निर्णय नं. ६५३६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५३६ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५४/०८/२४ २६५४ नि.नं. ६५३६ ने.का.प. २०५५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिप्र साद शर्मा सम्वत २०५२ सालको फौ.पु.नं....... १०९५ सम्वत २०५१ सालको फौ.पु.नं.........१०९७ सम्वत २०५२ सालको फौ.सा.नं. १३९ फैसला मिति २०५४।८।२४।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः- जिल्ला बाजुरा कुलदेवमाण्डौं गा.वि.स. घर भै हाल कारागार शाखा बाजुरामा कैदमा बसेका वर्ष २९ को गोकुल थापा । विरुद्ध विपक्षी/वादी- देवराज गिरीको जाहेरीले श्री ५ को सरकार । किर्तेसिंह थापा विरुद्ध श्री ५ को सरकार । विपक्षी/वादीः- देवराज गिरीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध पुनरावेदक/प्रतिवादी- जिल्ला बाजुरा कुलदेवमाण्डौं गा.वि.स. घर भै हाल कारागार शाखा बाजुरामा कैदमा बसेका गोकुल थापासमेत । § प्रस्तुत मुद्दाको वारदात भएको स्थलसम्म मृतक तुला गिरी र प्रतिवादी किर्ते सिंह थापा र प्रतिवादी गोकुल थापा एकैसाथ रहे भएको देखिएको । घटनास्थलको विवरण प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानसँग मिल्न आएको । आफूसँग गएका मृतक तुलागिरीको मृत्युको सम्बन्धमा प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले कहिँ कतै जाहेरी गरेको पनि नपाइएको । प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले अधिकार प्राप्त अधिकारी समक्ष सावित भै व्यक्त गरेको कुराहरु मौकामा भएको मृतकको लास जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्टबाट समेत समर्थित भएको छ । मृतक लासको छातीमा खोसिएको घाउ पनि देखिन्छ । अत एवं उपरोक्त उल्लेखित आधार प्रमाणहरुबाट पुनरावेदन अदालत दिपायलले प्रतिवादीहरुलाई आरोपित कसूर गरेको ठहर गर्दै मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिमको सजाय हुने ठहर गरेको फैसला मिलेको देखिँदा सदर हुने । (प्र.नं. २४) पुनरावेदक तर्फबाटः विद्बान अधिवक्ता श्री नरप्रसाद थापा, विद्बान अधिवक्ता श्री हर्क भट्टराई, विद्बान वैतनिक अधिवक्ता श्री उत्तम सिंह थामदेङ्ग । विपक्षी तर्फबाटः वादी श्री ५ को सरकार तर्फबाट विद्बान सरकारी अधिवक्ता श्री कुमार चुडाल । अवलम्वित नजीरः X फैसला न्या. मोहनप्रसाद शर्माः- पुनरावेदन अदालत दिपायल डोटीको फैसला उपर यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- २. मेरा भाई नाता पर्ने तुला गिरी मिति २०४९।७।११ गते भाइटिकाको दिन दिपावली हेर्न घरबाट गएकोमा ऐ. १२ गते कुलमाण्डौ गा.वि.स. वडा नं. ७ बस्ने राधिका थापाले मेरै भतिजा गोविन्द गिरीलाई मौरेमा तिम्रो काका तुला गिरीको जस्तो लाश छ, हेरी आइज भन्दा गै हेर्दा काका तुला गिरीको लास घट्टको कुलो पानीमा घोप्टो परी रहेको छ भन्ने खबर गरेकाले सो खबर मैले प्रहरी चौकी टाटेमा मौखिक भन्दा घटनास्थलमा प्रहरी तथा गाउँले खटी गैसकेका छन म सो घटनाको उजूर गर्ने आएको छु कर्तव्य हो वा भवितव्य परी भाई तुला गिरीको मृत्यु भएको हो जो बुझ्नु पर्ने बुझि कानून बमोजिम कारवाही गरी पाउँ भन्ने देवराज गिरीको जाहेरी दरखास्त । ३. तित्रसेन भिरतल पानीको बीचमा घोप्टो अवस्थामा तुला गिरीको लास रहेको लास हेर्दा नाकबाट रगत आई रहेको बायाँ कान माथि टाउकोमा अं. ३ इन्च गोलाकार घाउ निधारमाथि १, १ इन्च टाउकोमा घाउ छातिमा खोसिएको बायाँ कुममा रातोडाम जाँधमा रातो निलडाम मृतकले लगाएको ज्याकेटको खल्तीमा ने.रु. ८००।– पेन्टको कम्म