निर्णय नं. ६६१८ - अंश नामसारी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६१८ - अंश नामसारी । भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५५/०३/०१ ३४५३ निर्णय नं. ६६१८ ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री केदार नाथ आचार्य संवत् २०५२ सालको दे. पु. नं......२९१० फैसला मितिः २०५५।३।१।२ मुद्दाः अंश नामसारी । पुनरावेदक/प्रतिवादीः नवलपरासी जिल्ला मजरिया गा. वि. स. वडा नं. १ बस्ने राम सहोदर समेत ६ जना । विरुद्ध प्रत्यर्थी/वादीः भागिरथी प्रसादको मु. स. गर्ने ऐ. ऐ. बस्ने ढोगिंया थरुनी समेत ३ जना । § मुलुकी ऐन अंश वण्डाको महलको १८ नं. मा मिति २०३४।९।२७ मा भएको संशोधन पश्चालतको उक्त संशोधन हुनु भन्दा अगावै प्राप्त गरेको वक्स पत्रको सम्पत्ति तत्काल प्रचलीत अंश वण्डाको १८ नं. मा मानो नछुट्टी संगै बसेका अंशीयार छन भने अंशियारहरुले कामाएको धन र लागेको ऋण सवै अंशियरमा भाग लाग्छ । ऐन बमोजिम अंश गरी लिनु दिनु पर्छ अंश नभएपनि मानो छुट्टीई भिन्न बसेका वा खती उपती आफ्नो अफ्नो गरी आफ्नो हिस्सा सँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउमा भए पनि मानो छुट्टीई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन र लाएमो ऋण आफ्नो आफ्नो हुन्छ । भन्ने कानूनी व्यवस्था भएको पाईएबाट सगोलका अंशियार प्र. मध्येका राम सहोदरले वि. सं. १९७८।१।५ को वकस पत्र लगायत जुन सुकै स्रोतबाट पाएको सम्पत्ति भए पनि सगोलको वण्डा गर्नु पर्ने सम्पत्ति भित्र पर्ने देखिन्छ । यस सम्बन्धमा पुनरावेदक (प्रतिवादी) तुलसीलाल गुरुवाचार्य विरुद्ध मानिकलाल गुरुवाचर्य भएको अंश मुद्दामा (ने. का. प. २०४३, निर्णय नं. २८४० (पृष्ठ ८६१)) यस अदालत पुर्ण इजलासबाट एक सगोमा रहे बसेको अवस्थामा एका सगोलका कुनै अंशियारले आर्जन गरेको सम्पत्ति (तत्कालीन) अंश वण्डको १८ नं. ले सगोको सम्पत्ति मान्नु पर्ने भनी मिति ०४३।९।१८।६ मा सिद्धान्त समेत प्रतिपादीत भई रहेको देखिंदा पुनरावेदक प्रतिवादीहरुले वण्डा गर्नु नपर्ने भनी जिकिर लिएको विवदीत सम्पत्ति मानो छुट्टीई भिन्न हुनु अघि यि वादी प्रतिवादी एका सगोमा रहे बसेको अवस्थामा प्राप्त गरेको देखिंदा निजी आर्जनको भई वण्डा नलाग्ने भन्ने पुनरावेदन कथन सँग सहमत हुन नसकिने । (प्र. नं. १२) पुनरावेदन तर्फबाट : विद्वान अधिवक्त श्री इन्द्र खरेल प्रत्यर्थी तर्फबाटःX अवलम्वित नजीरः ने.का.प. २०४३ निर्णय नं. २८४० पृष्ट ८६१ फैसला न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत बुटवलको मिति २०५१।९।११।२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) अनुसार यस अदालतमा दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंम ठहर यसप्रकार छ । २. मूल पूरुष बाजे नन्द प्रसादका हिरा, विरा, इन्द्रमोहन, रामआधारे समेत ४ भाई मध्ये राम आधारे तर्फ विपक्षी राम सहोदर जेठो माहिलो म फिरादी भागीरथीप्रसाद चौधरी, साहिलो काइलो म फिरादी ताराप्रसादको वावु मोहरप्रसाद चौधरी कान्छो म फिरादी सुन्दर चौधरी समेत जम्मा ५ भाई छोरा भएको वावु आमाको परलोक भै सकेकोले राम आधारेको सन्तानहरुमा ५ अशिंयार मात्र हौं । म ताराप्रसादको कालगतिले परलोक भै सकेकोले मोहरको हक खाने म ताराप्रसाद आमा गुल्पी थरुनी हुनुहुन्छ । हाम्रो अंशियार मध्ये बावुका शेषपछि रामसहोदर घरको मुख्य मालिक भै चलअचल श्री सम्पत्ति निजकै जिम्मा रहेको निजले अंचल सम्पत्ति केही म भागीरथीका नाउँमा र केही आफ्ना नाममा समेत, केही छोरा मोतीचन्द्र समेतका नाममा नापी दर्ता गराई आउनु भएको र सबै अंशियारले सगोंलमा नै रही कमाई आएका अवस्