निर्णय नं. ६५३७ - अंश नामासारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५३७ - अंश नामासारी भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५४/०३/१६ २७१८ नि.नं. ६५३७ ने.का.प. २०५५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५१ सालको दे.पु.नं....... २५८४ फैसला मिति २०५४।३।१६।२ मुद्दाः अंश नामासारी । पुनरावेदक/वादीः- जिल्ला नवलपरासी मनझरिया गाउँ विकास समिति वडा नं. २ बस्ने टासी नाउँ समेत जना ४ । विरुद्ध विपक्षी/प्रतिवादीः- ऐ.ऐ. बस्ने विसुनी नाउ । § सगोलमा रहँदा आर्जन गरेको सम्पत्ति निजी आर्जनको सवुदको अभावमा एकलौटी भन्न नमिल्ने हुँदा निज कालिचरणका छोरा खेदु हजामका नाममा दर्ता भएको जग्गा समेत ३ भाग लगाई वण्डा गरी दिनुपर्ने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं. ११) निवेदकतर्फबाटः X विपक्षी तर्फबाटः X अवलम्वित नजीरः X फैसला न्या. केशवप्रसाद उपाध्यायः- पुनरावेदन अदालत बुटवलबाट मिति २०५१।४।३२ गतेमा भएको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- २. मुल पुरुष महादेवका ३ भाई छोरामा जेठो जुठाई माहिलो कालिचरण, कान्छा विपक्षी विसुनी भएकोमा बाबु आमाको अगावै आआफ्नो कालगतिले परलोक भई सकेको हामी फिरादी मध्येको टाँसी, राजु राजेन्द्रका पति एवं बाबु जुठाईको पनी आफ्ना कालगतिले परलोक भई सकेको हुँदा हामी ३ अंशियार बीच अंशवण्डा भएको छैन । यही गत २०४५ साल भाद्र ३१ गतेका दिन अब हामीहरुले भात भान्सा खानपिन अलग भईसक्यो त्यसकारण हाम्रो अंश भाग छुट्टयाई मालपोत कार्यालय नवलपरासीमा पारित गरी देउ भन्दा विपक्षीले मैले अंश दिन्न जानेको गर भनी जवाफ दिएकोले विपक्षीबाट फिराद परेको अघिल्लो दिनसम्मको अंशवण्डाको २०, २१, २२ र २३ नं. बमोजिम तायदाती फाँटवारी लिई जम्मा चल अचल श्रीसम्पत्तिको ३ भाग अंश गरी विपक्षीको १ भाग परसारी हाम्रो २ भाग दिलाई हाम्रा नाममा नामसारी गरी हामीबाट रहेको कोर्ट फी समेत भराई पाउँ भन्ने फिराद पत्र । ३. विपक्षी दाजु कालिचरणले जेठा दाजु जुठाईको छोराहरु र पत्नी भाउजु टासी नाउनी समेतका विपक्षीहरुलाई आफ्नो गफलतमा मिलाई पैतृक सम्पत्ति आफ्नो नाममा संयुक्त दा.खा. नामसारी गरेका विपक्षी राजु नाउँ र राजेन्द्र नाउ तथा घडेरी जग्गा दा.खा. नामसारी गरेकी विपक्षी टासी नाउनी समेत वादी बनि सत्य कुरालाई लोप गरी असत्य कुराहरुको भूमिका बाँधि म उपर यो झुठ्ठा फिराद दायर गर्नु भएको मात्र हो । विपक्षी दाजु कालिचरणका छोरा खेदुका नाउँमा खरिद गरी लिएको अचल सम्पत्ति तथा संयुक्त दर्ता नामसारी भएको पैतृक सम्पत्ति एवं टासीका नाममा रहेको घर घडेरीको जग्गा र विपक्षी कालिचरणको नामबाट हामीले बैंकमा जम्मा गरेको नगद रुपैया समेतको सम्पूर्ण चल अचल श्रीसम्पत्ति मध्येबाट एक एक अंश भाग पाउने विपक्षीहरु २ अंशियार र म एक अंशियार हुँ । विपक्षी दाजु कालिचरण नै जेठा दाजुको देहवसान पछिका घरको मुख्य मालिक हुँदा मैले विपक्षीहरुलाई अंश दिनुपर्ने होइन वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. वादी पक्षले पेश गरेको तायदातीमा अधिकतम हदबन्दीबाट प्राप्त गरेको वण्डा गर्नु नपर्ने श्रीसम्पत्ति भनी उल्लेख गरेकोमा सो तर्फ प्रतिवादीको विवाद नदेखिँदा सो बाहेक अन्य वण्डा गर्नुपर्ने भनी दुवै पक्षले स्वीकार गरेको तायदाती फाँटवारीको सम्पत्तिको जम्मा ३ भागलाई सो बाट २ भाग अंश वादीले दावी बमोजिम दिलाई भराई नामसारी गराई पाउने ठहर्छ भनी