निर्णय नं. ६५६७ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५६७ - अंश नामसारी भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०८/०४ २५४१ निर्णय नं. ६५६७ ने.का.प. २०५५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्बत् २०५१ सालको दे.पु.ई.नं. २६३१, २६३२ फैसला मिति : २०५४।८।४।४ मुद्दा : अंश नामसारी । पुनरावेदक/वादी : जिल्ला रुपन्देही पजरकट्टी गा.वि.स. वडा नं. १ बस्ने बन्नुको छोरा सुकई चमार विरुद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने बन्नुको छोरा बटोही चमार समेत दुईजना पुनरावेदक/प्रतिवादी : ऐ ऐ बस्ने मटेल चमार विरुद्ध विपक्षी/ प्रतिवादी : ऐ ऐ बस्ने बटोही चमार विपक्षी/वादी : ऐ.ऐ. वस्ने सुकई चमार § पैतृक सम्पत्ति मृत्यु पश्चात नामसारी हुँदै गएको अवस्थामा नामसारी गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति अन्य अंशियारहरुले पाउने होइन भन्नु कानून र न्याय संगत कथन भन्न नमिल्ने । पुनरावेदक वादीका तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण झा विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह अवलम्बित नजिर : फैसला न्या. हरिप्रसाद शर्मा : पुनरावेदन अदालत बुटबलबाट भएको फैसला उपर पर्न आएको दोहोरो पुनरावेदनपत्रहरु न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र हठर यस प्रकार छ । २. मुल पुरुष बाबु बन्नुको २ भाई छोरामा जेठो विपक्षी र कान्छो म फिरादी हौं । बाबु आमाको मृत्यु भैसकेको हो । हामी वादी प्रतिवादीहरु वाहेक अरु अंशहक खाने अंशियार कोही छैनन्, हामी वादी प्रतिवादी एकासगोका अभिन्न अंशियार हौं । अंशबण्डा भएको छैन । जो भएको बण्डा गर्नुपर्ने श्री सम्पत्ति विपक्षीको नाम जिम्मामा छ मैले पाउने आधा अंश छुट्टाई दिनुहोस छुट्टै बस्छु भन्दा तिमिलाई अंश पनि दिन्न खान लाउन पनि दिन्न जानेको गर भनि हांक जवाफ दिएकाले फिराद गर्न आएको छु । फिराद परेको अघिल्लो दिन सम्मको तायदाति फाँटवारी लिई समग्र सम्पत्तिमा २ भाग लगाई १ भाग अंश हक म वादीलाई दिलाई नामसारी समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादीले आंशिक रुपमा पुस्तावारी देखाएका छन हाम्रो पुस्तावारी यस प्रकार छ । काशीको छोरा औतार र बन्नु हुन । औतारको छोरा सुखदेव र रघुवीर हुन, सुकदेवको छोरा मटेलु हुन, बन्नुको छोरा हामी वादी प्रतिवादी हौं । पैतृक सम्पत्ति काशीवाट निज मर्दा रघुवीरको नाममा नामसारी दर्ता भएको छ पैतृक सम्पत्तिमा अंशवण्डा भएको छैन अ.बं. १३९ नं. बमोजिम मटेलुलाई बुझी निजको नाममा रहेको पैतृक सम्पत्तिमा सवैको अंश हक कायम गरी पाउँ । म प्रतिवादी बटो हो । आफ्नो वावु बन्नु र सुखदेव र रघुवीर समेतसँग २०१५ सालमा आफ्नो मार्ने चुल्हो अलग गरी छुट्टी भिन्न भई केही जग्गा जिमिदारको चाकरीवाट जोत्न पाई मेरो नाममा दर्ता हुन आएको र केही जग्गा खरिद समेत गरेको छु छुट्टी भिन्न भएपछि कमाएको मेरो निजी आर्जनको सम्पत्तिको जग्गामा वादीको अंश हक लाग्ने छैन वादी मेरो एकासगोलमा छैनन्, वादी दावी झुठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. काशीको २ छोरा मृतक औतार र बन्नु हुन । औतारको २ छोरा सुखदेव र रघुवीर सुखदेवको एक मात्र छोरा म हुँ । बन्नुको २ छोरा मध्ये जेठा प्रतिवादी वटोही र कान्छा वादी सुकई हुन । रघुवीरको मृत्युपछि निजका नामको पैतृक सम्पत्ति आधा मेरो नाममा र आधा प्रतिवादी बटोहीका नाममा छ । रघुवीरको हक खाने कोही पनि छैनन । प्रतिवादी वटोहीले उखडाबाट पा