निर्णय नं. ६५५६ - कुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५५६ - कुटपिट भाग: ४० साल: २०५५ महिना: असोज अंक: ६ फैसला मिति :२०५४/०३/०६ ४१६७ नि.नं. ६५५६ ने.का.प. २०५५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत २०५० सालको फौ.पु.नं....... ६४५ फैसला मिति २०५४।३।६।६ मुद्दाः कुटपिट । पुनरावेदक/प्रतिवादीः- जिल्ला सिरहा गा.वि.स. तुलसीपुर वार्ड नं. १ बस्ने वर्ष ६५ को महादेव यादवसमेत जम्मा १६। विरुद्ध प्रत्यर्थी/वादीः- ऐ.ऐ. वार्ड नं. २ बस्ने बुदिया देवी सुडी समेत जम्मा १० । § कुटपिटको २ नं. को व्यवस्था हेर्दा हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारी दिएमा अंगभंग हुने देखिन्छ । हात भाँचिएको भनेको उपरोक्त व्यक्तिहरुको र केवल देविया देवि सुडिनको हकमा मात्र पहिले जस्ता काम नलाग्ने भन्ने लेखिएको सम्मको कारणले कुटपिटको महलको २ नं. को उक्त शब्दावली भित्रको भाँची फोरी फूकाली वेकम्मा पारी दिएको भन्ने अर्थ गर्न मिल्ने देखिएन । वारदातको वर्णित अवस्थालाई विचार गर्दा प्रस्तुत मुद्दामा एक्सरे रिपोर्ट र डाक्टरको राय अनुसार अंगभंगको खत भए गरेको पनि नदेखिएको र वादीहरुको घाउखत र हात भाँचिएको समेत निको भैसकी हाल काम नलाग्ने समेत देखिएको नहुँदा कुटपिटको महलको ७ नं. बमोजिम बचत दिने प्रतिवादी इलियास मियाँलाई रु २०००।– जरिवाना र ६ महिना कैद हुने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री अवधेशकुमार सिंह प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री महादेव यादव अवलम्वित नजीरःx फैसला न्या. इन्द्रराज पाण्डेः- शुरु सिराहा जिल्ला अदालतको फैसला केहि उल्टी गरी गरेको पुनरावेदन अदालत राजविराजको मिति २०४८।१०।१४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यसप्रकार छः- २. विपक्षीहरुसँग हाम्रो समेतको अंशहरु लाग्ने जि.सि.गा.पं. तुलसी पुर वार्ड नं. २ मा पर्ने पोखरीका विषयलाई लिएर हाम्रो फिरादीसँग झगडा भै आएको थियो । सो कुराका रिस विपक्षीहरुले लिई राखेको रहेछ र सो कुरा हामीलाई थाहा थिएन । यहि मिति २०४४।२।१७ गते आइतवार विहान ८ बजेको समयमा चिन्हेका विपक्षीहरु र नचिनेका आफ्ना साथ ल्याएका ५०।६० लठेतहरु आ-आफ्नो हातमा बाँसको लाठी फट्टा, खुकुरी, भाला, म्रासा लिई आई हाम्रो माछा मारिरहेको हामीले देखि ठाउँमा गई अरुका भोगको पोखरीमा किन माछा मार्नु भएको हो ? यस्तो जवरजस्ती नगर्नुस भन्दा विपक्षीहरु रिसाई यिनीहरु हामीलाई सम्झाउन आउँदा रहेछ यहि मौकामा मर्ने गरी कुट्नुपर्छ भनी इलियास मियाँले बचन दिएपछि सो वचन सबै प्रतिवादीहरुले पालन गरी हाम्रो आङ जिउमा उक्त विपक्षीहरुले लिई आएको हतियारले निर्दयतापूर्वक जत्रतत्र कुटपिट गरी हामीहरुलाई घाउ खत पारी, दिएकोले नालेस दिन आएका छौं । तसर्थ हाम्रो साक्षी प्रमाण बुझी विपक्षीहरुलाई हात भाँचे तर्फ कुटपिटको ६ नं. काटेका घाउ तर्फ ऐ. को ९ नं. लाठा ढुंगाले रोपी घोचेको तर्फ ऐ. को १० नं. निलडाम तर्फ ऐ को ११ नं. छाला खुइलिएको तर्फ १३ नं. हुलतर्फ ऐ. को १८ नं. र बचन तर्फ ऐ. को १६ नं. बमोजिम सजाय गरी ऐ. को २५ नं. बमोजिम घाउ खर्च समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. विपक्षीले दावी गरे बमोजिम हामी कसैले पनि विपक्षीहरुलाई कुटपिट गरेको होइन छैन अर्थात हामीले दावा बमोजिम कुनै अपराध गरेको छैनौं । वादी दावी शत प्रतिशत झुठ्ठो एवं फरेवपूर्ण हो। यसमा वास्तविक