निर्णय नं. ६५६५ - करार बमोजिम गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५६५ - करार बमोजिम गरी पाउँ भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/०१/१७ ४०९८ निर्णय नं. ६५६५ ने.का.प. २०५५ अङ्क ७ पूर्ण इजलास माननीय नयायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री दिलिप कुमार पौडेल सम्बत् २०५४ सालको दे.पु.ई.नं. १२४ फैसला मिति : २०५५।१।१७।५ मुद्दा : करार बमोजिम गरी पाउँ । पुनरावेदक/वादी : सिराहा जिल्ला तुल्सीपुर गा.वि.स. वडा नं. ८ घर भै हाल का.जि.का.म.न.पा. वडा नं. १० बानेश्वर आदित्य कुमार झा । विरुद्ध विपक्षी/प्रतिवादी : भक्तपुर जिल्ला लौहकन्थली गा.वि.स. वडा नं. ३ कौशलटार बस्ने केशर बहादुर थापा । § करार बमोजिमको दायित्व निर्वाह नभएको अवस्थामा पक्षहरुकै मन्जुरीबाट पनि उपचार तथा व्यहोर्नुपर्ने क्षति सम्बन्धमा करार लिखत भै उल्लेख भएकाले सो लिखतको व्यहोराबाट नै वादी दावी बमोजिम २०४९।२।१३ को सो करार लिखतका आधारमा राजिनामा राजिष्ट्रेशन गराई पाउँ भन्ने वादीको दावी मनासिव नदेखिँने । (प्र.नं. १५) § प्रस्तुत मुद्दामा संयुक्त इजलासले बुझाउन पर्ने वाँकी रकम धरौटी नराखेको कुरालाई विवेचना गर्दै दावी बमोजिम वाँकी रुपैया बुझाए करारको लिखत पारित हुने ठहर्याई रुलिङ्ग बाझिएको भनि पूर्ण इजलासमा पठाएको समेत मिलेको देखिएन । वादीलको दावी करार लिखत अनुसार नै मनासिव नदेखिएकोले वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १६) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददाश सरस प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण प्रसाद घिमिरे, विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की । अवलम्बित नजिर : फैसला न्या. कृष्णजंग रायमाझी : यसै अदालका संयुक्त इजलासहरु बीच बाझिन गई पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार छ : २. विपक्षीले निजका नाउँमा भ.पु. जि. गुठि तहसिल तथा खर्च कार्यालयमा तिरो बुझाउनु पर्ने मछेन्द्रनाथ गुठीबाट रैतानी परिणत भएको भ.पु.जि. लोकन्थली गा.वि.स. साविक दिव्यश्वरी गा.वि.स. वडा नं. ३(क) कि.नं. ६७ को अबल रोपनी ०–८–२ ऐ.ऐ. कि.नं. ७१ को ०–११–० ऐ. कि.नं. ९३ को क्षेत्रफला २–१५–३ समेत जग्गा रोपनी ४–३–१ प्रति रोपनीको रु ५,५०,००० का दरले मलाई विक्री गर्ने मन्जुर भई मबाट बैना वापत रु ४०,०००।– लिनु भै उक्त जग्गाको माथि लेखिए बमोजिम दरले हुने सम्पूर्ण रकम आगामी २०४९ साल श्रावण मसान्तसम्ममा तपाई धनीले बुझाउनु पर्ने र म जग्गाधनीले पनि उक्र मिति भित्र रकम बुझाएमा ऐन बमोजिम राजिनामा रजिष्ट्रेशन पारित गरी दिई जग्गाको हकभोग छोडिदिने मन्जुर भएकोले मिति २०४९।२।१३।३ मा बैनाबट्टाको कागज गरि दिनु भएको थियो । विपक्षीले शर्त अनुसारको रकम लिई रजिष्ट्रेशन गर्ने तर्फ कुनै तत्परता नदेखाउनु भएकोले ०४९।४।३ गते शर्त अनुसार रुपैया बुझी रजिष्ट्रेशन पास गरि दिनु होस भन्दा आज भोली भोली भनी नगरी दिएकोले मुद्दा गर्नुपर्ने कारण परेका मितिले करार सम्बन्धी ऐन, २०२३ को दफा १८(२) का म्यादै भित्रै यो फिराद गर्न आएको छु । ०४९।२।१३ को करार अनुसारको रुपैया बुझी उक्त लिखतमा लेखिएका जग्गाहरु रजिष्ट्रेशन गरि दिनु पर्ने ठहर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. विपक्षी आदित्य कुमार झा संगबाट घरखर्च गर्नको लागि रु ४०,०००। बुझी लिएको हुँ । सो वापत मेरो नाममा दर्ता भएको फिरादमा उल्लेखित ६७, ७१ र ९३ समेतका जग्गा जम्मा रोपनी ४–३–१