निर्णय नं. ६६१० - चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६१० - चोरी भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०७/१८ ३४७७ निर्णय नं. ६६१० ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदार नाथ आचार्य संवत् २०५१ सालको फौ. पु. नं......९२१ फैसला मितिः २०५४।७।१८।२ मुद्दाः चोरी । पुनरावेदक/वादीः राम बहादुर थापाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला संखुवासभा वाला गा. वि. स. वडा नं. १ बस्ने बृष बहादुर राई समेत जना २ § चोरी भएका सामानहरु प्रतिवादीहरु संगबाट बरावमद नभई अन्यत्र ठाउँबाट बरामद भएको देखिन्छ । चारीका सामान मिति २०४८।९।२६ मा वरामद भएको भन्ने वरामदी मुचुल्काबाट देखिन्छ भने प्रतिवादीहरु प्रहरी समक्ष २०४८।९।२८ मा सावित भएकोबाट उक्त साविति वरामदी मुचुल्काबाट पुष्टि भएको मान्न नमिल्ने । (प्र. नं. १६) पुनरावेदक वादी तर्फबाटःविद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ प्रत्यर्थी तर्फबाटःX अवलम्वित नजिरः X फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत विराटनगरबाट मिति २०५०।९।२६ गतेमा भएको फैसला उपर चित्त नबुझी यस सर्वोच्च अदालतमा पुनरावेदनको रुपमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. सिसुवा खोला झोलुङ्गेपुल निर्माण कार्यका लागि लगिएको अटोलेभल मिसिन र थ्रेडालाईट मिसिन चोरी भएको हुँदा खोजतलास गरी पाउँ भन्ने हुलिया जाहेरी । ३. क्याम्पदेखि अं. ५०० मि. पूर्व राम राईको खेत देखि दक्षिण भीरको संखुवाको रुखलेखि उत्तर पूर्व पश्चिम यति ४ किल्ला भित्रमा वाला गा. वि. स. वडा नं. १ मा पर्ने खाल्टो परेको जग्गा सो माथी झ्यास झुस थुपारी छोपेको हटाई हेर्दा अटोलेभल मिसिन थेडोलाइट मिसिन थान दुई फेला परेको भन्ने घटनास्थल एवं बरामदी मुचुल्का । ४. मैले यस कार्यालयमा दिएके हुलिया जाहेरी अनुसारको मिसिनहरु इस कार्यालय झिकाई देखाउँदा देखे चिने हराएको सामानहरु यिनै हुन् पक्राउ भई आएका भक्त वहादुर राई, वृष वहादुर राई समेतले चोरी गरेकोमा मलाई विश्वास लाग्छ भन्ने जाहेरवाला राम वहादुर थापाले संखुवासभा जिल्ला अदालतमा गरी दिएको कागज । ५. सिसुवा खोला झोलुङ्गे पुल निर्माणकोकार्यको अटोलेभल र थ्रेडोलाइट मिसिलहरु वृष वहादुर राई र मेरो सल्लाह अनुसार क्याम्प फोडि हामीले चोरी गिरी क्याम्प देखि केहिपर जंगलमा लुकाएको हो भन्ने समेत प्रतिवादी भक्त वहादुर राईले प्रहरि समक्ष गरेको साविति वयान कागज । ६. भक्त वहादुर राई र म समेत भई सल्लाह अनुसार वरामदी मुचुल्कामा उल्लेख भएको सामानहरु चोरी जंगलमा लुकाएका हौ भन्ने वृष वहादुर राइले प्रहरी समक्ष गरेको वयान कागज । ७. क्याम्पको चौकिदार म हुँ वारदात भएको रात मेरो काहिली छोरीको विवाह भएकोले सो कार्यमा व्यस्त हुँदा पक्राउमा परेका भक्त वहादुर राई समेतले क्याम्प फोडी वरामदी मुचुल्कामा उल्लेख भएका सामानहरु चोरी गरि लगेकोमा विश्वास लाग्छ भन्ने सो क्याम्पको चौकिदार प्रभिराम राईले संखुवासभा जिल्ला अदालतमा गरी दिएको कागज । ८. वरामदी मुचुल्कामा उल्लेखित भक्त वहादुर राई समेतले चोरी गरी लगेकोमा विश्वास लाग्छ भनी अधिकांश सरजमिनका मानिसहरुले वही लेखिदिएको र चोरी भएको हो तर के कसले चोरी गरे भनि केहि सरजमिनका मानिसहरुले लेखाई दिएको सरजमिन मुचुल्का । ९. अनुसन्धानको सिलसिलामा संकलन भई आएको जाहेरी घटनास्थलमा सामान वरामद गरिएको वरामदी मुचुल्का प्रतिवादीहरुको वयान कागज भई आएको सरजमिन मुचुल्का समेतबा