निर्णय नं. ६५६१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५६१ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: असोज अंक: ६ फैसला मिति :२०५५/०२/१८ २५६५ नि.नं. ६५६१ ने.का.प. २०५५ अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल सम्वत २०५२ सालको फौ.पु.नं....... १२८२ फौ.साधक नं........ २१० फैसला मिति २०५५।२।१८।२ मुद्दाः- कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः- जिल्ला बैतडी भुमेश्वर गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार शाखा वैतडीमा बन्दी रहेका रतन सिंह महरा । विरुद्ध विपक्षी/वादीः- विरसिंह बोहराको जाहेरीले श्री ५ को सरकार । वादीः- विरसिंह बोहराको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादीः- जिल्ला बैतडी भुमेश्वर गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार शाखा वैतडीमा बसी रहेका रतन सिंह महरा । § श्रीमतीसँग ज्यान लिन इवीलाग वा मनसाय नभै भावविशेषमा परी अवस्था र परिणाम बुझ्न नसकी भवितव्यबाट मेरो हातबाट श्रीमती पार्वतीको मृत्यु हुन गएको भनी प्रतिवादी रतन सिंहले पुनरावेदन जिकिर लिएको देखिएता पनि मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. विश्लेषण गरी हेर्दा आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान नभई आकश्मिक घटना वा मनसायरहित अप्रतयाशित कार्यबाट मानिसको मृत्यु भएको अवस्थालाई भवितव्य मान्नुपर्ने पर्ने हुन्छ तर प्रस्तुत मुद्दामा बनास जस्तो घातक फलामे हतियारद्बारा प्रतिवादी रतन सिंहले मृतक पार्वतीलाई पटक पटक चोट हानी मारेको भन्ने कुरा निजले मौकामा प्रहरीमा तथा अदालतमा गरेको बयान पोष्टमार्टम रिपोर्ट लगायतका मिसिल संलग्न अन्य सबुद प्रमाणहरुबाट पुष्टि भइरहेको छ । यस्तो कार्यलाई भवितव्यको परिभाषा भित्र समेट्न नमिल्ने । (प्र.नं. १७) § बनास (ठूलो हसिंया) जस्तो साँघातिक हतियार प्रहार गरी मृतक पार्वतीको शरिरमा विभिन्न घाउखत पारी सोही चोट पीरका कारणले निज पार्वतीको मृत्यु भएको भन्ने कुरा मिसिल संलग्न पोष्टमार्टम रिपोर्ट लास प्रकृति मुचुल्का स्वंय प्रतिवादीले गरेको बयानबाट समेत पुष्टि भइरहेको हुँदा यस्तो प्रकृतिको अपराधमा शुरुले ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुने ठहर्‍याई १० वर्ष कैद गर्ने गरेको शुरुको इन्साफ बदर गरी ज्यान सम्बन्धी महलको १३(१) बमोजिम प्रतिवादी रतन सिंह महरालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने । (प्र.नं. १८) पुनरावेदक वादी तर्फबाटः X प्रत्यर्थी प्रतिवादी तर्फबाटः X अवलम्वित नजीरः X फैसला न्या.दिलीपकुमार पौडेलः- पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको मिति २०५२।२।३१।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(ख) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट तथा ठहर यसप्रकार छ । २. मिति २०४५।५।१३ गते पाटन तिरका मानिसहरु मेरो पसलमा बास बस्न देउ भनी राती वास बसेका र सो व्यक्तिहरु मध्ये एक जना परिवार सहित पनि भएको सोही बेलुकी मेरो पसलमा खाना खाई निजहरु सुती सकेपछि म पनि मेरो घर भएको पसलबाट करिब १५ मिनेट दुरीको घर पस्याङमा सुत्न गै सुती रहेकै अवस्था छिमेकी वीरसिंह रावतले ढोका घच्घच्याई तपाईको पसलमा परिवारवाला व्यक्तिले आफ्नो श्रीमतीलाई काटेको छ भनी खबर गर्दा उठी पसलमा आउँदा रतन सिंह महराले सोहो भुंइतल्लामा भएको बनास रखाडोले हानी मारेको हुँदा आवश्यक कारवाही गरी पाउँ भन्ने वीरसिंह बोहराको जाहेरी दरखास्त । ३. ३० हात लम्बा १७ हात चौडा ४ कोठा भएको पक्की घरमा म माथिल