निर्णय नं. ६६१३ - पारित वण्डापत्र वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६१३ - पारित वण्डापत्र वदर भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५५/०२/२० ३२८२ निर्णय नं. ६६१३ ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०५२ सालको दे. पु. नं......२९५३ फैसला मितिः २०५५।२।२०।४ मुद्दाः पारित वण्डापत्र वदर । पुनरावेदक/वादीः जि. सप्तरी सक्रौल गा. वि. स. वडा नं. १ बस्ने किसुन देवराय यादव । विरुद्ध विपक्षी/प्रतिवादीः जि. सप्तरी गा. वि. स. सक्रोल वडा नं. १ बस्ने मनधनिया देवीसमेत दुई जना । § मुलुकी ऐन अंशवण्डाको महलको १८ नं. मा अंश नभएपनि मानो छुट्टीई भिन्न बसेका वा रजिष्ट्रेशन नगरी खतिउपती आफ्नो अफ्नो गरी आफ्नो हिस्सासंग मात्र राखि खानु पिउनु गरेकोमा एकै ठाउँमा भएपनि मानो छुट्टीई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन, लाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पनि वादी प्रतिवादी बीच २०४३ सालमा मानो छुट्टीई भिन्न भएको र २०४६।३।१ र २०४६।२।१७ मा कि. नं. १५० समेत जग्गा राजिनामाबाट प्राप्त गरेको देखिंदा विवादीत जग्गाहरु अंशवण्डा लाग्ने हुन्छ भन्न मिल्ने नदेखिंदा, मिति २०४६।३।१२ को पारित वण्डापत्र लिखत वदर नहुने ठहर्याएको पु. वे. अ. जनकपुरको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र. नं. १२) पुनरावेदक वादी तर्फबाट :X विपक्षी प्रतिवादी तर्फबाछ :X अवलम्वित नजिर : X फैसला न्या. गोविन्द बहादुर श्रेष्ठः न्याय प्रशासन ऐन २०४८ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. मुल पुरुष गंगारामका ३ छोरा, जेठा विपक्षी लक्ष्मी राय माहिला मन धनियाको पति स्व. सुरज यादव र कान्छा म फिरादीको स्व.बावु विरिछ हुन । हामी सवैले अंश वाडफाड गरौ भनी सहमति भई ०४६।३।११।१ का दिन मालपोत कार्यालय सर्लाहीमा आई विपक्षीहरुको विश्वासमा परी अंशवण्डा गरी दिएकोमा विपक्षीहरुले सम्पूर्ण जग्गा समावेश नगरी मेरो अंश हक मर्ने मनसायले केही जग्गा देखाई केही जग्गा लुकाई अंश वण्डा गरेकोले अंश वण्डाको ३२ नं. को कानूनी व्यवस्था विपरीत भएको मिति ०४६।३।११ मा पारीत भएको अंश वण्डा पत्र वदर गरी पाउ भन्ने समेत व्यहोराको फिराद दावी । ३. पारित भएको वण्डापत्र वदर हुनुपर्ने होइन । नरम गरम असल कमअसल मिलाई वण्डा पत्र गरी राजिखुसीले सहिछाप गरेको हो । वादीको अंशहक मार्ने कुनै काम गरेको छैन । उक्त वण्डापत्रको आधारमा दर्ता समेत भई सकेको र दर्ता वदरमा मागदावी नै नभएको हुँदा फिराद खारेजभागि छ । झुट्टा फिरादबाट फुर्सद गरीपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. यसमा मिति २०४६।३।११ मा वादी प्रतिवादी बीच वण्डापत्र पारित नै नभएको भन्ने मालपोत कार्यालयबाट प्राप्त पत्रबाट देखिएकोले पारित नै नभएको वण्डापत्र वदर गर्नु पर्ने भन्ने तर्फ कुनै बिचार गरीरहनु नपर्ने हुँदा प्रस्तुत फिराद दावी अ.वं. १८० नं. बमोजिम खारेज हुने ठर्हछ भन्ने समेत व्यहोराको शुरु सप्तरी जिल्ला अदालतको मिति ०४७।११।२० को फैसला । ५. फिराद खारेज गर्ने गरेको शुरु जिल्ला अदालतको इन्साफ वदर गरी पाउँ भन्ने वादीको पुनरावेदन पत्र । ६. प्रमाणको मुल्यांकन गरी इन्साफ गर्नु पर्नेमा खारेज गर्ने गरेको शुरुको फैसला नमिल्ने हुँदा वदर गरी दिएको छ अव जो जे प्रमाण बुझ्नु पर्छ बुझि कारवाही किनारा गर्न दुवै पक्षलाई तारिख तोकी मिसिल शुरु भन्ने समेत पुनरावेदन अदालत जनकपुरको ०४९।११।२५ को फैसला । ७