निर्णय नं. ६६०६ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६०६ - जालसाजी भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५५/०१/१७ २४५९ निर्णय नं. ६६०६ ने. का. प. २०५५ अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्बत् २०५२ सालको फौ.पु.ई. नं. ......२० फैसला मितिः २०५५।१।१७।५ मुद्दा : जालसाजी । पुनरावेदक/वादीः जि. जाजरकोट खलंगा गा. वि. स. वडा नं. २ बस्ने दिपकजंग शाह । विरुद्ध विपक्षी/प्रतिवादीः जि. सल्यान कालागाउँ गा. वि. स. वडा नं. ३ बस्ने यज्ञ विक्रम शाह । § प्रत्यर्थी तर्फका विद्वान अधिवक्ताले यस अदालतबाट एकपटक मुद्दा दोहोर्याई हेरी निर्णय निर्णय गरिसकेको अवस्था भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ र १२ को व्यवस्था बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्न नमिल्ने भन्ने जिकिर लिएको पाइएकोले सो तर्फ हेर्दा यस अदालतबाट फैशला भएको मितिले २ वर्ष भित्र निवेदन परेको रहेछ भन्ने इन्साफ जाँच गर्नु पर्ने भए दोहोराई हेरिदिनु भन्ने भई आएको हुकुम प्रमांगीको व्यहोराबाट देखिन आउँछ । मिति ०४६।४।३१ को फैसला उपर ०४६।१२।१२ मा अर्थात २ वर्ष भित्र विन्तिपत्र परेको देखिंदा दोहोराई हेर्न नमिल्ने भन्ने विद्वान कानून व्यवसायीको जिकिरसँग सहमत हुन नसकिने । (प्र. नं. २६) § विवादित घर जग्गा चक्र बहादुरको नाममा दर्ता भएको निजले हक छोडेको र प्रतिवादी दीर्घजंगले हक प्राप्त गरेको रीतपूर्वकको लिखतको अभावमा निज चक्र बहादुरकी श्रीमती ढाल कुमारीको मौखिक भनाइबाट यज्ञ विक्रमका दाता दिर्घजंगको विवादीत घर जग्गामा हक हुने अवस्था पनि नदेखिंने । (प्र. नं. २९) § माथि उल्लेखित भए बमोजिम १९६८ को लिखतबाट वादीका प्रबाजे नरजंग, १९८६ को वण्डापत्रबाट वादीका बाजे शमसेर जंग र ०२९ सालको वण्डा पत्रको लिखतबाट वादीको अंश भागमा परेको वादीको हक भोगको जग्गा यी प्रतिवादीहरु मिली लिनु दिनु गरेको देखिन आयो । आफ्नो हक भोगमा नरहेको अर्काको हकको अर्काको हक मेट्ने गरी कागज बनाए वा बनाउन लगाएमा समेत किर्ते कागजको ३ नं. ले जालसाजी ठहर्ने । (प्र. नं. ३०) पुनरावेदन वादी तर्फबाटःविद्वान अधिवक्ता श्री श्रीहरी अर्याल विपक्षी प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री बद्रि बहादुर कार्की र विद्वान अधिवक्ता श्री कुलदेव राज शाही अवलम्वित नजिरः X फैसला न्या. उदयराज उपाध्यायः यस अदालतको पूर्ण इजलासको मिति २०४६।४।३१ को फैसला पुर्ण इजलासबाट एक पटक दोहोर्याई हेरी दिनु भन्ने हु. प्र. बक्स पाउँ भनी श्री ५ महाराजाधिराजको हजुरमा वादी दिपक जंगले चढाएको विन्ति पत्र यस अदालतमा प्राप्त भै पेश हुँदा इन्साफ जाँच गर्नु पर्ने देखिएको भन्ने आदेसानुसार दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार छः २. ०३९ सालदेखि मेरो भोग चलनमा आई भोग गरी रहेकोमा विपक्षीले मेरो हक मेटाउने गरी घर कर तिरेको रसिद गा. पं. सचिव खीम बहादुरले गरिदिने सो रसिदको प्रमाण दिई दीर्घजंगले उक्त मेरो समेत हक लाग्ने समुच्च घर यज्ञ विक्रमलाई राजिनामा गरिदिने र निज यज्ञ विक्रमले लिनेगरी जालसाजी गरी ठूलो पहरो सो पूर्व रिठा रुख सो दक्षिण हिरा जंग सो उत्तर तेज विक्रमको वारीबाट पश्चिम यदी ४ किल्ला भित्रको ४६ हात लम्बाई १६ हात चौडाई भूईंतला समेत ४ तला १७ कोठा २ कवल ढुङ्गाको छाना ईटाको गारो भएको समुच्चै घर मध्ये दक्षिणतर्फको आधा घ