निर्णय नं. ६५५९ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५५९ - लेनदेन भाग: ४० साल: २०५५ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०३/०२ ४१८१ नि.नं. ६५५९ ने.का.प. २०५५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५० सालको दे.पु.नं....... ११९२ फैसला मिति २०५५।३।२।३ मुद्दाः- लेनदेन । पुनरावेदक/प्रतिवादीः- जिल्ला मकवानपुर हेटौंडा नगरपालिका वडा नं. ४ बस्ने स्वामिलाल श्रेष्ठ समेत। विरुद्ध विपक्षी/वादीः- इन्धर संस्थानको तर्फबाट सो संस्थानका महाप्रवन्धक बटुकप्रसाद उपाध्याय । § मुलुकी ऐन जमानी गर्नेको ६ नं. मा धन जमानी भएको अवस्थामा आसामीले तिर्न सकेन भने धन जमानी हुनेको जायजेथा रोक्का गरी पहिले आसामीको जायजात गरी नपुगेकोमा जमानीको जायजातबाट भर्ना गराउनु पर्छ भन्ने कानूनी व्यवस्था भै रहेको देखिँदा प्रथमतः आसामी स्वामीतलाल श्रेष्ठ र मोहन लाल श्रेष्ठ उपर मात्र फिराद लाग्न सक्ने देखिन्छ । कारणी उपर रकम उपर गर्ने कारवाही नै शुरु नगरी कारणी र जमानी दिनेलाई समेत एकै फिरादले नालेस लाग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला मुनासिव देखिने । (प्र.नं. १८) पुनरावेदक वादी तर्फबाटःX प्रत्यर्थी प्रतिवादी तर्फबाटःX अवलम्वित नजीरःX फैसला न्या. अरविन्दनाथ आर्चायः- पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०४९।७।१७।२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अनुसार पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- २. मिति २०२६।९।२८ का दिन प्रतिवादी ठेकेदार स्वामीलाल श्रेष्ठ र मोहन लाल श्रेष्ठले लिखत गरी यस संस्थानको हक प्राप्त हुन आएको संस्थानको हकको डिजेल ट्रक बा.अ.नं. ७९८, ८०३, ८०८, ८१२, ८४१, ८१६, ८९४, ६९८, १८८, ९२९, ९३० र ९४३ समेत नम्बरका १२ वटा ट्रक र रु. दुई लाख पाएमा प्रति मन रु ४।१५ का दरले दाउरा ढुवानी गर्ने र दाउरा नल्याएमा दिइएको ट्रक जफत गर्न सक्ने समेत आदि व्यहोराको लिखत भएको थियो । ६ लाख मन भुक्तानी भई सकेपछि सो १२ वटा ट्रक ठेकेदारको नाउँमा नामसारी गराई दिने समेत व्यवस्था भएको छ । सो ट्रक टुटफुट भएमा समेत ठेकेदारले व्यहोर्नु पर्ने गरी लिखत भएको थियो । सो लिखत अनुसार प्रतिवादीहरुले रु. दुईलाख र उपरोक्त ट्रकहरु बुझि लिए । आजसम्म सो ट्रक निज ठेकेदार स्वामिलाल र मोहन लालको जिम्मामा छ । प्रतिवादी युवराज शम्सेर, सिद्धि शम्सेर, मिरा देवी श्रेष्ठनी, कृष्ण कुमारी श्रेष्ठनी, कोमलबहादुर श्रेष्ठसमेत जवान ५ ले जेथाजमानी र महन्त लालले धन जमानी लेखी मिति २०२६।११।९ मा उपरोक्त ट्रकहरुको जम्मा मोल रु २४६०१२। लिएको समेत गरी रु ४४६०१२। वापत जेथा जमानी र धन जमानी लेखि दिए । निज ठेकेदारले मिति २०२६।९।२८ मा गरी दिएको कबुलियत अनुसार काम पुरा गर्न नसकी यस संस्थानले ठेकेदारहरुबाट असुल उपर गर्नु बाँकी ठहर्न आएमा संचालक समितिबाट भएको निर्णय र ऐद्द सवाल बमोजिम जेथा जमानीबाट असुल उपर गरी लिएमा आफ्नो मन्जुरी देखाई लिखत गरी दिएका थिए । लिखत अनुसार काम पुरा नगरी बराबर ताकेता गर्दा मिति २०२७।१०।१३ मा निज ठेकेदार स्वामीलाल र मोहन लालका अनुरोध अनुसार निजका प्रतिनिधि भनी मदनलालले रु १५००००। थप लिई सोही मितिमा निज प्रतिवादी युवराज शम्सेर, कोमलबहादुर, कृष्ण कुमारी, मिरादेवी समेतले जेथा जमानीको लिखत गर्नुको साथै पुनः रु ७५,०००।- ठेकेदारहरुका प्रतिनिधि केदार लाल श्रेष्ठले बुझी थप माग गरे अनुसार प्राप्त गरी पुनः मिति २०२८।१।२९ मा लिखत गरी दिएका थिए । यस प्रकार १२ व