निर्णय नं. ६५७० - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५७० - जालसाजी भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/०९/१५ २७०७ निर्णय नं. ६५७० ने.का.प. २०५५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्बत् २०५१ सालको फौ.पु.नं. ११२१ फैसला मिति : २०५४।९।१५।३ मुद्दा : जालसाजी । पुनरावेदक/वादी : जि. महोत्तरी खैरबन्नी गा.वि.स. वार्ड नं. ५ बस्ने राम लखन राय यादव विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने राजेश्वर राय यादव । § विवादास्पद लिखतको कानूनी अस्तित्व नै नभएको स्थितिमा प्रतिवादीले जालसाजी गरी २०४०।५।६ मा विवादित जग्गामा राजिनामा राजिष्ट्रेशन गरे गराए भनि मान्न सकिने अवस्था नदेखिँदा पुनरावेदन अदालत जनकपुरले फैसलामा लिएका आधारहरुबाट वादी दावी पुग्न नसक्ने । (प्र.नं. १७) पुनरावेदक तर्फबाट : x प्रतिवादी तर्फबाट : x अवलम्बित नजिर : x फैसला न्या. श्री भैरवप्रसाद लम्साल : पुनरावेदन अदालत जनकपुरको फैसला उपर वादी तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. प्रतिवादी मध्येका चुल्हाई महतोको बाजे भिखारी महतो संग मैले खरीद गरी लिएको जग्गाका सबुद प्रमाण म संग हुँदा हुँदै पनि मेरो हक भोगको जग्गालाई सडक देखि दक्षिण रास्ता सो पश्चिम लालदेव रहमान सो उत्तर नेवी नुनीया सो पूर्व प्रतिवादी प्रधानपन्च जवाहरलालले सिफारिश गरी चुल्हाई महतो, ऋणी रामेश्वर राय धनी वनी रु ५०००। को अंश देखार्य जालसाजी राजिनामाको लिखत २०४०।५।६।२ मा खडा गरी मालपोत कार्यालयबाट २०४०।५।८।४ मा पास गराएकोले सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. प्रतिवादी चुल्हाई महतोको घर हुनाले सिफारिश गरी दिएको छु वादीले मलाई सताउने प्रयासले झुठा दावि लिएका हुन भन्ने प्र. जवाहरको, प्रतिउत्तर पत्र । ४. मिति २०२७।२।२९ का दिन कि.नं. ९०९ को ०–१–१० रु. ९५ मा खरीद गरेको थिए भन्ने वादी भएकोमा २०२५ सालमा भिखारी परलोक भै सक्नु भएकोले वादीलाई रामलखनले लिखत गरी दिने प्रश्न आएन भन्ने समेत व्यहोराको अन्य प्रतिवादीहरुको प्रतिउत्तर पत्र । ५. प्र. चुल्हाई महतोले शुरु म्यादै गुजारी बसेका अरु नै द्वारा गराई लिएको खितको आधारमा पटवारीद्वारा नामसारी गराई तिरो तिरेकै भएपनि विवादित जग्गामा वादीको हक स्थापना हुन नसकने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको म.जि.अ. को २०४३।१०।८।३ को फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी रामलखन राय यादवको तत्कालिन जनकपुर अंचल अदालतमा परेको पुनरावेदन । ७. जालसाजी मुद्दामा भए पनि जग्गाको हक वेहक तर्फ वयान गराई विगो खुलाई कोर्टफि दाखिल गराई जग्गातर्फ समेत निर्णय गर्नुपर्नेमा सो नगरी खारेज गरेको मिलेन पुनः निर्णय गर्नु भन्ने २०५४।३।९।५ को फैसला । ८. विवादित जग्गा भिखारीको जाउँमा दर्ता रहेको साविक कि.नं. ९०९ को ०–१–१० जग्गा २०२७।२।१९ मा भिखारी महतोसंग वादीले खरिद गरी लिएको जग्गा हो उक्त जग्गा मध्ये ०–०–१८–८ जग्गामा घर समेत बनाई भोग गर्दै आएको छु भन्ने समेत व्यहोराको वादी वारेस सत्यनारायण साहको हक बेहक तर्फ वयान । ९. वादीले विवाद देखाएको जग्गा साविक कि.नं. ९०९ को नेवी सो पूर्व लालदेव रहमान सो उत्तर गोरेटो वाटो देखि पश्चिम मोल रु १०,०००। पर्ने ०–१–१० जग्गा मेरो हक भोग को हो उक्त जग्गा चुल्हाई महतोसंग रु ५,०००। मा २०४०।५।८ गते मालपोत कार्यालयबाट पास गराई लिएको जग्गा