निर्णय नं. ६६०९ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६०९ - ज्यान मार्ने उद्योग भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०३/१६ ३३९५ निर्णय नं. ६६०९ ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री नरेन्द्र बहादु न्यौपाने संवत् २०५१ सालको फौ. पु. नं......८७५ फैसला मिति : २०५४।३।१६।२ मुद्दाः ज्यान मार्ने उद्योग । पुनरावेदक/वादीः जय बहादुर राईको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला खोटाङ्ग दिक्तेल रावा वाक्सोला गा. वि. स. डाडाँघर भै हाल मोरङ्ग शनिश्चरे गा. वि. स. वडा नं. १ बस्ने सुल बहादुर राई । § गर्धन जस्तो संवेदनशील अंगमा खुकुरी प्रहार गरी काटेकोले प्रतिवादी उपर ज्यान सम्बन्धी महलको १५ नं. बमोजिमको सजायको मागदावी गरी अभियोग पत्र दायर गरिएकोमा प्रतिवादीले अदालत समेतमा बयान गर्दा आफूले मार्ने नै नियतले खुकुरी प्रहार गरेको होइन भनी इन्कारी गरेकोले स्वयं जाहेरवालाले पनि वकपत्र गर्दा मार्ने नै उद्देश्यले खुकरी प्रकार गरेको हो भनी निश्चित रुपमा भन्न नसकेको । वारदातको रुपबाट प्रतिवादीले पिडितलाई मार्न नै चाहेको भए पुनः प्रहार गरी मार्न लाई कुनै वाधा अवरोध उत्पन्न नभएको साथै सर्जमिनका मानिसहरुले अदालतमा आई वकपत्र गर्दा ज्यान मार्ने उद्देश्य प्रतिवादी नभएको भनी गरेको वकपत्र समेतबाट ज्यान मार्ने नियतले मर्ने सम्मको कार्य गरि सकेको भन्ने प्रमाण पुग्न नआउने । (प्र. नं. १५) पुनरावेदक वादी दर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसाद प्रत्यर्थी प्रतिवादी तर्फबाट :X अवलम्वित नजिर :X फैसला न्या. मोहनप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको तथ्य एवं ठहर यसप्रकार छ । २. २०४९।९।७ गते अपरान्ह ३.३० वजेको समयमा भैसी जंगलतिर गएको होला भनी खोजी गर्न घरबाट निस्कदा शनिश्चरे गा. वि. स. वडा नं. १ डेरा गरी बस्ने नाम थाहा नभएको विसनको बाबु भन्ने राईले निजको घरमा बोलाई घिमिरे वाजेलाई रुपैया दिए फरक पर्दैन । घिमिरेले नतिरे म दिर्छु भनी जवानी बस्यौं रुपैया तिर भने भाखा पुगेको छैन किन ताकेता गर्नु हुन्छ भन्दा मेरो रुपैया नतिरी हिड्न पाउदैनस भनी खुकुरी लिई म तिर आई तत्काल फेला परेको रुखको सुकेको हागो उठाई छेक्दैका अवस्था मेरो गर्धन ताकी प्रहार गर्दा हागो काटिन गई करिब ६ इन्च लामो ३ इन्च गहिरो खुकुरीको चोट परेको र ज्यान मार्ने उद्देश्य गरेको हुँदा सजाय गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. जाहेरवाला मेरो काका ससुरा नाता पर्ने हुन । म पथरीमा आई ऐलानी जग्गामा घर बनाई बसेको थिए सो घर विक्री गरी केही पैशा छोरालाई दिए केही म सँग थियो । गत असार महिना देखि जाहेरवालाको घरमा गई बसी रु. १,०००। को चामल किने एकै भान्सा खादै आयौं पैशा धान व्याजमा लगाई दिन्छु भनी मबाट रु. ३,०००। लगेर रु. १,०००। निजले चलाए रुपैयाको व्याज माग्दा उल्टै घोक्रयाई मुन्ट्याई गरे गाउँका आइमाई ल्याएर कुटाए र ०४९।९।७ गते जाहेरवाला मेरो डेरामा गई गाली बेइज्जती गर्न थालेकोले सहन नसकि जाहेरवालालाई एकचोटी हानेको हुँ । मार्ने नियतले चाही होइन भन्ने समेत व्यहोराको प्रतिवादी सुल बहादुर राईले ०४९।११।१२ मा प्रहरीमा गरेको कागज । ४. पक्राउ परेको सुल बहादुर राई एक महिना अगाडि देखि मेरो घरमा डेरा गरी बसेको हो घटना हुने दिन जाहेरवाला सँग वादविवाद भएछ । म निदाएको थिए । मान्छे काट्यो भन्ने हल्ला सुनी उठे। जाहेरवाल