निर्णय नं. ६५५५ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५५५ - जालसाजी भाग: ४० साल: २०५५ महिना: असोज अंक: ६ फैसला मिति :२०५४/०९/२१ ३६७५ नि.नं. ६५५५ ने.का.प. २०५५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत २०४९ सालको फौ.पु.नं....... ५२९ फैसला मिति २०५४।९।२१।२ मुद्दाः जालसाजी । पुनरावेदक/प्रतिवादीः- कास्की जिल्ला राखी गा.वि.स. वडा नं. ७ बस्ने भगवान रानाभाटसमेत । विरुद्ध प्रत्यर्थी/वादीः- ऐ.ऐ. बस्ने शारदा रानाभाट । § अंशको दावी परी सकेपछि लोग्नेको बाबुबाट अंश बुझी गरी दिएको भरपाईले कानून बमोजिम वादीहरुले प्राप्त गर्ने अंश हकमा प्रत्यक्षतः असर पर्ने गरी मिति २०४५।११।१८ को कागज बनाए बनाउन लगाएको देखिन आयो । सो भरपाई कागजबाट वादीले कानून बमोजिम प्राप्त गर्न सक्ने अंशमा हक कायम हुन सक्ने कुरालाई अन्यथा हुने गरी भएको भरपाईबाट वादीको अंशहरु मेटिने देखिएकोले त्यस्तो कागज किर्ते कागजको ३ नं. ले जालसाजी देखिने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाटः X प्रत्यर्थी प्रतिवादी तर्फबाटः X अवलम्वित नजीरःX फैसला न्या. केशवप्रसाद उपाध्यायः- प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः- २. विपक्ष मध्येका ससुरा भगवान रानाभाटका ३ भाई छोरामा जेठा विपक्ष मध्येका महादेव रानाभाटसँग मेरो प्रेम सम्बन्ध भै मिति २०४५।६।१६ मा विवाह भएको र विपक्षी पतिका करणी विर्यबाट एक छोरा सत्यमानको जन्म भएको छ । विपक्षहरुले मलाई खान लाउन नदिएकाले अंश पाउँ भनी फिराद दायर गरेकोमा विपक्षीहरु मिली मलाई अंश मार्ने उद्देश्यले कि.नं. २७२ को ५-६-२-२ मध्ये १ रोपनी मात्र जग्गा लिई चलमा रु ४०,०००। र अचल रु ५०,०००। बुझेको भनी जालसाजीबाट अंश बुझेको भरपाई पारित गरेको सो लिखत तर्फ छुट्टै फिराद गरेको हुँदा मेरो अंश हक मेट्ने उद्देश्यले जालसाजबाट अंश भरपाई लिनु दिनु गरेको संरक्षक भै आफ्नो हकमा समेत शारदा रानाभाटको फिराद पत्र । ३. हामी लेखापढी गर्ने मानिस भएको हुँदा प्रतिवादी मध्येका भगवान रानाभाटले अंश भरपाई लेखि दिनु पर्यो भनेकोले लेखी दिएको हो । हामीले जालसाज गरेको होइन भन्ने समेत गणेश भक्त श्रेष्ठ र बलराम खत्री क्षेत्रीको संयुक्त प्रतिउत्तर पत्र । ४. वादीलाई खान लाउन दिई घरबाट निकाला गरेको होइन सबै कुरा अंश मुद्दाको प्रति उत्तरमा उल्लेख गरेको छु । वादी र म महादेव छुट्टै बसेको थियौं । वादीकै सल्लाह अनुसार र पिता भगवान रानाभाटमा १ रोपनी जग्गा र रु ४००००। नगदै बुझी अंश भरपाई पास गरी दिएको हो र सो रु ४००००। वादीलाई राख्न दिएको सो रुपैया नदिने विचारले झुठ्ठा नालेश दिएको हो भन्ने समेत महादेव रानाभाट भगवान रानाभाट र बासुदेव रानाभाटको संयुक्त प्रतिउत्तर पत्र । ५. वादी प्रतिवादीको साक्षीहरुको वकपत्र भै मिसिल सामेल रहेछ । ६. प्रतिवादी महादेवले पिताबाट थोरै अंश बुझेको सम्म देखिन्छ । सामान्यतः हाम्रो व्यवहारमा कम वेसी लिने गरेको देखिन्छ तापनि यसबाट वादीको सम्पूर्ण अंश मार्न उद्देश्यले नै यो अंशवण्डा भएको हो की भन्नलाई केही सम्पत्ति अंश लिएर गरेको देखिन्छ । सम्पूर्ण अंश मारेको नदेखिँदा जालसाजी तर्फ वादीको दावी पुग्न सक्दैन भन्ने समेत शुरु कास्की जिल्ला अदालतको मिति २०४७।२।१० को फैसला । ७. अंश मुद्दा र लिखत बदर मुद्दामा अंश पाउने र लिखत बदर हुने ठहरी सकेपछि जालसाज नठहराएको शुरु कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी जालसाजी ठहराई विपक्षीहरुलाई हदैसम्म सजाय गरी पाउँ भन्ने समेत