निर्णय नं. ६५७१ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५७१ - सवारी ज्यान भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/०४/२१ २९४४ निर्णय नं. ६५७१ ने.का.प. २०५५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्बत २०५२ सालको फौ.पु.नं. १४६९।१४६८ फैसला मिति : २०५५।४।२१।५ मुद्दा : सवारी ज्यान । पुनरावेदक/प्रतिवादी : सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने लोक बहादुर रावल विरुद्ध विपक्षी/वादी : विनोद कुमारको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/प्रतिवादी : सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने भक्त बहादुर पल्ली थापा मगर विरुद्ध विपक्षी/वादी : विनोद कुमारको जाहेरीले श्री ५ को सरकार § प्रतिवादी मध्येका भक्त बहादुर पल्लीलाई शुरु सुर्खेत जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा (२) बमोजिम २ वर्ष कैद हुने ठहर्याई गरेको फैसला उपर निजले पुनरावेदन गरेको देखिँदैन । दण्ड सजायको ११ क. बमोजिम कैदको सट्टा रकम बुझाएमा कैदको लगत कट्ट हुने गरेको शुरुको फैसला खण्ड पुनरावेदन अदालतले कानून विपरित भनि बदर गरेको सम्बन्धमा पर्न आएको निज प्रतिवादी भक्त बहादुर पल्लीको पुनरावेदन पत्रको सम्बन्धमा विचार गर्दा उल्लेखित ऐनको दफा १६१ को उपदफा २ मा उल्लेखित कसुरमा २ वर्ष देखि १० वर्षसमम कैद सजाय हुन सक्ने व्यवस्था देखिन्छ । दण्ड सजायको ११ क को व्यवस्था ३ वर्ष भन्दा कम कैदको सजाय हुने कसुरको सम्बन्धमा मात्र आकर्षित हुन सक्ने भएकोले उक्त ऐनको दफा १६१(२) बमोजिमको सजाय हुने कसुरमा आकर्षित हुने अवस्था नदेखिँदा पुनरावेदन अदालत सुर्खेतले यि प्रतिवादी भक्त बहादुरको हकमा गरेको निर्णयलाई अन्यथा भन्न नमिल्ने । (प्र.नं. २३) पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री गौ बहादुर आले प्रतिवादी तर्फबाट : अधिवक्ता श्री शिवराज अधिकारी अवलम्बित नजिर : x फैसला न्या. श्री कृष्णजंग रायमाझी : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मिति २०५० साल वैशाख ३० गते बेलुका अं. ५ बजेको समयमा भक्त बहादुर पल्ली भे.अ.प. ६४० नं. को मोटरसाईकलमा अगाडि र लोक बहादुर रावल भे.अ.प. ६६३ को मोटर साईकलमा पछि पछि हुँदै अत्याधिक मादक पदार्थ सेवन गरि प्रति घण्टा ७०/८० कि.मि. को वेगमा मोटर साइकल चलाई बजारको मेन लाइनमा मानिसहरुको भिडमा वास्ता नगरी एकदम लापरवाहीसंग आफ्नो साइडमा डिढिरहेको मेरो भाई जनक बहादुरलाई शरिरको पछाडि भागमा ठक्कर दिई लडाई पछाडि आइरहेको लोक बहादुरको मोटर साइकलले लडिरहेको भाइको शरिरको अगाडिको भागबाट कुल्चदै पल्टिएकोले भाईको सुर्खेत अस्पतामा उपचार हुन नसकी भारत तर्फ लगेकोमा भारतको लखनाउ मेडिकल कलेजमा उपचार हुँदाहुँदै मृत्यु भएकोले चालकहरुलाई पक्राउ गरि कानून बमोजिम गरि पाउँ भन्ने विनोद कुमार शाहको जाहेरी दरखास्त । ३. सुर्खेत विरेन्द्रनगर न.पा. वडा नं. ६ स्थित पूर्व हुलाक घर, पश्चिम विष्ट होटल, दक्षिण विरेन्द्रचोक, उत्तर प्याकुरेल खाद्य भण्डार यति चार किल्ला भित्र रहेको मुल सडकमा चालकले विरेन्द्रचोकबाट चलाई लिई गणेश चोक तिर लाग्दाको अवस्था सडकको वायाँ भाग ४ मिटर ६५ से.मि. र दाहिने तर्फको भाग २ मिटर २४ से.मि. भएको सो को बीच भागमा १ मिटर गोलाई भएको ठाउँमा सडकमा धुलो माटोमा रगत भएको नजिक भे.अ.प. ६४० नं. को मोटर साइकल रहेको र सो ठाउँ देखि ७ (सात) मिटर उत्तर तर्फ भे.अ.प. ६६३ नं. को मोटर