निर्णय नं. ६५४० - लिखत दर्ता बदरसमेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५४० - लिखत दर्ता बदरसमेत । भाग: ४० साल: २०५५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५४/०४/२१ २५६५ नि.नं. ६५४० ने.का.प. २०५५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत २०५३ सालको दे.पु.नं....... ३७१७ फैसला मिति २०५४।४।२१।३ मुद्दाः लिखत दर्ता बदरसमेत । पुनरावेदक/प्रतिवादीः- जि.का. काठमाडौं म.न.पा. वडा नं. १ कान्तिपथ बस्ने मोहनकुमारी स्थापित समेत जना ३ । विरुद्ध विपक्षी/वादीः- ऐ. वार्ड नं. ३० बस्ने सानुरत्न स्थापित । § अरु अंशियारहरु समेतको हक लाग्ने सम्पत्ति बेच विखन वा कुनै प्रकारको हक छाडी लिनु दिनु गर्दा संगोलका अंशियार यी वादीको समेत मंजुरी लिनुपर्नेमा त्यस्तो मंजुरी नलिई वक्सपत्र पारित गरी दिए लिएको देखिएबाट वादी दावी अनुसार वक्सपत्रको लिखत बदर हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०५१।१।२९ को फैसला मिलेको देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १३) पुनरावेदक तर्फबाटः विद्बान अधिवक्ता त्रय श्री हरिशंकर निरौला, श्री शम्भु थापा, श्री मिथिलेश कुमार सिंह । प्रत्यर्थी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्बान अधिवक्ता द्बय श्री होराप्रसाद जोशी, श्री श्याम प्रसाद खरेल । अवलम्वित नजीरः X फैसला न्या. कृष्णजंग रायमाझीः- पुनरावेदन अदालत पाटनको मिति २०५१।१।२९ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को (क)(ख) अन्तर्गत परेको निवेदनमा दोहोर्‍याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त विवरण यस प्रकार छः- २. पिता भिम रत्नका ३ छोराहरुको विच आजसम्म अंशवण्डा भएको छैन सगोलको सम्पत्तिबाट विपक्षी मोहन कुमारीका नाममा राजीनामा गरी लिएको का.न.पा. १ कि.नं. १२६६ र १२७५ को घर जग्गाहरु सगोल बाटै भोगचलन गरी आएकोमा उक्त जग्गा ०४४।३।२१ मा हर्ष रत्नलाई साक्षी राखी हालै देखिको वक्सपत्र पारित गरी दिएको उक्त वक्सपत्र लिखत दर्ता समेत ३ खण्डको बदर गरी मेरा नाममा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. विवादित सम्पत्ति मोहनकुमारीको एकलौटी सम्पत्ति हुँदा नाती भतिजालाई हालै देखिको वक्सपत्र गरी दिएको हो उक्त एकलौटीको सम्पत्ति वक्सपत्र गरी दिएको नहुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मोहनकुमारीको प्रतिउत्तर पत्र । ४. विवादित सम्पत्ति मोहन कुमारीको एकलौटी सम्पत्ति हुँदा विपक्षीको हक लाग्ने सक्दैन । सो सम्पत्ति आफू खुस गर्न पाउने हुँदा म समेतको निजका भतिजालाई हालै देखिको वक्सपत्र गरी दिएको हुँदा बदर गराउन पाउने अधिकार विपक्षलाई नहुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको अक्षय रत्नको प्रतिउत्तर पत्र । ५. विवादित सम्पत्ति मोहन कुमारीले आफूखुस गर्न पाउने सम्पत्ति हुँदा म समेतलाई हालै देखिको वक्सपत्र गरी दिएको हो उक्त वक्सपत्र बदर गराउन वादीलाई अधिकार नहुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको संजय रत्नको प्रतिउत्तर पत्र । ६. लगाउको मि.नं ४३० को मुद्दाबाट समेत लिखत बदर हुने ठहर भएबाट प्रस्तुत मुद्दामा पनि वादी दावी अनुसार लिखत बदर हुने ठहर्छ भन्ने का.जि.अ. को मिति २०४९।३।२१ को फैसला । ७. मैले आफूखुश गर्न पाउने सम्पत्ति वक्सपत्र गरी दिएकोमा सो वक्सपत्र बदर हुने ठहराएको शुरुको त्रुटिपूर्ण फैसला बदर गरी वादी दावी खारेज गरी पाउँ भन्ने समेत मोहन कुमारीको पुनरावेदन अदालत पाटनमा परेको पुनर