निर्णय नं. ६६१६ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६१६ - हक सफा भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५५/०४/११ ४०९६ निर्णय नं. ६६१६ ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०५१ सालको दे. पु. नं......३३३५ फैसला मितिः २०५५।४।११।२ मुद्दाः हक सफा । पुनरावेदक/प्रतिवादीः जिल्ला रुपन्देही वडवलिया गा. वि. स. वार्ड नं. २ घर भै हाल सिलौटिया ७ बस्ने अमुका अहिर । विरुद्ध प्रत्यर्थी/वादीः ऐ. ऐ. बस्ने वेचन अहिर । § वादीलाई आफ्नो जग्गाको भोग गर्न दावीको जग्गा नभै नहुने त्यस्तो खास रुपबाट सन्धी सर्पन पर्ने भन्ने देखिन आउदैन । निकास बाटो र पानिको श्रोत समेत अलग अलग भएको देखिएको स्थितिमा केवल वादी प्रतिवादीको जग्गाको सांधसम्म जोडिएकोमा सन्धि सर्पन नै पर्‍या भन्न मिल्ने देखिएन । प्रतिवादीले राजिनामा गरी लिएको जग्गा बादीको पुख्यौंली जग्गा भएको कारणबाट मात्र वादीले लिन खोजेको देखिन आउने भएबाट वादी दावी पुग्न नसक्ने ठहर्‍याउनु पर्नेमा फिराद दावी बमोजिम हक सफा गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला वदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ त्रुटीपूर्ण हुँदा उल्टी भई वादी दावी नपुग्ने । (प्र. नं. १३) पुनरावेदक/ प्रतिवादीको तर्फबाटःविद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी /वादी तर्फबाटः विद्वान अधिवक्ता श्री विलेन्द्र कंडेल अवलम्वित नजिरःX फैसला न्या. अरविन्द नाथ आचार्यः पुनरावेदन अदालत वुटवलको मिति २०५१।३।१९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मुल पुरुष समाउका २ छोरा जेठा झिन्कु कान्छा वंशराज भै झिन्कुको छोरा अचवा निज अक्षवरको श्रीमती मुरारी अहिरनी हुन वंशराजको छोरा म फिरादी हुँ यस प्रकार मेरो र मुरातीको बीच देवर भाउजुको नाता कायम छ । म वेचन अहिर र अक्षवरको बीच अंश मुद्दा चली यसै अदालतबाट फैसला भई बण्डा छुट्टाई आ आफ्नो दर्ता भोगचलन गरी आएकोमा अक्षवरको मृत्यु भै निजका नाउको जग्गा मुरातीका नाऊमा दर्ता हुन आएको जग्गा हो म वेचन अहिर र मुराती भिन्न भएका हकवाला हौ मुराती अहिरनीले आफ्नो नाउँमा दर्ता रहेको जिरु गा. पं. वोदवलिया वार्ड नं. २ कि. नं. ३४३, ३४५, ३३९ वडा नं. १ (ख) कि. नं. ३५२ वडा नं. ५ कि. नं. २६७, २६९, २७१, २७३, २७५, २७७, २७९ समेतको ज. वि. १–१५–१५ जग्गा विपक्षी अमुका अहिरलाई २०४४।१।७ मा राजिनामा पारित गरी दिएकोले म वेचन अहिरनको सन्धिसर्पन र हकवाला समेत हुँदा निखनाई पाउँ भनी रजिष्ट्रेशन दस्तुर र थैली समेतको विगो रु. ४२,८००।– मालपोत कार्यालयमा धरौटी राखी दरखास्त दिंदा निखनी लिनपाउने ठहरी मालपोत कार्यालयबाट २०४४।९।३ मा निर्णय भएको सो निर्णय उपर लुम्बिनी अन्चल अदालतमा पुनरावेदन परी कारवाही हुँदा मालपोत कार्यलयको ०४४।९।३ को निणय वदर गरी दिएको छ । ३५ दिन भित्र रुपन्देही जिल्ला अदालतमा नालिस गर्न जानु भनी निवेदक वेचन अहिरनलाई सुनाई दिने भनी लु. अ. अदालतबाट ०४५।६।१० मा फैसला भएको र मेरो भाउजु मुरारी अहिरनले अमुका अहिरनलाई पारित गरी दिएको उल्लेखित किल्लाहरु र मेरो कि. नं. ३४२, ३४४, ३४०, ३५३, २६८, २७०, २७२, २७४, २७६, २७८, २८० समेतको जग्गामा सिंचाईको लागि पानी र हलो गोरु समेत लैजान पर्ने मेरो साधमा सन्धिसर्पन पछि विपक्षी अमुकालाई निखनी दिनुहोस भनी अनुरोध गर्दा नमानी जवाफ दिएको हुँदा लेनदेन व्यवहारको ११, १६ नं. र रजिष्ट्रेशनको ३५ नं. तथा लु. अ. अ. को