निर्णय नं. ६६१९ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६१९ - अंश दपोट भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५४/०८/२५ ३५२४ निर्णय नं. ६६१९ ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल संवत् २०५२ सालको दे. पु. नं......२७८० फैसला मितिः २०५४।८।२५।४ मुद्दाः अंश दपोट । पुनरावेदक/वादीः काठमाण्डौ जिल्ला खड्का भद्रकाली गा. वि. स. वडा नं. ८ घर भै हाल का. म. न. पा. वडा नं. ६ बौद्ध डेरा गरी बस्ने कमल खत्री समेत ४ जना । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः काठमाण्डौ जिल्ला खड्का भद्रकाली गा. वि. स. वडा नं. ८ हपाली बस्ने कृष्ण शरण खत्री । § तायदाती फांटवारी पेश गर्दाका अवस्था सम्म प्रतिवादीका नाउँमा कायमै नरहेको हालको दावीको कि. नं. २१३ र २१५ को जग्गा त्यस वखत तायदाती फांटवारीमा उल्लेख गरी दिन सक्ने अवस्था रहेको समेत नदेखिंदा अंश चलन मुद्दामा फैसला भए पश्चात प्रतिवादीले हक प्राप्त गरेको जग्गामा दपोट गरे भन्ने वादीको दावी पुग्न सक्ने नदेखिंने । (प्र. नं. १४) पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ता श्री लोकभक्त राणा । प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त विद्वान अधिवक्ता श्री शम्भु सिग्देल अवलम्वित नजिरः X फैसला न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५०।२।२९ को फैसला उपर मुद्दा दोहोराई पाउँ भनि पर्न आएको निवेदनमा मुद्दा दोहोर्याइ हेर्न निस्सा प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. विपक्षी पति तथा पिता कृष्ण शरणको हामी फिरादीहरुलाई घरबाट निकाला मात्र नगरी आफ्नो नाउँको पैतृक सम्पत्ति समेत हामीहरुको अंश हक नै भनी विक्री वितरण गर्दै रहेकोमा त्यस तर्फ छुट्टै नालेस गरी विपक्षीबाट श्री सम्पत्तिको तायदाती लिई ११ अंशियार मध्ये हामी फिरादी आमा छोरा ४ अंशियारहरुको अंश छुट्टाई अड्डैबाट चलन समेत चलाई पाउँ भनी हामी चार जना फिरादीको नालेस सम्मानीत अदालतमा परी विपक्षीको प्रतिउत्तर तथा सम्पत्तिको फांटवारी समेत मिति २०४४।४।२७ मा परी मिति ०४४।६।४ मा फैसला हुँदा वादी दावी बमोजिम ठहर भई राखेकोमा सो मुद्दा अन्तिम भै बसेकोमा हाल चलन चलाउने लगायतको कामको लागि सम्मानित अदालतमा निवेदन परि चारेखमा बसी राखेका छौ । यसै विच विपक्षीले तायदातीमा दिएका सम्पत्ति भन्दा बाहिर अन्य श्री सम्पत्तिहरु पनि रहे भएका छन ती सम्पत्तिहरु विपक्षीले दवाई छिपाई लकाई तायदातीमा उल्लेख नगरी राखेका छन् भन्ने सुनी फिल्डबुक उतार गरी ल्याउँदा थाहा पाई सम्मानीत अदालत समक्ष यो फिरादी लिई उपस्थित भएका छौं । पति तथा पिता कृष्ण शरणको नाउँमा दर्ता भएको का. जि. खड्का भद्रकाली गा. पं. वडा नं. ८ (क) कि. नं. २१३, २१५ र कि. नं. ३३ को हकमा बाजेमान बहादुरको हक खाने पशुपती गुठी ज. ध. भै निज पिता तथा पति जोताहा भएको ज. रो. क्रमशः १–१३–०, ०–१२–० र ३–८–० जग्गा भै का. जि. धापासी गा. पं. वडा नं. १ (ख) कि. नं. ३९ र ४१ को पशुपती गुठी ज. ध. भै निज पिता तथा पति जोताहा भएको जग्गा क्रमशः ज. रो. ८–८–० र ७–८–० जग्गहरुको जम्मा २२–१–० जग्गाको मोल विगो दश हजार पर्ने जग्गा हामीहरुको अंश हक मार्ने नियतले तायदातीमा नखुलाई दवाई छिपाई राखेको हुँदा यो फिराद गरेका छौ । अंशवण्डामा पर्ने उक्त जग्गाहरु तायदातीमा नदेखाई अंश मार्ने नियत लिई लुकाई छिपाई राखेकोले अंश वण्डाको २७ नं. बमोजिम उक्त जग्गा दवाय छिपाएको सम्पत्ति हामी फिरादीले एकल