निर्णय नं. ६६२० - निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६२० - निखनाई पाउँ भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५५/०२/१३ २६९७ निर्णय नं. ६६२० ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत् २०५२ सालको दे. पु. नं......२५६० फैसला मितिः २०५५।२।१३।४ मुद्दाः निखनाई पाउँ । पुनरावेदक/प्रतिवादीः का. जि. का. म. न. पा वडा नं. १७ वस्ने कैलाश विलाश जोशी । विरुद्ध विपक्षी/वादीः का. जि. का. न. पा. वडा नं. ३० ज्याठा वस्ने जुजुकाजि प्रजापति । § जुजुकाजि प्रजापतिले मालपोत कार्यालय काठमाण्डौमा दिएको निवेदन मै ०४८।८।१ मा थाहा पाएको भनी उल्लेख गरेको देखिँदा ६ महिनाको अवधि भित्रै थाहा पाएको भन्ने नभई उक्त ६ महिनाको अवधि नाघी थाहा पाएको भन्ने देखिन आएबाट ऐनले व्यवस्था गरे अनुसारको म्याद भित्र थाहा पाएको भनि मान्न मिलेन । ६ महिनाको अवधि नाघेपछि थाहा पाएको भन्ने अवसथामा प्रस्तुत निवेदन लाग्न सक्ने नदेखिँदा निवेदन खारेज गर्नुपर्नेमा जुजुकाजी प्रजापतिले निखनी लिन पाउने ठहर्याएको शुरु मालपोत कार्यलय काठमाण्डौको मिति ०४९।३।३० को निर्णय सदर गरेको पुनरावेदन अदालत पाटनको मिति ०५०।१०।१५ को फैसला त्रुटिपूर्ण देखिँदा वदर हुने । (प्र.नं ११) पुनरावेदन प्रतिादी तर्फबाटःविद्वान अधिवक्ता श्री रमण कुमार श्रेष्ठ विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्त श्री लक्ष्मीप्रसाद अधिकारी अवलम्वित नजीर ने. का.प. २०५० पृष्ठ ३४० नि. नं. ४७६१ । फैसला न्या. केदारनाथ आचार्यः न्याय प्रशासन ऐन २०४८ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. जग्गा धनी का. न. पा. वडा नं. २७ त्यौड इटुमबहाल बस्ने रत्न वावा जोशी समेतको जग्गा म निवेदकको वाजे कान्छा माई प्रजापति जोताहा भई जोती आएकोमा निज परलोक हुनु भई मिति ०४५।७।२८ को भु. सु. का. का निर्णयले मेरा नाउँमा जोत नामसारी म जोती आएको गोंगबु गा. वि. स. वडा नं. ४ (ग) कि. नं. ७८८ को क्षेत्रफल २–२–० मध्ये १–१–० जग्गा धनिहरुले यसै कार्यालय मार्फत मिति ०४८।१।१७ मा र. नं. ९८९ (क) बाट कैलाश विलाश जोहिलाई रु. २०००००।– दुई लाखमा जग्गा धनी हक राजिनामा गरेको हुँदा मैले मिति ०४८।८।१ मा नक्कल सार्दा थाहा पाएकोले उक्त जग्गा म मोहीलाई नै आवस्यक परेको र कानूनले निखन्न पाउने समेत व्यवस्था भएकोले हकदारले निखन्ने म्याद समाप्त भएकोले म मोहीले निखन्न पाउँने हुदा उक्त साहुको परेको थैली रु. २२१०००।– बैंकमा दाखिल गरी यो निवेदन गर्न आएको छु । उक्त जग्गा म माहीको नाममा निखनाई पाउँ भन्ने जुजुकाजी प्रजापतिको निवेदन दावी । ३. रत्न वावा जोशी कृष्ण लाल जोशी, बलभद्र लाल जोशी, मिम लाल जोशी समेत ४ जनाका नाउँमा मालपोत कार्यालय काठमाण्डौमा संयुक्त दर्ता रहेको का. जि. गोंगबु गा. वि. स. वडा नं. ४ (ग) कि. नं. ७८८ को क्षेत्रफल २–२–० जग्गा हुँदा निज दर्तावाला मध्ये भिमलाल जोशीको दर्ता यथावत कायमै राखी अन्य रत्न बाबु जोशी १, कृष्ण लाल जोशी १, बलभद्र जोशी १, समेतको माग जति उक्त क्षेत्रफल २–२–० मध्ये १–१–० जग्गा मलाई घरभाडा गर्न आवश्यक परेको हुँदा सो जग्गा मिति ०४८।१।१७ मा मा. पो. का. वार्ड र. नं. ९८९ मा रु. २०००००।– थैली राखि रजिष्ट्रेशन पारित गरी दर्तावाला मध्येको भिम लाल जोशी र म कैलाश विलाश जोशी समेत २ जनाका नाउँमा संयुक्त दर्ता रहेको साझा जग्गा हो । मुलुकी ऐन लेनदेन व्यवहारको १२ नं. को देहाय दफा १ बमोजिम घरवासको लागि २–०–० जग्गा सम्मको लागि हक निखना