निर्णय नं. ६५७२ - सरकारी छाप दस्तखत कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५७२ - सरकारी छाप दस्तखत कीर्ते भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/०१/२३ २८५८ निर्णय नं. ६५७२ ने.का.प. २०५५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्बत् २०५२ सालको फौ.पु.नं. १३१५ फैसला मिति : २०५५।१।२३।४ मुद्दा : सरकारी छाप दस्तखत कीर्ते । पुनरावेदक/प्रतिवादी : जि.झापा चकचकी गा.वि.स. वडा नं. ६ वस्ने राज कुमार साह । विरुद्ध विपक्षी /वादी : भरत प्रसाईको जाहेरीले श्री ५ को सरकार § विवादित नं. ६९१२५३०५ को नागरिकता प्रमाणपत्र कीर्ते भन्ने झापा जिल्ला अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन नदिई चुप लागि चित्त बुझाई बसेको देखिएकोले सो नागरिकता प्रमाण पत्र कीर्ते हो भन्ने कुरामा विवाद देखिएन । कीर्ते नागरिकता आफूसंग साथ रहेकोमा सो कीर्ते गर्ने गराउनेमा आफ्नु निर्दोषिताको भरपर्दो प्रमाण अभियुक्त प्रतिवादीले पेश गर्न नसकेपछि निजलार्इ कसूरदार मान्नु पर्ने हुँदा कसुरदार ठहर्याई सजाय गरेको पुनरावेदन अदालत इलामको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. २१) पनुरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरीहर दाहाल । प्रतिवादी तर्फबाट : x अवलम्बित नजिर : x फैसला न्या. गोविन्द बहादुर श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत इलामको मिति ०५१।११।३० को फैसला उपर यस अदालतमा पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. झापा जिल्ला चकचकी गा.वि.स. वडा नं.६ फुलवारी वस्ने राज कुमार हलुवाईलार्इ डाँगीवरी वडा नं. ६ वस्ने राज कुमार हलुवाई साहुको भनि टोली नं. १ ना.नं. ६९१२३०५ मे.अ. ३५६१ मिति ०४३।१०।२९ मा नागरिकताको प्रमाणपत्र लिएको रहेछ । यसरी झुठ्ठा सबुद प्रमाण बुझि नेपाली नागरिक हो भनी सिफारिश गर्ने प्र. पंच समेतलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने ०४५।५।२१ को भरत प्रसाईको जाहेरी दरखास्त । ३. यस कार्यालयको रेकर्ड हेर्दा राज कुमार साहुले ना.टो.नं. १ बाट मे.झा. ३५६१ र ना.नं. ६९१२५३०५ बाट नागरिकताको प्रमाण पत्र लिएको उक्त मे.झा. र ना.न.. यस कार्यालयमा भएका रेकर्ड हेर्दा नदेखिएकोले नागरिकता सहिछाप भएको टोली प्रमुखको दस्तखत र अड्डाको छाप समेत शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान गरी कानूनी कारवाही गर्ने भन्ने जिल्ला प्रशासन कार्यालय झापाको ०४५।६।२४ को पत्र । ४. २०४३ साल माघ महिनामा जिल्ला कार्यालयबाट खटी गएका ना.टो.नं. १ मा मेरो दाजु राजेन्द्र साहुको स्थायी नागरिकता लिई उक्त नागरिकता टोली समक्ष मौखिक अनुरोध गर्दा तपाईको छुट भएछ, छुटमा मिलाई दिन्छु रु ४,०००। (चार हजार) रुपैया लिएर भोली आउनु भनी टोली प्रमुखबाट आश्वासन पाई भोलिपल्ट भने बमोजिमको रुपैया टोली प्रमुखलाई दिए । त्यसपछि मे.झा. ३५६१ ना.नं. ६९१२५३०५ भएका मेरा नामको नागरिकता दिएका हुन् । मैले टोली प्रमुखको दस्तखत र छाप कीर्ते गरेको होइन भन्ने राज कुमार साहुले इलाका प्रहरी कार्यालय घेलाडुब्बामा गरेको बयान । ५. डाँगीवारी गा.पं. वडा नं. ६ बतन देखाई नागरिकता प्राप्त गर्ने चकचकी ६ बस्ने राज कुमार साहुको यस गा.वि.स. मा कुनै रेकर्ड नभएको र सिफारिस समेत भएको छैन भन्ने डाँगीवारी गा.पं. कार्यालयको मिति ०४५।७।२८ को पत्र । ६. राज कुमार साहुको घर डाँगीवारी गा.पं. वडा नं. ६ मा छैन निजको वसोवास चकचकी गा.पं. वडा नं. ६ मा छ । डाँगीवारी गा.पं. वडा नं. १ मा हटियाको दिन सामान बेच्ने एउटा टहरो छ भन्ने ०४५।८।५ को सर