निर्णय नं. ६५७६ - जग्गा हटक खिचोला चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५७६ - जग्गा हटक खिचोला चलन भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/०६/२२ ३१५५ निर्णय नं. ६५७६ ने.का.प. २०५५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा सम्बत् २०५३ सालको दे.पु.नं. २८४२ फैसला मिति : २०५५।६।२२।५ मुद्दा : जग्गा हटक खिचोला चलन । पुनरावेदक/वादी : जिल्ला रुपन्देही बसौली गा.वि.स. वडा नं. ५ गुणी बस्ने मग्गल कोहार विरुद्ध प्रत्यर्थी : ऐ.ऐ. बस्ने चिनक अहिर समेत जम्मा ४ § वादीले दिएको फिराद पत्रको प्रकरण १ को (ग) मा वादीको ०४७।२।१।३ मा मात्र शुरु रुपन्देही जिल्ला अदालतमा फिरादपत्र परेको देखिन्छ । सो सम्बन्धमा प्रचलित कानूनी व्यवस्थातर्फ दृष्टिगत गरी हेर्दा मुलुकी ऐन जग्गा मिच्नेको महलको १८ नं. मा जग्गाका कुरामा थाहा पाएको मितिले ६ महिना भित्रै नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा समेत ०४६।१।६ को वारदातको सम्बन्धमा सो मितिले ६ महिना भित्र नालेश दिनुपर्नेमा नदिई ०४७।२।१।३ मा मात्र यी वादीले प्रतिवादीहरु उपर नालेश पर्न आएको देखिएबाट सो हदम्याद नाघी पर्न आएको मुद्दा खारेज हुने ठहर गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०५२।७।२१।३ मा भएको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता शुदर्शननिधि तिवारी प्रत्यर्थी तर्फबाट : अवलम्बित नजिर : फैसला न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय : पुनरावेदन अदालत बुटबलको मिति २०५२।७।२१ को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : २. तप्ये सुरदावाङर मौजे पिपरा बस्ने उमतवा भरिन संग ०७ सालमा मेरा नाउँमा खरिद गरि लिएको जग्गा समेतको मिनही घरवास जग्गा हाल बसौली गा.पं. वडा नं. ५ को जग्गा नापि भै विभिन्न कित्ता कायम भएको सोहि मिनही घरवास जग्गा भूमिसुधार लागु हुँदा भू.सं. नियम २०२१ को नियम १८ को उप नियमबमोजिम जग्गाको फाँटवारी पेश गरी मेरा पिता मोहन कोहारले ०२२।९।१९ मा अनुसूची फारामको क्रमसंख्या ११ मा जग्गाको चौहदी सडक सो पूर्व मुरलीको घर जग्गाको दक्षिण हिनुको घर सो उत्तर कुला सो पश्चिम ज.वि. ०–१–१२ जग्गा मैले भोग चलन गरी आएको र हाल सो जग्गामा दक्षिण पश्चिम तर्फ १७ हात लम्बा १५ हात चौडा इटाको दिवाल पक्कि लिन्टरको छानो पूर्व मोहडा भएको घर १ सोहि पूर्व दक्षिण २५ हाल लम्बा १५ हात चौडा कच्चि पक्कि इटाको दिवाल खपडाको छानो भएको उत्तर मोहडाको घर १, सो घरको उत्तर पूर्व तर्फ २२ हात लम्बा, ६ हात चौडा खरको छाना भएको धारा र १, सोही धाराको उत्तर दक्षिण तर्फ कुल निर पूर्व पश्चिम १५ हात लम्बा उत्तर दक्षिण ६ हात चौडा खरको छाना भएको छाप्रो वनाई गाई भैसीलाई पानी खुवाउने हौदी घर बनाएपछि पनि उत्तर तर्फ मेरो जग्गा वाँकी रहेको ९ हाते चौडा जग्गामा खुटा गाडी भैसी गाई वाँधी आएको मेरो एकलौटी हक भोगको जग्गा हो २०४७ साल वैशाख ६ गतेका दिन विपक्षीहरुले मेरो वाँकी रहेको ९ हात चौडा ६३ हात लम्वा ७ धुर जग्गामा गाडेको खुटा उखाली मेरो जग्गामा पूर्व पश्चिम हुँदै वाटो बनाउन जवरजस्ती गरेकाले मेरो ७ धुर जग्गाको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत फिराद दावी । ३. वादीको कुनै खाली जग्गा छैन । वादीले उल्लेख गरेको ठाउँमा ७ हात उत्तर दक्षिण ५४ हात पूर्व पश्चिम बाटो छ, सो बाटो मुरली लगायतका सवै गाउँका मानिसहरुको आवत जावत गर्ने बाटो हो । सो जग्गालाई मिसाउन