निर्णय नं. ८७११ - प्रतीषेध उत्प्रेषणमिश्रित परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७११ - प्रतीषेध उत्प्रेषणमिश्रित परमादेश । भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०६/१० ४१९४ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की संवत् २०६४ सालको रि.नं. WO–००५५ आदेश मितिः २०६८।६।१०।३ मुद्दाः– प्रतिषेध, उत्प्रेषणमिश्रित परमादेश । निवेदकः काठमाडौँ जिल्ला, का.म.न.पा.वडा न. ३४ मिलनचोक, वानेश्वर, बस्ने सुनमती तण्डुकार विरुद्ध विपक्षीः जिल्ला प्रशासन कार्यालय, काठमाडौँ समेत § विधिशास्त्रीय मान्यताअनुसार सम्पत्तिसम्बन्धी हकमा व्यक्तिलाई कुनै पेशा व्यवसाय गर्ने, उद्योग सञ्चालन गर्ने वा अन्य कुनै सिर्जनात्मक क्रियाकलापबाट सम्पत्ति आर्जन गर्ने उपभोग गर्ने, हस्तान्तरण गर्ने तथा त्यसमा सरकारको जथाभावी हस्तक्षेपबाट संरक्षण प्राप्त गर्ने समेतका अधिकार पर्न आउने । (प्रकरण नं.४) § सम्पत्तिसम्बन्धी अधिकार निरपेक्ष भने होइन । कानूनको अधीनमा रही सम्पत्तिसम्बन्धी हक प्रत्याभूत गरिएकोले यसमा विभिन्न किसिमले अवरोध र नियमन हुन सक्छ । प्रयोगका सीमाहरू तोकिन सक्छन् । संवैधानिक विधिशास्त्रमा विकसित भएका स्थापित मान्यता र सिद्धान्तअनुसार सार्वजनिक हित, स्वास्थ्य, शान्ति र नैतिकता बहाल गर्ने प्रयोजनका लागि शान्ति सुव्यवस्था र प्रवराधिकार (Eminent Domain) अन्तर्गत राज्यले व्यक्तिको साम्पत्तिक अधिकारमाथि औचित्यताका आधारमा हस्तक्षेप गर्न सक्ने । (प्रकरण नं.५) § व्यक्ति विशेषको हकको अचल सम्पत्ति रोक्का राख्ने क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको नदेखिएको तथा रोक्का आदेश र तत्सम्बन्धी कामकारवाहीले संवैधानिक एवं कानूनप्रदत्त हकाधिकारमा आघात पुग्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटः विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता योगराज बराल अवलम्बित नजीर सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १९(१) § नागरिक अधिकार ऐन, २०१२ को दफा ६(६) (७) § स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(३) आदेश न्या.रामकुमारप्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः विपक्षी लक्ष्मण तण्डुकार मेरा छोरा, सुमना तण्डुकार छोरा बुहारी र सचित तण्डुकार मेरी नातिनी हुन् । मैले व्यापार व्यवसाय गर्न भनी का.जि.का.म.न.पा.वडा नं. १६ नयाँबजार स्थित म्हैपी बचत तथा ऋण सहकारी संस्था लि.बाट मेरो एकलौटी नाम दर्ता हकभोगमा रहेको का.जि.का.म.न.पा.साविक वडा नं. १० हाल वडा नं. ३४ कि.नं.३०० को क्षे.फ. ०–५–०–३ जग्गा र सोमा रहेको घर टहरा धितो राखी उक्त फाईनान्सबाट रु.९,००,०००।– (अक्षेरुपी नौ लाख रुपैयाँ) कर्जा लिई घर व्यवहार चलाई आएकोमा उक्त जग्गा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँबाट रोक्का रही आएको थियो । यसैबीच नाबालकको सम्पत्ति संरक्षण गरिपाऊँ भनी विपक्षी छोरा बुहारी र नातिनी सञ्चिता तण्डुकारले मिति २०६३।१०।१० मा उक्त जग्गा रोक्काको लागि निवेदन दायर गरेकोमा विपक्षी जिल्ला प्रशासन कार्यालयका प्र.जि.अ.बाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(३) बमोजिम रोक्का राख्न मालपोत कार्यालय डिल्लीबजारलाई लेख्ने भनी आदेश भई सोही आदेशबमोजिम दृष्टिबन्धक फुकुवा भएपछि रोक्का राख्ने भनी मालपोत कार्यालय डिल्लीबजारबाट उक्त कि.नं. ३०० को जग्गा मिति २०६३।१०।१० मा रोक्का राखिएको रहेछ । उल्लिखित जग्गा म सुनमत