निर्णय नं. ४२४५ - बिगो असूल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२४५ - बिगो असूल भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/११/२१ २३५८ निर्णय नं. ४२४५ ने.का.प. २०४८ अङ्क १ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको दे.पु.नं. ९५८ फैसला भएको मिति: २०४७।११।२१।३ मा पुनरावेदक/प्रतिवादी: कालिकोट जिल्ला स्पूना गा.पं. वा.नं. ७ बस्ने भीमबहादुर बम विरुद्ध विपक्षी/वादी: नेपाल खाद्य संस्थान प्रधान कार्यालय मुद्दा : बिगो असूल (१) निवेदन माग बमोजिमको म्यादसम्ममा पनि पुनरावेदकले आफ्नो दायित्व पूरा गरेको नदेखिँदा पुनरावेदक प्रतिवादी स्वयंले दिएको निवेदनमा माग गरेको म्यादमा आफ्नो दायित्व पूरा नगरे पछि मुद्दा गर्नु पर्ने कारणको सृजना भएको देखिने । (प्रकरण नं. १२) (२) कमिशन दिन इन्कार गरेपछि मात्र मुद्दा गर्नु पर्ने कारण परेको मान्नु पर्ने । (प्रकरण नं. १२) (३) पुनरावेदक प्रतिवादीले सम्झौता बमोजिम २०४० साल आषाढ मसान्तसम्म बुझाउनु पर्ने खाद्यान्न बुझाउन नसकी ०४१ (साविक पेज नं. १३) ०४२ सालको जेष्ठ मसान्तसम्ममा बुझाउन म्याद मागी मिति २०४१।८।२० मा निवेदन दिएको देखिँदा सम्झौता बमोजिमको म्याद २०४० साल आषाढ मसान्तलाई मुद्दा गर्नुपर्ने कारण मान्न नमिल्ने । निवेदनमा माग गरेको म्याद २०४२ जेष्ठ मसान्तसम्म बुझाउन नल्याए पछि मात्र निजले आफ्नो दायित्व बहन गर्न इन्कार गरेको मान्नु पर्ने हुनाले २०४२ साल जेष्ठ मसान्तलाई नै मुद्दा गर्नुपर्ने कारण सृजना भएको मिति मान्नु पर्ने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भू थापा अवलम्बित नजीर : ज्यानबहादुर प्रधान वि. कोरियन डेभलेपमेन्ट कर्पोरेशन समेतका हिसाब दिलाई पाउँ भन्ने मुद्दामा (ने.का.प. ०४४, अंक २, पृष्ठ १५२, नि.नं. २९८८) प्रतिपादित सिद्धान्त । फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. म.क्षे.अ.को मिति २०४४।९।१३ को निर्णय उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को खण्ड (ख) अन्तर्गत पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. विपक्षी भीमबहादुर बम र यस संस्था बीच आ.ब. २०३९।०४० मा संस्थानको खाद्यान्न सुर्खेतदेखि कालिकोटसम्म ढुवानी गर्नको निमित्त मिति २०३९।६।१५।६ मा ढुवानी गर्नको सम्झौता भई जुम्ला जिल्ला स्युमा गा.पं. वा.नं. ७ बस्ने मनरुप बम र जसबहादुर बमको जग्गा जेथाजमानी राखेपछि विपक्षीले बुझेको खाद्यान्न उ.मो.चा. १३९६ क्वी. मध्ये उ.मो.चा. १२८२ क्वी. बुझाई उ.मो.चा. ११३ क्वी. र खाली बोरा १३१ थान बाँकी राखेकोमा यस संस्थानको सा.का. सुर्खेतबाट विभिन्न मितिमा सो खाद्यान्न तथा बोरा बुझाउन ल्याउनु भनी पत्रहरु पठाउँदा निजले तिर्न मन्जूर गरी मिति २०४१।८।२० मा शाखा कार्यालय सुर्खेत वीरेन्द्रनगरमा २०४१।०४२ सालको जेष्ठ मसान्तसम्ममा बुझाउने छु भनी निवेदन दिएको, सो म्यादभित्र पनि निजले बुझाउनु पर्ने कुनै खाद्यान्न तथा बोरा नबुझाई बाँकी राखेकोले निजले बुझाउन पर्ने खाद्यान्न तथा बोरा दिए जिन्सीको जिन्सी नै नदिए त्यस क्षेत्रको हालको संस्थानको बिक्री मूल्य अनुसार उ.मो.चा. प्रति क्वीन्टल ५२५ का दरले ८० क्वी. को रु. ४२,०००।– र जापानी चामल प्रति क्वी. ५५०।– का दरले ३३ क्वी. को रु. १८१५०।– र कस्ती बोरा ठूलो प्रति गोटा ६ का दरले ८० थानको रु. ४८०।– र कस्ती जापानी बोरा प्रति गोटा ३ का दरले ५१ थानको रु. १५३।– समेत जम्