निर्णय नं. ६५३३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५३३ - उत्प्रेषण भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५३/१०/०३ ४६५७ नि.नं. ६५३३ ने.का.प. २०५५ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत २०५२ सालको रि.पु.इ.नं....... ६५ आदेश मिति २०५३।१०।३।६ मुद्दाः उत्प्रेषण । वादीः- जिल्ला ओखलढुंगा धावले गा.वि.स. वडा नं. २ घर भै हाल ने.खा.पा.सं. त्रिपुरेश्वरमा चौथो तहमा कार्यरत जीवनाथ खतिवडाको छोरा वर्ष २२ को सुन्दरप्रसाद खतिवडा समेत जना ६४ । विरुद्ध विपक्षीः- श्री ५ को सरकार, मन्त्रीपरिषद्को सचिवालयसमेत ४ । § नीतिगत आधारबाट मिति २०४९।१।१ भन्दा अघि सरकारी कर्मचारी भन्दा बढी सुविधा पाइरहेका कर्मचारी र उक्त मिति पछि तोकिएको शर्तमा भर्ना (नियुक्ति) भएका कर्मचारीहरु एकै समान स्तरका भन्न नमिल्ने (समायोजन भत्ताको प्रयोजनको लागी) समेतबाट निवेदकहरुको मौलिक हक (समान कर्मचारी बीच असमान व्यवहार) को हनन् भयो भन्न नमिल्ने । (प्र.नं. १४) निवेदकतर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्बान अधिवक्ताद्बय श्री यज्ञमूर्ति बन्जाडे, श्री ललितबहादुर बस्नेत । विपक्षी तर्फबाटः सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्बान अधिवक्ता श्री बच्चु सिंह खड्का । अवलम्वित नजीरः X आदेश न्या. गोविन्द बहादुर श्रेष्ठः- यस अदालत संयुक्त इजलासको माननीय न्यायाधीश बीच मतैक्यता कायम हुन नसकि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) अन्तर्गत यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा तथा निर्णय निम्नानुसार छः २. नेपाल खानेपानी संस्थानले संस्थानमा सम्वत् २०४८ साल चैत्र मसान्त भन्दा पहिले नियुक्ति भएका र त्यस उप्रान्त खुला प्रतियोगिताबाट नियुक्ति भएका पहिलो देखि पाँचौ तह सम्मका कर्मचारीलाई दिने तलब भत्तामा भेदभाव गरेको छ । संस्थानले पहिलो देखि पाँचौ तहसम्मको सम्वत २०४८ साल चैत्र मसान्त भन्दा पहिले स्थायी, अस्थायी र मासिक पारिश्रमिकमा काम गर्दै आइरहेका र आन्तरिक प्रतियोगिताबाट पदोन्नति भएका कर्मचारीलाई पुराना कर्मचारी र २०४९ साल वैशाख देखि खुल्ला प्रतियोगिताद्बारा नियुक्ति भएका कर्मचारीलाई दिइने तलब भत्तामा भेदभाव गरी पुरानो कर्मचारीलाई बढी तलब भत्ता र नयाँ कर्मचारीलाई कम तलब भत्ता दिई आएको छ । नयाँ कर्मचारीलाई भन्दा पुराना कर्मचारीलाई समायोजना भत्ता पनि पहिलो तहदेखि पाँचौ तहसम्म क्रमशः रु४४०।-, रु. ३९५।-, रु. ३६५।-, रु.२२०।-, र रु. २१०।– को फरक गरिएको छ । समान तहमा समान किसिमको काम गर्नु कर्मचारीको तलब भत्तामा भेदभाव गर्नु न्याय र विवेकसम्मत भएन भनी कर्मचारी संघ मार्फत संस्थानमा पटक पटक माग राख्दा मिति २०५१।४।२७ मा कर्मचारी संघ र संस्थानको व्यवस्थापनका बीच सबै तहका कर्मचारीलाई समान रुपमा रु. ५००।– का दरले महंगी भत्ता दिने लिखित संझौता समेत भएको थियो । तर व्यवस्थापनले लिखित संझौतालाई कार्यान्वयन गरेन । कर्मचारी संघ मार्फत व्यवस्थापन समक्ष निरन्तर संझौता कार्यान्वयन गर्ने माग गर्दै आएको थियो । संस्थानको संचालक समिति र व्यवस्थापकले समायोजन भत्ता पुराना कर्मचारीले मात्र पाउने नयाँ कर्मचारीलाई दिन नमिल्ने भनी श्री ५ को सरकारको निर्णय भएको हुँदा नयाँ कर्मचारीलाई भत्ता दिन सकिँदैन भनी मौखिक जवाफ दिइयो । विपक्षी अर्थ मन्त्रालयले नयाँ तलब स्केल र सुविधा सम्बन्धमा भन्ने विषय राखि मिति २०४९।३।१९ मा न