निर्णय नं. ६५५३ - अ्श दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५५३ - अ्श दर्ता भाग: ४० साल: २०५५ महिना: असोज अंक: ६ फैसला मिति :२०५४/०७/२९ ३०६४ नि.नं. ६५५३ ने.का.प. २०५५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत २०५२ सालको दे.पु.नं....... २९१६, ३११९ फैसला मिति २०५४।७।२९।६ मुद्दाः अंश दर्ता । पुनरावेदक/वादीः- पर्सा जिल्ला विरगंज नगरपालिका वडा नं. १९ बस्ने स्व. जोगेन्द्र राउत कुर्मीको पत्नी वर्ष ५४ की फुलमती कुर्मीनी । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः- पर्सा जिल्ला वीरगंज नगरपालिका वडा नं. १९ बस्ने वीरबहादुर राउत कुर्मी मरी मु.स. गर्ने ऐ.ऐ. बस्ने निजको छोरा कृष्ण नारायण प्रसाद । पुनरावेदक/प्रतिवादीः- पर्सा जिल्ला विरगंज नगरपालिका वडा नं. १९ बस्ने वीरबहादुर राउत कुर्मीको मरी मु.स. गर्ने निजको छोरा वर्ष ४१ को कृष्णनारायण प्रसाद कुर्मी । विरुद्ध प्रत्यर्थी/वादीः- पर्सा जिल्ला विरगंज नगरपालिका वडा नं. १९ बस्ने स्व. जोगेन्द्र राउत कुर्मीको पत्नी फुलमती कुर्मीनी । § प्रमाण ऐन २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियार मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । प्रतिवादी तर्फबाट आफ्नो नाउँमा रहेको सम्पत्ति स्वआर्जनको निजी हो भन्ने कुरा अन्यथा प्रमाणित हुन आएको देखिएको छैन । छोराहरुका नाममा रहेको सम्पत्ति पनि स्वआर्जन, वण्डा नहुने भन्ने जिकिर लिएको भएता पनि कानूनले वण्डा नहुने अवस्थाको देखिएन । यस्तो स्थितिमा प्रतिवादी वीरबहादुरका छोराहरुको नाममा रहेको सम्पत्ति पनि वादीले अंश नपाउने भन्न नमिल्ने । (प्र.नं. १५) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री इन्द्र खरेल, विद्बान अधिवक्ता श्री शम्भु थापा । प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री महादेव यादव । अवलम्वित नजीरः ने.का.प. २०४९, अंक ६, नि.नं. ४५५४, पृष्ठ ५३८ । फैसला न्या. कृष्णजंग रायमाझीः- पुनरावेदन अदालत हेटौंडाको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको तर्फबाट पर्न आएका पुनरावेदन पत्रहरु न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छः- २. ससुरा रुदल राउतको ३ छोरामा जेठा विपक्षी वीरबहादुर, माहिला तारा राउत, कान्छा मेरा लोग्ने जोगिन्दर राउत हुन, जेठाजू तारा राउत अगाडी नै परलोक भै सक्नु भयो, छोरा छोरी सन्तान कोही नभएको मेरो पति जोगेन्द्र राउत २०३८ सालमा परलोक हुनु भयो । विपक्षी वीरबहादुर तथा मेरा छोराहरु एकसाथ सगोलमा बसी बनाई खाई आएकोमा परिवारमा धेरै कलह भएकाले अंश दिनुहोस अलग बस्छु भनी भन्दा नदिनु भएकोले चल अचल श्री सम्पत्तिको तायदाती लि. २ खण्डको १ खण्ड अंश दिलाई मेरो नाममा दर्ता गरी पाउँ भन्ने वादी । ३. वादी दावी झुठ्ठा हो २ खण्डको १ खण्ड अंश दिनुपर्ने होइन मेरो पिता रुदल राउतसँग भएको अचल नम्बरी जग्गा ९०।९१ सालमा लिलाम भै साहुहरुले सरकार गरी लिएको सिर्फ घर मात्र थियो । वादीको लोग्ने जोगेन्द्रको विवादित पत्नी अन्तकाल भएपछि यी वादी जोगेन्द्रलाई लोग्ने तुल्याई बसेकी भै घर भएकोमा हाम्रो दाजुभाईको अंश बाबु रुदलकै पालामा आज करिब ३५ वर्ष भयो । वण्डा गरी आ आफ्नो घडेरीमा बसी आ आफूले भोग गरी आएका छौं म वीरबहादुरले भु.सु. ऐन लागू भएपछि २०२१ सालमा ७ नं. फाँटवारी समेत भरेको छु । हामीसँग बसेको भए फिरादीको पति जोग