेको अवस्थामा प्रजातन्त्रको लागि अपरिहार्य रहेको न्यायालयलार्ई विवादमा ल्याई रहनु उचित्त र मर्यादा अनुकूल नरहेको कुरामा विपक्षीहरुलार्ई सचेत सर्तक गराइएको अवस्थामा प्रस्तुत मुद्दाको उपरोक्त विवेचनाबाट विपक्षीहरुले अदालतको अपहेलना गरे भन