निर्णय नं. ६५३४ - निषेधाज्ञा ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५३४ - निषेधाज्ञा । भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :2054/09/04 ४९९३ नि.नं. ६५३४ ने.का.प. २०५५ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत २०५३ सालको दे.पु.इ.नं....... ८९, ९०, ९१ आदेश मिति २०५४।९।४।६ मुद्दाः निषेधाज्ञा । पुनरावेदक/विपक्षीः- काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति तर्फबाट नगर नियोजक श्री सूर्यभक्त साँगाछें समेत जना ३ । विरुद्ध प्रत्यर्थी/निवेदकः- ऐ.ऐ. बस्ने विजय बहादुर राजभण्डारी समेत जना २ । § निषेधाज्ञाको आदेश विवाद रहित हकभोग रहेको अवस्थामा जारी हुने हुन्छ । निषेधाज्ञा जारी हुन निर्विवाद हकको प्रमाण हुनुका साथै त्यस्तो हकको भोग चलनमा अवरोध हुने आशंकाको पनि विद्यमानता रहेको हुनुपर्ने अनिवार्यता रहन्छ । परापूर्व देखि निकास बाटो प्रयोग गरेको भन्ने कुरा पनि वोधगम्य हुने किसिमले ठोस रुपमा प्रमाणित गर्नुपर्दछ । साविकमा रहेको निवेदकहरुका जग्गाको कि.नं. २८ मा पश्चिमतर्फ दक्षिण उत्तर न.नं. १४ को कच्ची बाटो र जवालाखेल लगनखेल जाने न.नं. १६ को मूलबाटो रही उक्त बाटोसँग जोडिएको अवस्था समेत रहेको पाइन्छ । यस परिप्रेक्ष्यमा केवल भइरहेको भन्ने एकतर्फ जिकिरको आधारबाट मात्र सार्वजनिक प्रयोग जग्गा निजी हुने गरी प्रयोग गर्न पाउँछ भन्ने अर्थ गर्दा सरकारी सार्वजनिक सम्पत्तिमा व्यक्तिगत छिना झपटी भै अराजक र अन्यौलको स्थिति आउँदैन भन्न र सार्वजनिक सरकारी जग्गाहरु लोप हुने अवस्था समेत श्रृजना हुँदैन भन्न नसकिने । (प्र.नं. २३) प्रत्यर्थी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्बान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना, विद्बान अधिवक्ता श्री हरिहर दाहाल, विद्बान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ । विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री शम्भु थापा । अवलम्वित नजीरः X फैसला न्या. हरिप्रसाद शर्माः- यस अदालत संयुक्त इजलासको माननीय न्यायाधीशहरुबीच मतैक्य हुन नसकि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अन्तर्गत यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथ्य एवं ठहर यस प्रकार छः २. हाम्रो हक भोगको ल.पु.जि.ल.पु.न.पा. वा.नं. ५(ग) को कि.नं. ६६२ को क्षेत्रफल ०-१४-०-० घर जग्गा र ऐ.ऐ. कि.नं. १६९, १७०, १७१ को कृष्ण कुमारीले मोहियानीमा कमाई आएको घर जग्गामा साविक देखिको स्ववासी घर समेत छ र सम्पूर्ण जग्गामा घरवास गरी आइरहेका छौं । हाम्रो उक्त घर जग्गामा मोटर बाटो ल.पु.जि.ल.पु.न.पा. वा.नं. ५(ग) स्थित कि.नं. ३० को जग्गाबाट आवत जावत गर्दै आएकोमा काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिले उक्त बाटोमा अवरोध खडा गर्ने आशंका भएको हुनाले यस सम्मानित अदालत समक्ष मिति २०५१।२।१ मा निषेधाज्ञा निवेदन दायर गरेकोमा मिति २०५१।२।३ गते अन्तरिम आदेश समेत जारी भै कारवाही चली रहेको छ । हामीले ललितपुर नगरपालिकालाई यस सम्मानित अदालतको आदेशको जानकारी मिति २०५१।२।१३ मा गराउँदा त्यसलाई जानकारीमा नलिई जिल्ला प्रशासन कार्यालय ललितपुर नगरपालिका र काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिले उक्त कि.नं. ३० को जग्गामा चारैतर्फ काँडाको तारवार राखी हामी निवेदकको आवत जावतमा बाधा पुर्याउने र बाटो रोक्ने नियतले उक्त कार्य गर्नको लागि ट्रकमा सरसामानहरु राखि उक्त जग्गाको छेउमा मिति २०५१।२।१५ गते ओसार पसार गरी खसाली रह