निर्णय नं. ६५६९ - हकसफा ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५६९ - हकसफा । भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०६/०७ ३९४८ निर्णय नं. ६५६९ ने.का.प. २०५५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री टोप बहादुर सिंह सम्बत् २०५२ सालको दे.पु.नं. ३०४१ फैसला मिति : २०५४।६।७।३ मुद्दा : हकसफा । निवेदक/वादी : टिकाराम वास्तोलाको छोरा कास्की जिल्ला पोखरा उप–महानगरपालिका वडा नं. ९ महेन्द्रपुल बस्ने हरिकृष्ण वास्ताला । विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. पोखरा उपमहानगरपालिका वडा नं. ९ महेन्द्रपुल बस्ने जगतमान माकाजु । § अदालतबाट भै आएको नक्सा मुचुल्का हेर्दा वादीको न.नं. ७ को जग्गाको उत्तरतर्फ न.नं. १ को सडक र नं. २ को कुलो देखिन्छ भने दक्षिणतर्फ पनि न.नं. ५ को कुलो र न.नं. १२ को गोरेटो बाटो देखिन्छ । वादीको जग्गाको दक्षिणतर्फ न.नं. १३ को पियान र न.नं. १६ को कुलो समेतले वादीको न.नं. ७ को जग्गालाई छोएको देखिँदा न.नं. ४ को कुलोबाट मात्र पानी लगी आफ्नो जग्गा सिचाई गर्नु भन्ने वादीको भनाई तर्कसंगत नदेखिने । (प्र. नं. ११) § लेनदेन व्यवहारको ११ नं. अनुसार सन्धीसर्पन पर्ने हकवालाले मात्र निखनी लिन पाउने कानूनी व्यवस्था देखिन्छ । जग्गाको साँध मिल्दैमा सन्धिसर्पन पर्ने होइन । सन्धिसर्पन पर्नलाई वादीले हकसफा नगरेका अवस्थामा वादीलाई कुलो, पानी, बाटो, निकास, हावा, घाम, इत्यादि कुराहरुमा अवरोध पुग्ने हुनु पर्ने । (प्र. नं. ११) वादी तर्फवाट : विद्वान अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री यज्ञमूर्ति बञ्जाडे प्रतिवादी तर्फवाट : विद्वान बरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ तथा विद्वान बरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी अवलम्बित नजिर : x फैसला न्या. लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत पोखराको मिति २०५०।५।२० मा भएको फैसला उपर चित्त नबुझी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत यस सर्वोच्च अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. पिता टिकारामका श्रीमती खिम कुमारी, सीता देवीका छोराहरु म हरिकृष्ण, श्यामकृष्ण, रामकृष्ण, अर्जुन र अशिस समेतबाट अंशियार २०३९।४।६ मा बण्डापत्र रजिष्ट्रेशन गरी छुट्टी भिन्न हुँदा पिता टिकारामका नाममा दर्ता भएको साविक आर्वा गा.प. वड नं. २ को साविक कि.नं. ९५९ बाट कित्ताफोड हुँदा क्रमशः कि.नं. १०४१ रामकृष्ण, कि.नं. १०४२ म हरिकृष्ण कि.नं. १०४३, श्यामकृष्ण कि.नं. १०४४ अर्जुन कि.नं. १०४५ अशीसको बण्डामा परेको जग्गा एउटै कम्पाउण्ड पर्खाल भित्र छ । म हरिकृष्ण पोखारामा नभएको समयमा कान्छो भाई रामकृष्णलाई विपक्षी जगतमानले फकाई रामकृष्ण वास्तोलाको कि.नं. १०४१ को क्षेत्रफल ३–०–२–० को खेत जग्गा मिति २०४४।१।११ मा रु १,३०,०००। मा राजीनामा रजिष्ट्रेशन गरी लिनु भएछ । सो कुरा मिति २०४४।५।११ मा गतेमा नक्कल सारी थाहा पाएपछि सो जग्गा मलाई संधिसर्पन गर्ने हुँदा हकसफा गराई पाउँ भनि थैली धरौट राखी मालपोत कार्यालयले अदालतमा जानु भनि सुनाएकोले नालेश गर्न आएको छु । कि.नं.१०४१ को मुहानबाट कि.नं. १०४२, १०४३, १०४४ र १०४५ सम्मका खेतमा सिचाई हुन्छ अन्य ठाउँमा खेत भन्दा कुलो गहिरो भएकोले पानी जादैन । हल गोरु लैजादा कि.नं. १०४१ को खतेबाट लैजानु पर्दछ । उक्त जग्गा मलाई सन्धिसर्पन पर्ने हुँदा सबूत प्रमाण बुझी विपषी जगतमान माकाजुले मिति २०४४।१।११ मा राजिनामा गरी लिएको कि.नं. १०४१ को जग्गा सन्धीसर्पन कायम गरी हकसफा गराई पाउ