निर्णय नं. ६५३९ - किर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५३९ - किर्ते भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५४/०७/०४ ४१३६ नि.नं. ६५३९ ने.का.प. २ ०५५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत २०५१ सालको फौ.पु.नं....... १०७५ फैसला मिति २०५४।७।४।२ मुद्दाः किर्ते । पुनरावेदक/वादीः- भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. ४ क्वांठडौं बस्ने अष्‍टलक्ष्मी सुवाल। विरुद्ध विपक्षी/प्रतिवादीः- ऐ.ऐ. बस्ने कृष्णभक्त सुवालसमेत जना ६ । § पुनरावेदन अदालत पाटनबाट भएको विवादको डिसमिस फैसला हेर्दा डिसमिस भएको जानकारी पुनरावेदिकालाई दिनु भनी सो फैसलामा नै आदेश गरिएको भएता पनि फाँटवालाबाट सो कर्तव्य पूरा गरिएको देखिँदैन । एक त आफ्नो मुद्दा डिसमिस भएको जानकारी नपाउनु र दोश्रो तारेखमा रहँदा रहँदै पनि मुद्दा डिसमिस भएको कुरा झगडियाले आफूले नक्कल सारेर थाहा पाएको भनी पुनरावेदन गर्न आउँछ भने अ.वं. १९७ नं. बमोजिम नक्कल लिएको मितिले पुनरावेदनको म्याद कायम हुने हुँदा लिएर मिति २०५१।१०।१८ मा पुनरावेदन गरेको म्याद भित्रकै देखिएकोले विपक्ष तर्फका विद्बान अधिवक्ताको वहस जिकीर स्वीकारयोग्य देखिएन। तसर्थ तारेखमा रहँदा रहँदै डिसमिस हुन नसक्नेमा वेरितसँग डिसमिस गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२५ को डिसमिस फैसला बदर हुने । (प्र.नं. ११) निवेदकतर्फबाटः विद्बान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री शिवभक्त प्रधानाङ अवलम्वित नजीरः X फैसला न्या. केदारनाथ उपाध्यायः- पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२५ का फैसला उपर वादी तर्फबाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्‍त विवरण यस प्रकार छः- २. २०४६ साल देखि भिन्न बसी आएको अवस्थामा २०२६ सालमा मृत्यु भै सकेको मृतकका नाउँमा रहेको अंचल सम्पत्ति राजिनामा पारित गरी गराई लिएको छ भनी मेरो मानिसद्बारा थाहा हुन आएको र मेरो पति समेतले विपक्षीहरुलाई सहयोग गरेको भन्ने तथ्य सुन्नमा आएकोले र किर्ते भन्ने प्रश्‍न गम्भीर अपराध भएको हुँदा जि.प्र.का. भक्तपुरले मिति २०४७।१०।१ मा नाता प्रमाणित भै आएकोले निज २०२६ सालमा मृतक सिद्धिलाललाई विपक्षहरुले कुनै अदालतमा पनि जिवित छ भनी प्रमाण ऐन बमोजिम भार पुर्‍याउन नसकिने हुँदा विवादित मिति २०४१।११।१४।६ र.नं. १४०७ मा मालपोत कार्यालय भक्तपुरबाट गरे गराएको लिखत किर्ते ठहराई किर्ते कागजको ७, ११, १४ बमोजिम हदैसम्म सजाय गरी पाउँ भन्ने समेतको फिराद दावी । ३. विपक्षी र श्रीमानको मिलेमतोबाट पुनः म उपर फिराद गराउने विपक्षीको जालसाजी कृयाकलाप मात्र हुन भन्ने प्रष्ट पार्दछु । अतः यस्तो जालसाजी पूर्ण फिरादबाट मलाई कुनै असर नपर्ने र विपक्षीहरुलाई नै सजाय हुन पर्ने प्रष्ट छ । लेखक र साक्षीहरुको मौजुद प्रमाण आधारमा लिखत खडा गरी साक्षी बसेको व्यहोरा किर्ते नहुँदा विपक्षीको झुठ्ठा फिराद दावी खारेज गरि विपक्षीलाई सजाय समेत गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर । ४. यसमा प्रतिवादी कृष्ण भक्तलाई रु. ६६९९।२५ जरिवाना हुने र अन्य प्रहरुलाई कुनै सजाय गरी रहन परेन भन्ने समेतको मिति २०४९।७।१६ को शुरु भक्तपुर जिल्ला अदालतको फैसला । ५. लिने दिनेको नाम थर ठेगाना ठिक छ यी सनाखत साक्षी बस्ने राम बहादुर र चन्द्र प्रसादको मतियार मनसाय भएको कुरा किर्ते लिखतबाट नै छर्लङग भएको हुँदा मतियार प्रतिवादीहरुलाई किर्ते कागजको ११ नं. बमोजिम