निर्णय नं. ६५५४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५५४ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०३/०९ २४७२ नि.नं. ६५५४ ने.का.प. २०५५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत २०५३ सालको फौ.पु.नं....... १५६० फैसला मिति २०५५।३।९।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादीः- प्र.ह. कमलबहादुर पौडेलको प्रतिवेदनले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः- गोरखा जिल्ला छेकम्पार गा.वि.स. वडा नं. ४ बस्ने डवाङ ठिले लामा । § प्रतिवादीले मृतक पक्षका अन्य मानिसहरुले आफु उपर आई लागेको अवस्था निजहरुलाई तर्साउने उद्देश्यले घटनास्थलमा रहेको ढुंगा उठाई हान्दा मृतकको सन्निमा लाग्न गै मृत्यु भएको देखिन आएकोले निज प्रतिवादीले मृतकलाई नै मार्ने उद्देश्ले ताकी हानेको नदेखिएको स्थितिमा निजलाई वादि दावी बमोजिम ज्यान सम्बन्धी महलको १४ नं. अनुसारको कसूर सजाय ठहर गर्न मिल्ने देखिन आएन । त्यसैले निज प्रतिवादी डवाङ ठिले लामालाई पुनरावेदन अदालत पोखराको मुलुकी ऐन ज्यान सम्बन्धी महलको ६(४) अनुसारको कसूर र सजाय ठहर गरी गरेको मिति २०५१।१२।२७।२ को फैसला मिलेकै देखिँदा सदर हुने । (प्र.नं. १७) पुनरावेदक वादी तर्फबाटः विद्बान उप सरकार अधिवक्ता श्री शरदकुमार खड्का । प्रत्यर्थी प्रतिवादी तर्फबाटः X अवलम्वित नजीरः X फैसला न्या. केशवप्रसाद उपाध्यायः- पुनरावेदन अदालत पोखराको फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५३।२।४।६ को आदेशानुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान भई यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- २. गोरखा जिल्ला छेकम्पार गा.वि.स. वडा नं. ४ बस्ने डवाड ठिले भन्ने समेतका व्यक्तिले रक्सी खाई ख्लाय ठट्टा गरी जिस्किदै रहेको अवस्थामा ङवाङ ठिलेले ढुंगा टिपेर हान्दा सन्नीमा लागी दावी छिरिङ ढल्न गएछन र मिति २०४९।७।३ गते सिद्धिवास चौकीतिर लाँदालादै बाटामा मृत्यु भई चौकीमा खबर प्राप्त हुन आएकोले जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको प्र.ह. कमलबहादुर पौडेलको प्रतिवेदन । ३. लासको गुदद्बारबाट केही दिसा निस्किएको लिंगबाट विर्य निस्किएको अण्डकोष सुनिएको सन्नीमा निलो डाम देखिएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का । ४. गोरखा करौजा गा.वि.स. वडा नं. ९ दोभान भन्ने ठाउँमा ङवाङ ठिले रक्सी खाएर मातिएको रहेछ हामीसँगै आएको दावा छिरीङलाई निजले जिस्काएको थियो । ङवाङ ठिले लामाले एकचोटी ढुंगा उठाई सन्निमा हिर्कायो । सोही चोटबाट दावा छिरीङको मृत्यु भएको हो भन्ने समेत व्यहोराको मौकामा बुझिएका भिङज्यूडोल्मा लामा तथा धनमाया गुरुङ्गले छुट्टाछुट्टै गरेको बयान । ५. मृतक दावी छिरीङ मसँग जिस्किदै ठट्टा गर्दै थिए । त्यस्तैमा लाटो भन्ने साथी रिसाइ मलाई झम्टिन आयो र त्यहाँ भएका अन्य मानिसले समेत झम्टिन कुट्न थाले त्यस्तैमा मलाई रिस उठी सोही ठाउँमा ढुंगा उठाई हान्दा मैले हानेको ढुंगाले मृतक धावा छिरीङ मुर्छा भई भुईमा लडे, मैले हानेको ढुंगाको बेदनाबाट निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको ङवाङ ठिले लामाले प्रहरीमा गरेको बयान । ६. ङवाङ ठिले लामाले नै हानेको ढुंगाको चोटबाट नै धावा छिरीङको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सर्जमिनका व्यक्ति पासाङ दोर्जे लामा सहितका व्यक्तिहरुले लेखाई दिएको एकै म