निर्णय नं. ६६१७ - कुत दिलाई मोही निष्कासन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६१७ - कुत दिलाई मोही निष्कासन भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५४/११/२६ २३७६ निर्णय नं. ६६१७ ने. का. प. २०५५, अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५२ सालको दे. पु. नं......३५४१ फैसला मितिः २०५४।११।२६।३ मुद्दाः कुत दिलाई मोही निष्कासन । पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी रामपुर जमुवा गा. वि. स. वडा नं. १ बस्ने श्रीलाल सरदार वातर । विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला सप्तरी रामपुर जमुवा गा. वि. स. वडा नं. २ बस्ने दुनालाल साहतेली समेत ३ जना। § दैवी परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्ने छ भन्ने भूमी सम्बन्धी ऐन, २०२१ (संशोधन सहितको) दफा २९ (१) ले र सो अवस्थामा जग्गावालालाई मोहीबाट कुत समेत भराई दिन सक्ने छ भन्ने उपदफा (३) ले कानूनी व्यवस्था गरेको देखिंदा वाली वांकी राख्ने मोहीको मोहियानी हक कायम रहनसक्ने अवस्था देखिन नआउने । (प्र. नं. १०) पुनरावेदक प्रतिवादी तर्फबाट :X प्रत्यर्थी वादी तर्फबाट : X अवलम्वित नजीर :X फैसला न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५२।२।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिप्पणी एवं ठहर यस प्रकार छ । २. मेरो नाऊं दर्ताको रामपुर जमुवा वार्ड नं. १ (क) (कि. नं. १३० को ०–१९–१९–४ जग्गाको विपक्षी मोहीले ०४९ सालको हुने कुतवाली ४–३–१–० नबुझाएको हुँदा प्रतिमन रु. २०००। का दरले हुने रु. २९५५। विपक्षीबाट दिलाई भराई मोहीबाट निस्कासन समेत गरी पाउँ भन्ने वादी दावी । ३. दावी जग्गामा वर्षाको अभाव जग्गामा वर्षको अभावले वाली उव्जा नभएको कारण सायमा कुत बुझाउन सकिन । वुझाउन तैयार छु भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर । ४. प्रतिवादी कुत बुझाउन तैयार रहेको देखिँदा एक पटक सुध्रने मौका दिई मोहि हक कायमै राखी दावीको कुत सम्म वादीले प्रतिवादिबाट भराई लिन पाउने ठर्हछ भन्ने समेत शुरु भु.सु.का. सप्तरीको ०५१।१।१५ को निर्णय । ५. शुरुले विना कुनै कारण र आधार वेगर सुध्रन मौका दिने भनि प्रचलित कानून विपरित हराई बुझी उक्त त्रुटिपुर्ण फैसला उल्टी वदर गरि मोहि निष्काशन समेत गरि पाउँ भन्ने पु.वे.वादीको संयुक्त पुनरावेदन जिकिर । ६. शुरुले भूमी सम्वन्धि ऐन २०२१ को दफा २९(१) बमोजिम दावी भएपछि कारण उल्लेख गरि निर्णय गर्नुपर्नेमा नगरि गरेको निर्णय फरक पर्न सक्ने देखिंदा छलफलका निमित्त अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ अनुसार प्रत्यर्थी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने मिति ०५१।११।१६ को आदेश । ७. मोहीले भूमी सम्बन्धी ऐन, २०२१ को दफा २९ बमोजिम दैवि परी वाली नास भएमा वा उव्जा हुन नसकेमा वाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा तोकिएको अधिकारीले त्यस्तो मोहीलाई निश्काषन गर्ने आदेश दिन सक्नेछ भन्ने स्पष्ट कानूनी व्यवस्था भएकोमा साल सालैमा मोहीले आफ्नो वाली बुझाउने दायित्व पूरा नगरेको स्थितिमा निजलाई मोही कायम राखी राख्नु कानून संगत नदेखिंदा शुरु भूमी सुधार अधिकारीले मोही निस्काशन नहुने गरेको शुरु निर्णय नमिलेकोले उल्टी भै मोही निस्काशन समेत हने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५२।२।२३ को फैसला । ८.