निर्णय नं. ६५६४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५६४ - उत्प्रेषण भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/०२/२१ २४९५ निर्णय नं. ६५६४ ने.का.प. २०५५ अङ्क ७ विषेश इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्बत् २०५४ सालको रि.नं. २९७५ फैसला मिति २०५५।२।२१।५ मुद्दा : उत्प्रेषण । निवेदक : का.जि. का.म.न.पा. वडा नं. ७ घर भई स्वास्थ्य मन्त्रालय आयुर्वेद विभागमा सेवारत (रा.प.द्वितीय श्रेणी) वरिष्ठ अधिकृत कविराज कृष्णराज पराजुली समेत २ विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय, सिंहदरवार समेत ३ । § स्वास्थ्य सेवाको गठन र सेवा शर्त सम्बन्धमा स्वास्थ्य सेवा ऐनको तर्जुमा श्री ५ को सरकारले गर्न सक्ने नै देखिन्छ । स्वास्थ्य सेवा ऐन २०५३ ले साविकमा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० अन्तर्गतका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई छुट्टै ऐन द्वारा व्यवस्थित गरिएको तदअनुरुप नै देखिन्छ । स्वास्थ्य सेवाको आफ्नो विशिष्टता अनुसार वर्गिकरण गरेको विवेकपरक नै हुँदा अन्यथा भन्न नमिल्ने । (प्र.नं. ११) § श्री ५ को सरकारले स्वास्थ्य सेवाका कर्मचारीहरुको सम्बन्धमा साविकमा रहेको श्रेणीको विभाजनलाई तहमा परिणत गरी खास अवधि पुगेका व्यक्तिलाई खास तहमा मिलान गर्ने गरेको व्यवस्थाबाट निवेदकको संविधान प्रदत्त हकमा आघात पर्न जाने नदेखिएको अवस्थामा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ४५(३) दफा ९० को (ख) र दफा ९६(१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२, १७ र १२४ संग बाझिन गएको छ भनि मान्न नमिल्ने । (प्र.नं. १३) निवेदक तर्फवाट : विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी. अवलम्बित नजिर : आदेश न्या. केदारनाथ उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(१), ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. हामी निवेदक नेपाली नागरिक हौं र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ र १२ ले हामी निवेदकलाई क्रमश, समानता र स्वतन्त्रताको हक प्रत्याभूत गरेको छ । पेशा रोजगार गर्ने संबैधानिक स्वतन्त्रता भएवाट निवेदक मध्येको म कृष्णराजले २०३१।७।१ को निर्णयानुसार रा.प.अ. प्रथम श्रेणी (प्रा) कविराज पदमा र निवेदक मध्येको म खिलराजले २०३२।९।३० को निर्णयानुसार शुरु नियुक्ति पाई आएकोमा खुल्ला प्रतियोगिताद्वारा रा.प.तृ. प्रा. (अधिकृत कविराज) पदमा म कृष्णराजले २०३३।३।२२ को र म खिलराजले २०४०।११।८ को श्री ५ को सरकारको निर्णयद्वारा नियुक्ति पाई रा.प. द्वितीय प्रा. पदमा बढुवा हुँदा श्री ५ को सरकारको २०५२।७।३ को निर्णयानुसार म निवेदक कृष्णराज आयुर्वेद चिकित्सालय दाङमा सुपरिटेन्डेन्ट दरवन्दी भै हाल आयुर्वेद विभागमा काजमा रही का.मु. निर्देशक पदमा र म खिलराज २०५४।१।१३ को निर्णयले आयुर्वेद विभागमा रही देश सेवा गर्ने अवसर पाएको इमान्दार राष्ट्रसेवक कर्मचारी हौं । ३. हामी निवेदकहरुको सेवा सम्बन्धी शर्त सुविधाहरु नि.से. ऐन, २०१३ एवं २०४९ द्वारा प्रदत्त हक एवं सुविधाहरु हुन र ति ऐनले निर्दिष्ट गरेको सेवा शर्त एवं सुविधामा प्रतिकूल नहुने गरी कानून बनाउन पाइने हो र हाम्रो मन्जुरी नभएको हाम्रो हक सुविधाको प्रतिकूलमा बनेको कानूनले हामीलाई असर पार्न सक्ने होइन । निजामती सेवा ऐन, २०१३ को दफा ३ (१) अनुसार बनेको नि.से.नि., २०२१ को नियम ३.३ (८) अनु