निर्णय नं. ४२४६ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२४६ - अंश दपोट भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/०५/२० २२२६ निर्णय नं. ४२४६ ने.का.प. २०४८ अङ्क १ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ७१६, ७१७ फैसला भएको मिति: २०४६।५।२०।३ मा पुनरावेदक/प्रतिवादी: का.जि. मनमैजु गा.पं. वडा नं. २ बस्ने दीलबहादर घर्तीसमेत विरुद्ध विपक्षी/वादी: ऐ.ऐ.सितापाइला गा.पं. वडा नं. ५ बस्ने चिनीमाया घर्तीसमेत पुनरावेदक/प्रतिवादी: का.जि. मनमैजु गा.पं. वडा नं. २ बस्ने भद्रबहादुर खड्का विरुद्ध विपक्षी/वादी: ऐ.ऐ.सितापाइला गा.पं. वडा नं. ५ बस्ने चिनीमाया घर्तीसमेत मुद्दा : अंश दपोट (१) आफ्नो हकभोग नै नभएको जग्गालाई अंशबण्डा गर्नुपर्ने भनी तायदाती पेश गर्नु पर्छ भन्न कानुनसंगत नहुने र सो सम्पत्तिलाई अंशबण्डाको २७ नं. को प्रयोजनको लागि दवाए छपाएको भन्न नमिल्ने भई दपोट गरेको ठहर्याउन नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी (साविक पेज नं. १७) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय उपर दुवै पक्षले पुनरावेदन गर्ने अनुमति प्राप्त गरी पुनरावेदनमा दर्ता भई निर्णयार्थ यस इजलास समक्ष प्रस्तुत हुन आएको यस मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षीहरुसँग परेको अंश मुद्दामा विपक्षीहरुले २०३७।५।३ गते मानो छुट्टिएको मिति कायम गरी तायदाती पेश गर्दा बण्डा गर्नु पर्ने केही छैन भनी पेश गरेको तर मनमैजु गा.पं. र बालाजु गा.पं. मा रहेका कि.नं. २५७ र ३४० समेतका २ कित्ता जग्गा २०३४।२।२४ मा लिखत खडा गरी विपक्षी कान्छी घतिर्नीलाई दिएको सदर हुने अंशबण्डाको १३(३) मा प्रष्ट छ । अतः तायदाती पेश नगरी एकलौटी खान खोजेको उक्त जग्गाहरु हामीले एकलौटी खान पाउने हुँदा अंशबण्डाको २७ नं. अनुसार हामीले पाउँ भन्ने समेत व्यहोराको फेराद दावी । ३. विपक्षीहरु मेरा छोरा तथा श्रीमती हुन् सगोलमै बस्दा दाइजो पेवाको रकम मासी खाएबाट उक्त जग्गाहरु बकसपत्र गरी दिएको हो त्यसो हुँदा दावीका जग्गाहरु तायदातीमा दिन नपर्ने भएबाट नदिएको हो तायदाती सुनाएको म्यादमा उजुर गर्नु पर्नेमा विपक्षीहरुले सो बमोजिम नगरेको हुँदा झुठ्ठा कुराबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतेवादीहरुको संयुक्त प्रतिउत्तरपत्र । ४. विवादित जग्गा प्रतेवादी ठुली घतिर्नीबाट रु. १०,०००।– मा राजीनामा गरी रजिष्ट्रेशन पारित गरी लिएको हो भन्ने समेत व्यहोराको भद्रबहादुर खड्काको वा. कुलबहादुरले गरेको बयान । ५. २०३४ सालमा बकसपत्र दिएको र ०३८ सालमा मुद्दा परी सकेपछि विवादित जग्गा भद्रबहादुरलाई राजीनामा गरी दिएको देखिन्छ । सगोलको अंशियारलाई बकसपत्र दिएको हुँदा व्यक्तिबाट पाए सरह अंशबण्डा नलाग्ने भन्न मिलेन । तायदातीमा विवादित जग्गा प्रतिवादीहरुले पेश नगरेको हुँदा अंशबण्डाको २७ नं. ले सो जग्गामा वादीहरुको हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ. को फैसला । ६. उपरोक्त जि.अ. को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको बा.अं.अ. मा परेको प्रतिवादीहरुको पुनरावेदन । ७. प्रतेवादीहरुले अंश दपोट गरेको भन्ने कुराको मनासिब माफिकको सबूद प्रमाण गुजार्न नसकेकोले जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को फैसला । ८. उपरोक्त बा.अं.अ. को फैसलामा चित्त बुझेन भन्ने पु