निर्णय नं. ६५३५ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५३५ - परमादेश भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५४/०२/२७ ३३३२ नि.नं. ६५३५ ने.का.प. २०५५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री सम्वत २०५२ सालको दे.पु.नं....... ३१६३ फैसला मिति २०५४।२।२७।२ मुद्दाः परमादेश । पुनरावेदक/निवेदकः- जिल्ला मकवानपुर हेटौंडा न.पा. वडा नं. २ घर भै हाल ऐ.ऐ. वडा नं. ४ स्थित श्रमिक माध्यमिक विद्यालय कर्राको प्रधानाध्यापक पदमा कार्यरत मंगल कृष्ण मान्नधर । विरुद्ध प्रत्यर्थी/विपक्षीः- श्री जिल्ला शिक्षा कार्यालय, मकवानपुर समेत जना ५ । § न्याय प्रशासन ऐन २०४८ को दफा ८(२) बमोजिम आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र कुनै निकाय वा अधिकारीले कुनै व्यक्तिको कानून प्रदत्त हकमा आघात पुर्‍याएमा सो हकको प्रचलनको लागि आवश्यकतानुसार बन्दी प्रत्यक्षीकरण परमादेश वा निषेधाज्ञाको आदेश जारी गर्ने अधिकार सम्म पुनरावेदन अदालतलाई भएको तर प्रस्तुत विषयमा निवेदकले माग गरे बमोजिम भएको नियुक्ति बदर गर्न सक्ने अधिकार भने पुनरावेदन अदालतलाई भएको नदेखिँदा सोही आधारमा निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको निर्णय मिलेकै देखिँदा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं. १०) निवेदकतर्फबाटः X विपक्षी तर्फबाटः X अवलम्वित नजीरः X फैसला न्या. ओमभक्त श्रेष्ठः- पुनरावेदन अदालत हेटौंडाबाट भएको मिति २०५१।८।११ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यस प्रकार छः- २. म निवेदक शिक्षा नियमावली २०२८ को मूल नियम ३६ को उपनियम (३) अनुसार २०४९ साल आश्‍विन १ गते देखि लागू हुने गरी निजी श्रोतबाट संचालित सामुदायिक माध्यमिक विद्यालय श्री श्रमिक मा.वि. कर्रा हेटौंडाको प्रधानाध्यापक पदमा मेरो स्थायी नियुक्ति विद्यालय संचालक समितिका मिति २०४९।८।१० को निर्णयानुसार गरिएकोमा शिक्षा निती अनुसार आचार संहिता पालन गर्दै हालसम्म प्रधानाध्यापकको कामकाज गर्दै आएको छु । तर यसै विद्यालयमा कार्यरत शिक्षक गान्धी ठाकुर (मा.वि. तह चतुर्थ श्रेणी) लाई जिल्ला शिक्षा कार्यालय हेटौंडाले प.सं. च.नं. १३७९ मिति २०५०।२।७ को पत्रबाट शिक्षा नियमावली २०४९ को दफा ५९ को उपदफा (२) बमोजिम शिक्षक छनौट समिति मकवानपुरको सिफारिसमा उक्त विद्यालयको प्रधानाध्यापक पदमा नियुक्ति गरी म निवेदकलाई पनि बर बुझारथ गर्ने सम्बन्धमा प.स.च.नं. १६५४ मिति २०५०।३।१६ मा छुट्टै पत्र लेखिएको छ यस विद्यालयको प्रधानाध्यापक पदमा मेरो नियुक्ति शिक्षा नियमावली, २०२८ को मूल नियम ३६ उपनियम (३) अनुसार गरिएको हो । नेपाल राजपत्र खण्ड ३९ अतिरिक्ताँक ६१ मिति २०४६।११।१ मा प्रकाशित संशोधित नियम ३६ को उपनियम ३ अनुसार सामुदायिक विद्यालय र सामुदायिक आवासीय विद्यालय संचालक समितिले आफैं योग्य शिक्षक छनौट गरी नियुक्त गर्न सक्ने व्यवस्था छ र हाल लागू भएको शिक्षा नियमावली २०४९ को खारेजी र बचाउ शिर्षकको उप नियम (२) मा शिक्षा नियमावली २०२८ बमोजिम भएका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिने छन् भन्ने समेत उल्लेख भएबाट मेरो शिक्षा नियमावली २०२८ अन्तर्गतको नियुक्ति भएकोले हाल लागू भएको शिक्षा नियमावली २०४९ ले कुनै प्रतिकूल अवस्था पर्ने स्थिति नभएकोमा सो को उपेक्षा गरी निजी श्रोतबाट संचालित यस विद्यालयमा सार्वजनिक विद्यालयको अवस्था जस्तो गरी जिल्ला शिक्षा कार्यालयबाट दिइएको प्रतिवादी मध्येको गान