निर्णय नं. ६५७४ - अंश दर्ता चलान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५७४ - अंश दर्ता चलान भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५४/१२/१८ ३१४० निर्णय नं. ६५७४ ने.का.प. २०५५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्बत २०५२ सालको दे.पु.नं. २७१६, २७५३ फैसला मिति : २०५४।१२।१८।३ मुद्दा : अंश दर्ता चलान । पुनरावेदक/वादी : जिल्ला चितवन दारेचोक गा.वि.स. वार्ड नं. ३ कुरिनटार बस्ने देव कुमारी सिलवाल मरी मुद्दा सकार गर्ने ऐ. ऐ. बस्ने पदमराज सिलवाल समेत ३ । विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला चितवन दारेचोक गा.वि.स. वडा नं. ३ बस्ने चिरन्जिवी प्रसाद सिलवाल समेत २ । पुनरावेदक/प्रतिवादी : जिल्ला चितवन दारेचोक गा.वि.स. वार्ड नं. ३ कुरिनटार बस्ने चिरन्जिवी प्रसाद सिलवाल समेत २ । विरुद्ध प्रत्यर्थी/वादी : जिल्ला चितवन दारेचोक गा.वि.स. वार्ड नं. ३ बस्ने टोम प्रसाद सिलवाल समेत ३। § वादीलाई उपरोक्त ४२ कित्ताको पैतृक सम्पत्तिबाट ४ खण्डको २ खण्ड अंश छुट्याई चलन चलाई दिनु पर्नेमा अन्यथा गरेको पुनरावेदन अदालत हेटौडाको फैसला नमिलेकोले केही उल्टी हुन्छ । कि.नं. ८२ को हकमा फिराद दावी नगरी पुनरावेदनमा मात्र जिकिर लिएकोमा मूल दाविमा पछि आएर दावी संशोधन गर्न वा थपघत गर्न नमिल्ने हुँदा सो कित्ताको हकमा सम्म दावी नपुग्ने ठहर गरेको पुरनवेदन अदालतको निर्णय मनासिव ठहर्ने । (प्र.नं. २१) पुनरावेदक वादी तर्फबाट : विद्वान बरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री वालमुकुन्द श्रेष्ठ प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता द्वय श्री शम्भु थापा तथा हरिप्रसाद उप्रेती अवलम्बित नजिर : x फैसला न्या. हरिप्रसाद शर्मा : पुनरावेदन अदालत हेटौडाको मिति २०५२।२।१४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्गर्तत पर्न आएको पुनरावेदन सहित प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. वादी नेत्र कुमारी सिलवाल प्रतिवादी हामी फिरादी र विपक्षी चिरन्जिवी प्रसाद, पदम प्रसाद सिलवाल समेत भएको अंश चलन मुद्दामा वादी र हामी प्रतिवादीहरु एकासगोलको ठहर भै श्री मध्यमान्चल क्षेत्रीय अदालत समेतबाट फैसला भै सो फैसला बमोजिम नेत्र कुमारी सिलवालले ६ खण्डको १ खण्ड छुट्याई लिएको । २०२७ सालमा खटिएको ५ नं. नापी टोलीले नेत्र कुमारी र टोम प्रसाद समेतको झगडा भनि फिल्डबुकमा झगडा जनाई दर्ता नगरिएको । हामी प्रतिवादीहरु एकसगोलबाट घर व्यवहार संचालन गरी यथावत रह्यौ बस्यौं भाउजु नेत्र कुमारीबाट अंश मुद्दा दायर भए पश्चात हामी प्रतिवादीहरुको एकासगोलमा रहे बसेको अवस्था अंशियार प्र. जुमुना देवी सिलवालको २०३१।५।१५ गते कालगतिबाट परलोक भयो । वहाँको अंश भाग छुट्याउनु नपर्ने हुँदा भाउजु नेत्र कुमारीले अंश लिए पछि वाँकी रहेको चल अचल श्रीसम्पत्ति बराबर चार अंश भाग लाग्ने भएकाले हामीले चार भाग लगाई २०३५।११।१५ गतेका दिन घरसारमा अंशबण्डा गरी चल अचल धनमाल हातहातै लिई दिई गयौं । अचल सम्पत्ति पनि चार बण्डा लगायौं । चिरन्जिवी प्रसाद सिलवाल र पदम प्रसाद सिलवाल बेगल बेगल बसे हामी फिरादी समेत आमा छोरा हुँदा विपक्षीहरु संग उक्त ०३५ साल फाल्गुण १५ गतेको दिन देखि मानो चामल वेगल गरी एकासगोलमा रह्यौं बस्यौं अद्यापी एकासगोलमा छौं । यसरी नापीमा झगडा जनिएकोले घर व्यवहार समेत चलाउन विभिन्न अडचन आई पर्ने भएबाट झगडा जनिएको जग्गा छुट्याई आ–आफ्नो नाउँमा प्रमाणपूर्जा लिउँ भनि कुरा गर्दा आलटाल गर्दै ०४६।७।५ गतेका दिन हामी