निर्णय नं. ६५७३ - हक कायम निर्णय दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५७३ - हक कायम निर्णय दर्ता बदर भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/१२/२८ २६१३ निर्णय नं. ६५७३ ने.का.प. २०५५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय सम्बत् २०५३ सालको दे.पु.ई.नं. ३६४६ फैसला मिति : २०५४।१२।२८।६ मुद्दा : हक कायम निर्णय दर्ता बदर । पुनरावेदक/वादी : जिल्ला पर्सा, विरगन्ज नगरपालिका वडा नं. ७ बस्ने ओम प्रकाश चाचान समेत तीन जना । विरुद्ध विपक्षी/प्रतिवादी : जिल्ला पर्सा, विरगन्ज नगरपालिका वडा नं. ७ बस्ने ठाकुर प्रसाद चाचान समेत पाँच जना । § वादीका पिता मदन लालले माथिल्लो तलाको जम्मे कोठाहरु र प्र. ठाकुर प्रसादले भूईतल्लाको जन्मै कोठाहरुको हक प्राप्त गर्ने गरी २०२०।३।२८ मा बण्डा पत्र भएको र हक प्राप्त गर्नेले भोग गर्न भोग कायम राख्न समेत पाउने भई फलस्वरुप विग्रदा भत्कदा मर्मत निर्माण गर्न पाउने भए पनि ०–०–१८ धुर पुरै जग्गामा घर अवस्थित रहेको र बण्डा पत्रमा ०–०–६ धुरका दरले जग्गा उल्लेख गरेकोमा कुन तर्फबाट कसको हक पुग्ने हो सो बण्डापत्रमा उल्लेख नगरिएकोले बादी तर्फबाट सो बण्डा पत्रबाट हक प्राप्त गरेको ०–०–६ धुर जग्गामा सवै अंशियारको मन्जुरीले वाहेक तत्काल छुट्याई लिन पाउने अवस्था देखिँदैन । तर बण्डापत्रबाट हक प्राप्त गरेको तला र जग्गाको दर्ता नामसारी गराउन नपाउने भन्न पनि मिल्दैन । वादीको हकको श्रोत उक्र २०२०।३।२८ को बण्डापत्र हुँदा सो मा उल्लेख भएको वादी तर्फको भागको घर जग्गाको सम्बन्धमा सोही २०२०।३।२८ को बण्डा पत्रमा उल्लेख भएको व्यहोरा जनाई वादीले दर्ता गराउन पाउने भनी निर्णय गर्नुपर्नेमा अन्यथा हुने गरी निर्णय गरेको देखिँदा सो हदसम्म विरगन्ज नापी कार्यालयको मिति २०४७।४।३ को निर्णय बदर हुने । (प्र.नं. १२) पुनरावेदक तर्फबाट : विद्वान बरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री कमल नारायण दास प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान बरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया र विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजिर : फैसला न्या. उदयराज उपाध्याय : पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई पाउँ भनी निवेदन परेकोमा यस अदालतबाट निस्सा प्रदार भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. स्व. सुरज मल चाचानका तीन छोराहरु जेठो हाम्रो पिता मदनलाल चाचान तथा काकाहरु महिला ठाकुर प्रसाद र कान्छा बनवारी लाल चाचान भएकोमा तीनै भाई वीच २०२०।३।२८ मा अंश वण्डा भई सकेको छ । हामी फिरादीहरु मदनलालको छोरा भई हाम्रो वीचमा समेत ०३३।३।२६ गतेमा बण्डा भई सकेको छ । हाल शहरी क्षेत्रमा भएको नापीमा विरगन्ज नगर पंचायत हाल नगरपालिका वडा नं. ७ अन्तर्गतको कि.नं. ७२ को क्षेत्रफल ०–०–२–२ कि.नं. ७३ को क्षेत्रफल ०–०–२–२ कि.नं. ७४ को क्षेत्रफल ०–०–३–२ कि.नं. ७५ को क्षेत्रफल ०–०–२–२ कि.नं. ७६ को क्षेत्रफल ०–०–७–३ र कि.नं. ७७ को क्षेत्रफल ०–०–८–३ कायम रहेको जग्गाहरु साविक कि.नं. १११ को जग्गाहरु भई पिताले वि.सं. १९९६ मा महावीर प्रसादबाट रजिष्ट्रेशन पास गराई भोग चलन गरी रहनु भएको थियो । उक्त साविक कि.नं. मा १११ को जग्गाको श्रेस्तामा ०–१–० भए पनि पूर्वतर्फ रहेको पोखरी खाल्डो पुरीदै गई नरवढी भई ०–१–६–५ रही हाम्रो भोग चलनमा थियो । पिता मदनलाल ज्यू कै नाउँमा खरिद भए पनि पिता र काका वीचमा ०२० सालमा बण