निर्णय नं. ६५५२ - साझा चोक कायम गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५५२ - साझा चोक कायम गरी पाउँ । भाग: ४० साल: २०५५ महिना: असोज अंक: ६ फैसला मिति :2055/02/28 २४६० नि.नं. ६५५२ ने.का.प. २०५५ अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०५३ सालको दे.पु.ई.नं....... ९२, ९४ फैसला मिति २०५५।२।२८।५ मुद्दाः साझा चोक कायम गरी पाउँ । पुनरावेदक/प्रतिवादीः- जिल्ला काठमाडौं नगर पंचायत वडा नं. २० मरु छवासपाको बस्ने रत्नकाजी ताम्राकार । विरुद्ध विपक्षी/वादीः- जिल्ला काठमाडौं नगर पंचायत वडा नं. २० मरु छवासपाको बस्ने गोविन्द श्रेष्ठ । § मुलुकी ऐन रजिष्ट्रेशन महलको १६ नं. मा लिखत गर्दा सो लिखत गरिदिनेले घर जग्गाको किल्ला लेखाएकोमा पछि सो किल्ला ठीक छैन भन्ने उजुर परेमा प्रमाणबाट ठहरे बमोजिम हुन्छ लिखतमा लेखिएकोले मात्र किल्ला कायम हुन सक्तैन भन्ने व्यवस्था रहेबाट चार किल्ला लेखि देखाएको भरमा मात्र हक पुग्दैन त्यस्तो जग्गाको प्रमाणको श्रेस्ताका आधारमा हक स्थापित हुने देखिन्छ । वादीले आफ्नो जग्गाको चार किल्ला उल्लेख गर्दा विवादित जग्गालाई साझा जग्गा हो भनी लेखि दिएका आधारमा संयुक्त इजलासबाट साझा ठहर्‍याएको मिल्दो नदेखिने । (प्र.नं. २३) पुनरावेदक प्रतिवादीका तर्फबाटः श्री शम्भु थापा र श्री अनुपराज शर्मा । प्रत्यर्थी वादीका तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री शिवभक्त प्रधानांग । अवलम्बित नजीरः X फैसला प्र.न्या. लक्ष्मणप्रसाद अर्यालः- यस अदालत संयुक्त इजलासको मिति २०४६।६।४ को फैसला दोहोयाई हेरी पाउँ भन्ने श्री ५ मा विन्तिपत्र परी उक्त विन्तिपत्र यस अदालतमा प्राप्त भई मिति २०५१।८।९ मा संयुक्त इजलासबाट दोहोर्‍याउने निस्सा दिई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छः- २. पूर्व गल्ली बाटो र आफ्नै घर पसल, पश्चिम आफ्नै साझा चोकको पर्खाल र आफ्नै घरको बाटो उत्तर साझा चोक र साझा चोक भन्दा उत्तर विपक्षको घर, दक्षिण आफ्नै घर यति चार किल्ला भित्रको निजी पसल मैले भोगचलन गरी आएको र चोकमा विपक्षको र मेरो बाहेक कसैको हक खर खिचोला थिएन र उक्त चोक पसल नापीमा कि.नं. ५६४ कायम भएको छ । मेरो घर बनाउन आवश्यक परी घर बनाउन नक्सा पास पूर्जा लिँदा म समेतको साझा चोक भनी लेखाइएको छ । उक्त ठाउँमा भगवान मूर्ति आदि भएबाट दुवैले साझा रुपमा भोगी आएका छौं । नापनक्सा गरी उक्त चोक साझा गरी पाउँ प्रमाण समेतले दर्ता गरिदिने ठहर्‍याएको दर्ता निस्किय बदर गरी चोक आधा मेरो हक कायम गरी पाउँ भन्ने वादी गोविन्द श्रेष्ठको मिति २०३९।३।११ को फिराद । ३. उक्त कि.नं. ५६४ को घरजग्गा मेरो एकलौटी स्ववासी घरजग्गा हो भन्ने कुराको प्रमाण जिकिर यी वादीसँग चलेको बहाल भराई पाउँ भन्ने मि.नं. २६८ को मुद्दामा पेश दाखिल गरिसकेको हुँदा उक्त प्रमाणहरुको आधारले विपक्षको दावी खारेज गरी पाउँ भन्ने समेतको प्रतिवादीको मिति २०३९ मार्ग १० गतेको प्रतिउत्तर पत्र । ४. काठमाडौं जिल्ला अदालतबाट मिति २०४०।४।२२ मा वादी दावीको जग्गा र प्रतिवादीको जग्गा इनार देवस्थान समेत सबै प्रष्ट देखिने गरी जग्गाको नापनक्सा गर्ने भन्ने आदेश भई मिति २०४८।८।९।६ को आदेशानुसारको नाप नक्सा र नक्सा मुचुल्का मिसिल संलग्न रहेछ । ५. न.नं. ७ मा रहेको टहरा घरबाहेक अरु चोक जग्गा प्रतिवादीका नाउँको एकलौटी दर्ता बदर भै फिरादी समेतको साझा चोक कायम हुने ठहर्छ । न.नं. ७ को टहरा घरको दर्ताको हकमा