निर्णय नं. ६५३८ - जोत खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५३८ - जोत खिचोला भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५४/०५/२३ २४७६ नि.नं. ६५३८ ने.का.प. २०५५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री सम्वत २०५२ सालको दे.पु.नं....... २७४६ फैसला मिति २०५४।५।२३।२ मुद्दाः जोत खिचोला । पुनरावेदक/प्रतिवादीः- भक्तपुर जिल्ला नगदेश गा.वि.स. वडा नं. ६ बस्ने गोरे खड्का । विरुद्ध विपक्षी/वादीः- भक्तपुर जिल्ला ठिमी चपाचो गा.वि.स. वडा नं. ६ घर भै का.जि.का.न.पा. वडा नं. १० बस्ने इश्वरी भक्त श्रेष्ठको मु.स. गर्ने पूर्णलक्ष्मी श्रेष्ठ समेत जना ३ । § पुनरावेदन गर्ने हक मुद्दाका पक्षलाई हुने र कानून बमोजिम पुनरावेदन नपरे मुद्दा अन्तिम हुने हुँदा जग्गाधनी इश्वरी भक्तको तर्फबाट निजको मु.स. गर्ने व्यक्तिहरुले पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदन खारेज हुने । (प्र.नं. १७) निवेदक तर्फबाटः विद्बान अधिवक्ता श्री विश्व प्रकाश सिग्देल । विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री कमल बहादुर बोगटी । अवलम्वित नजीरः X फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः- पुनरावेदन अदालत पाटनको फैसला उपर पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः- २. जग्गाधनी इश्वरी भक्त श्रेष्ठको हक भोगको भ.पु.जि. नगदेश गा.वि.स. वडा नं. ६ को कि.नं. ५२१ को १-९-० जग्गा मेरो नाउँमा जोताहा जनाई अस्थायी जोताहा समेत प्राप्त जोती आएकोमा मिति २०४०।३।१९ गते विहान ९ बजे उक्त जग्गाको जोताहा हुँ भनी जवरजस्ती धान रोप्न लागि जोत खिचोला गरेकोले जोत खिचोला मेटाई यथावत राखी पाउँ भन्ने मिश्री खत्रिनीको वादी दावी । ३. मिश्री खत्रीनी मेरो सानी आमा नाता भएकोले कि.नं. ५२१ को जग्गा मलाई कमाउन दिनु भएकोले जग्गा जोती आएको छु । पछि उक्त जग्गा निज सानी आमाले नै खोसी दिनुभयो र उल्टो मलाई जोत खिचोला मुद्दा दिनु भएको हो । मैले जोत खिचोला गरेको छैन झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने व्यहोराको गोरे खड्का र माइली खड्काको संयुक्त प्रतिउत्तर जिकिर । ४. वादिले भूमि सम्बन्धी ऐन २०२१ को दफा ३२(१) मा उल्लेख भए अनुसार विपक्षी जग्गावालाको खिचोला गरेको भनी उल्लेख नगरेको र भू.सु. ऐन २०२१ को दफा ३३(१) मा जग्गावाला वा निजको तर्फबाट काम गर्ने व्यक्ति भनि स्पष्ट गरेको हुँदा सो भएको नदेखिएको हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने मिति २०४०।५।१३ को भु.सु.का भक्तरपुरको फैसला । ५. मिश्री खत्रीनीको मिति २०४०।५।१३ को फैसला उपर श्री सर्वोच्च अदालतमा रिट परी भू.सु.का. को उक्त निर्णय गर्नु भनी सर्वोच्च अदालतबाट मिति २०५१।४।२१ मा परमादेशको आदेश जारी भएको भूमि सुधार कार्यालय भक्तपुरमा कारवाहीको लागि आएको । ६. ज.ध. चन्द्रलाल श्रेष्ठ देखिएको निजको नाममा जग्गा दर्ता हुन बाँकी रहेको देखिएकोले उक्त जग्गा दर्ता भै ज.ध. कायम भए पछि उजुरी वा निवेदन आएपछि पुनः कानून बमोजिम कारवाही हुने गरी यो उजूरी खारेज हुने ठहर्छ भन्ने भूमि सुधार कार्यालय भक्तपुरको मिति २०४३।५।९ को फैसला । ७. भूमि सुधार कार्यालय भक्तपुरको मिति २०४३।५।९ को फैसलामा चित्त नबुझेकोले श्री सर्वोच्च अदालतमा रिट परी भूमि सुधार कार्यालय भक्तपुरको फैसला बदर भै पुनः निर्णय गर्नु भन्ने परमादेशको आदेश जारी भै भूमि सुधार कार्यालय भक्तपुरमा कारवाहीको लागि आएको । ८. साविक खोताहा परलोक भई निजको हकदार समेत कोही नभएकोले भूमि सम्बन्धि ऐन बमोजिम जोताहाको हकदारले मात्र जोत हक पाउने ह