निर्णय नं. ६६२१ - वन्दुकले गोलि हानि मारेको ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६२१ - वन्दुकले गोलि हानि मारेको ज्यान भाग: ४० साल: २०५५ महिना: माघ अंक: १० फैसला मिति :२०५५/०४/१६ २४२३ निर्णय नं. ६६२१ ने. का. प. २०५५ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल संवत् २०५४ सालको साधक नं......१४९ फैसला मितिः २०५५।४।१६।४ मुद्दाः वन्दुकले गोलि हानि मारेको ज्यान । वादीः मन वहादुर गुरुङ्गको जाहेरिले श्री ५ को सरकार । विरुद्ध प्रतिवादीः जि. संखुवासभा मादीखर्क गा.वि.वडा नं. ४ वस्ने भरत वहादुर जिमी । § मृतक दलवहादुर गुरुङ्ग र प्रतिवादी भरत वहादुर जिमी वन्दुक लिई संगसगै शिकार खेल्न गएको भन्ने कुरा किटानी जाहेरी मौकाको कागज गर्ने लोकनाथ कोइरालाको वकपत्रबाट स्पष्ट देखिन्छ । बन्दुक बोकी दुई जना व्यक्ति सिकार खेल्न भएकोमा प्रतिवादी मात्र फर्कि आएका र मृतकलाई खोजतलास गर्दा लाश फेला परेको देखिन्छ । राति सम्म मृतक फर्की नआएबाट निज प्रतिवादीलाई सोध्न जादाँ प्रतिवादी नाउँ छाडी बेपत्ता भई सकेको देखिन्छ भने अदालतबाट जारी भएको म्यादमा उपस्थित भएर आफ्नो अभियोगबाट सफाई लिन सकेको देखिंदैन । श्री ५ महाराजधिराज सरकारका जुनाफमा चढाएको विन्ती पत्रबाट निज प्रतिवादीले अदालतबाट जारी भएको म्याद समेत पाए पश्चात पनि निज प्रतिवादी फरारै रही बसेको समेत अवस्था स्थितिमा मृतकको मृत्यु निज प्रतिवादीकै कर्तव्यबाट भएको हो भन्ने कुरामा विवाद देखिदैन । अतः पुनरावेदन अदालत धनकुटाले निज प्रतिवादी भरत बहादुर जिमीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (१) नं. अनुसार सर्वस्व सहित जन्मकैदको सजाय गर्ने ठहर्‍याएको इन्साफ मनासिव ठहर्ने । (प्र.नं १९) वादी तर्फबाट :X प्रतिवादी तर्फबाट :X अवलम्वित नजिर :X फैसला न्या. केदारनाथ आचार्यः पुनरावेदन अदालत धनकुटाको मिति २०५३।११।५ को फैसला उपर साधक सदरको लागि प्राप्त प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. वादी मुलखर्क गा. पं. वडा नं. ४ बस्ने भरत बहादुर जिमी मिति २०४३।२।१० गते मेरो घरमा बास बसी भोलीपल्ट विहान छोरा दलबहादुर र भरत बहादुर समेत शिकार खेल्न जाने भनी दुवैजना बन्दुक बोकी जंगल तर्फ गएको रहेछन् सो दिन म र मेरो श्रीमती घरमा थिएनौ । ऐ. ११ गते विहान घरमा आई कान्छो खोई भनी सोद्धा भरत बहादुर जिमी संग शिकार खेल्न गए भनेका र ऐ. दिनको ११ बजेको समयमा भरत बहादुर मात्र खुकुरी छोडेछु भनी लिन मेरो घरमा आउदा बुहारीले देवर खोई भनी सोद्धा अघिनै म संग छुट्टिएको भन्दै हिडेछन छोरा घरमा नआएकोले खोज तलास गरी पाउँ भन्ने व्यहोराको हस्त बहादुर गुरुङको मिति २०४३।२।१५ गतेको हुलीया जाहेरी । ३. मेरो साला दलबहादुर गुरुङ र भरत बहादुर जिमी समेतले २०४३।२।११ गतेका दिन विहान शिकार खेल्न भनी एक एक वटा भरुवा बन्दुक लिई जंगल तर्फ गएका सो दिन ११ बजेको समय तिर भरत जिमी फर्कि आएको मेरो साला नभएको हुँदा भरत बहादुरलाई सोध्न जादा भागी नभेटिएकोले खोज तलास गर्दे जाँदा मादिरामवेनी अन्तर्गतमा पर्ने सेकपोखरी छेउको जंगलमा निज दलबहादुरको लाश ०४३।२।२२ गते दिन १२ बजेको समयमा मरेको लाश गलित भै सकेको फेला परेको हुँदा भरत बहादुरलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको मन बहादुर गुरुङको मिति २०४३।२।२३ गतेको जाहेरी दरखास्त । ४. मिति २०४३।२।११ गतेका दिन म मेरा गोठमा वस्तु फुकाई घांस काट्न भनी जंगलमा गए त्यस अवस्थामा मैले नचिनेको दुइजना सिकारीहरु बन्दुक बोकी जंगल तिर गए अं. ९ बजेको समयमा जंगलमा बन्दुकको फायर भयो । सिक