निर्णय नं. ६५३२ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५३२ - लिखत बदर भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५४/१०/०२ २५३४ नि.नं. ६५३२ ने.का.प. २०५५ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५३ सालको दे.पु.नं....... ११२ फैसला मिति २०५४।१०।२।५ मुद्दाः लिखत बदर । पुनरावेदक/प्रतिवादीः- कास्की जिल्ला पो.न.पा. वडा नं. ९ बस्ने पालिखे मार्केटिग इन्टर प्राईजेजका प्रोप्राइटर वर्ष ५१ को गणेशमान पालिखे । विरुद्ध विपक्षी/वादीः- कास्की जिल्ला निर्मल पोखरी गा.वि.स. वडा नं. १ बस्ने नन्दराज पौडेलसमेत जना २ । § निजी आर्जनको सम्पत्ति भन्न सकिने आधार प्रमाणको अभावमा पवित्र मणिको निजी आर्जनको सम्पत्ति रहेछ भन्ने देखिँदैन । ने.का.प. ०५४. अंक १, पृष्ठ १ मा प्रकाशित यस अदालतको पूर्ण इजलासबाट नि.नं. ६३०३ को लिखत बदर मुद्दामा ०५३।११।२३ मा भएको फैसलाबाट प्रतिपादित सिद्बान्त समेतबाट र प्रमाण ऐन, २०३१ को दफा ६(क) को प्रावधान अनुरुप छुट्टी भिन्न नभएको अवस्थामा जे जस्तो सम्पत्ति जसको नाममा रहे भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलकै सम्पत्ति मान्नुपर्ने । (प्र.नं. १३) निवेदकतर्फबाटः- विद्बान अधिवक्ता श्री यज्ञमूर्ति बन्जाडे विपक्षी तर्फबाटः- विद्बान अधिवक्ता द्बय श्री खेमनारायण ढुंगाना, विद्बान अधिवक्ता श्री ताराबहादुर सिटौला अवलम्बित नजीरः ने.का.प. २०५४, अंक १, पृ. १, नि.नं. ६३०३ फैसला न्या. केदारनाथ आचार्यः- प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- २. पिता केशवराजको ३ भाई छोराहरु मध्ये जेठो म फिरादी नन्दराज माहिलो म पुष्पराज र कान्छो विपक्षी पवित्रमणी हौं । हामी तीन भाई एका सगोलमा बसी आएका र आजसम्म पनी एकासगोल मै छौं । हाम्रो पैतृक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिबाट रु. १५,०००।– मा विपक्ष पवित्र मणिले २०३०।८।१४ मा पुष्पराज कुँवर जोगीसँग विजन माना ।।५।३ मध्ये पाँच ।।।५ को तिरो रु. ।६ लाग्ने पश्चिम मुलबाटो समेतका ४ किल्ला भित्र मोहडा २० हात पिछवाड ५० हात घडेरी जग्गा खरिद गरी हाल सर्भे नापीमा पो.न.पा. वा.नं. ९ को कि.नं. ३५ को क्षेत्रफल १-१२-१ को जग्गा निज पवित्रमणिका नाउँमा दर्ता भै जग्गाधनी प्रतिवादी पुर्जा लिई हामी सबैको सगोलबाट घर समेत बनाई सो जग्गा सगोलाटै उपयोग गरी आएका थियौं । उक्त हामीहरुको समेत अंश हक लाग्ने जग्गा रु ६००००।– मा पवित्रमणि दिने विपक्षी पालिखे मार्केटिङ इन्टर प्राइजेज महेन्द्रपुल पोखरा लिने गरी मिति २०४३।५।२० मा राजिनामा पारित समेत गरी हामीहरुको अंश हक मेट्ने षडयन्त्र गरको कुरा स्पष्ट जानकारी हुन आएको हुँदा फिराद गर्न आएका छौं । अतः हामीहरुको साक्षी प्रमाण समेत बुझी विपक्षहरु बीच लिनु दिनु गरेको कि.नं. ३५ को ज.रो. १-१२-१मध्ये ३ भागको २ भाग १-२-९-१ को जग्गाको लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको २०४३।१२।१ को नन्दराज पौडेल समेतको संयुक्त फिराद पत्र । ३. विवादित जग्गा पैतृक सम्पत्ति नभै पवित्रमणीले आफ्नो ज्ञानशिप प्रयासबाट कमाएको निजी आर्जनले खरिद गरेको हुँदा र निजले आफूखुश गर्न पाउने सम्पत्ति हो भने अर्कोतर्फ विवगत २०२९ साल अगावै विपक्षहरु पवित्रमणि छुट्टि भिन्न भै छुट्टाछुट्टै घर बनाई बसोबास गरी आएका छन भन्ने कुरा प्रमाण खण्डमा उल्लेख गरिएका साक्षीहरु बुझिएमा पनि अवगत हुनेछ । गण्डकी कपडा कारखानाका लागि बनेको घर म गणेशमानको श्रीमती गंगादेवी पालिखेलाई पवित्रमणि श्रीमती गौरी