निर्णय नं. ६६१४ - खिचोला मेटाई पाउँ समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६१४ - खिचोला मेटाई पाउँ समेत भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५५/०२/२० २८५१ निर्णय नं. ६६१४ ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०५३ सालको दे. पु. नं......२६४७ संवत् २०५३ सालको दे. पु. नं......२९४९ फैसला मितिः २०५५।२।२०।४ मुद्दाः खिचोला मेटाई पाउँ समेत । पुनरावेदक/प्रतिवादीः ल. पु जि. ललितपुर नगरपालिका वडा नं. २१ मिखा वहाल बस्ने लक्ष्मण महर्जन समेत दुई जना । विरुद्ध विपक्षी/वादीः ल. पु. जि. ल. पु. उपमहानगरपालिका वार्ड नं. २२ बस्ने आशाकाजी बज्राचार्य । पुनरावेदक/वादीःजि. ललितपुर उपमहानगरपालिका वार्ड नं. २२ बस्ने आशाकाजी बज्राचार्य । विरुद्ध प्रत्यर्थी/प्रतिवादीःजि. ललितपुर ललितपुर उपमहानगरपालिका वडा नं. २१ बस्ने लक्ष्मण महर्जन समेत दुई जना । § विवादित जग्गामा वादीको भोग भए पनि दर्ता र हकको नाताले वादीको हक कायम नभए पछि सो जग्गालाई आफ्नू भनी दावी गर्न नमिल्नेमा जग्गाको हकाधिाकार कायम भएको जग्गावाला प्रतिवादीले जग्गामा खिचोला ठहर्‍याएको पुनरावेदन अदालत पाटनको इन्साफ सम्म नमिलेको हुँदा उल्टी हुने । (प्र. नं. १३) पुनरावेदनः वादी तर्फबाटः विद्वान अधिवक्त श्री राधेश्याम अधिकारि प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्वान अधिवक्त श्री शम्भु थापा, विद्वान अधिवत्तः श्री हीरा रेग्मी अवलम्वित नजीरःने.का.प. २०२१, नि.नं. २६१ ने.का.प. २०३० अंक १, नि.नं. ७१९ फैसला न्या. गोविन्द वहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. च्यासल टोलको अघि देखि आफैले भोगी आएको घर पाताल जग्गाको सांध पूर्व बाटो पश्चिम धन लालको वारी उत्तर तापाहिंटी बस्ने माधव लाल खडगीको जग्गा, दक्षिण आफ्नो जग्गा र घर यति ४ किल्ला भित्रको उत्तर तर्फ ६०’, ७’’ पूर्वतर्फ २९’, ४’’ पश्चिम तर्फ ३६’ समेत जग्गा १२५’, ११’’ जग्गा तिन तिरबाट पर्खाल बनाउन ल. पु. न. पा. मा मिति ०२७।१२।३० मा दर्खास्त गरी २०२८।२।१४ गते पास पुर्जि गरी दिएबाट नक्सा बमोजिम पर्खाल बनाई क्याम्पस भित्रको घर जग्गा भोग चलन गरी आएको थिए । २०२२ सालको नापीमा ल. पु. न. पा. वडा नं. १५ (घ) कि. नं. ५१ बाट नापी भएको रहेछ । विपक्षीको बाजे शिव दासको जग्गा समेत एउटै कित्ता भई मेरो समेत कित्ता घुसी नापी भएको रहेछ । शिवदास मरि सकेको निजको छोरा धन लाल महर्जनले लक्ष्मी महर्जनलाई र मिति ०३४।४।१६ मा ०।४।१ जग्गा लक्ष्मी महर्जनले मोती मायालाई हालै देखिको वक्सपत्र गरी दिएको उक्त कि. नं. ५१ को जग्गा मध्ये धन लालले ०३३।१।४ मा नानी मायालाई राजिनामा गरी दिई सो मध्ये ०–३–३–२ जग्गा नानीमायाको नाममा कित्ताकाट भई दर्ता हुन गएको कि. नं. १०५ को क्षेत्रफल १–१५–१–२ वाकी भएको रहेछ मेरो कम्पाउण्ड भित्रको जति कित्ता काट गरि मेरा नाउँमा दर्ता गरीपाउँ भनी मा. पो. का. ल. पु. मा २०४७।२।५ मा निवेदन दिई कारवाही भइरहेको छ । लक्ष्मी श्रेष्ठ र गोपाल श्रेष्ठले स्किृत बिना बनाएको टहरा पर्खाल भत्काई पाउँ भनी का. उ. न. वि. योजना कार्यालयमा ०४७।११।२४ मा दिएको उजुरी निवेदनमा बयान गरी उजुरी निवेदन समेतको नक्कल सारी निंदा कि. नं. १०५ को क्षेत्रफल १–१५–१–२ जग्गा दर्ता गरी पाउँ भनी मा. पो. का. ल. पु. मा निवेदक लक्ष्मण र चिनी बावुले निवेदन दिई ०४६।५।१२ मा टिप्पणी सदर गरी दर्ता गरेको रहेछ र सो दर्तालाई कित्ताफोड